ताप्लेजुङ \ शनिबार ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरिजङ्गा गाउँपालिका -२ आम्वेगुदिन लासाटोलका २३ वर्षीय मुकेश भट्टराईको रहेका छन् ।
शनिबार राति ९ बजे वर्षासँगै परेको चट्याङ लागेका भट्टराईलाई उपचारका लागी स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्याइए लगतै स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए । वर्षाको समयमा परेको चट्याङ लागेर धेरै मानिसको मृत्यु हुने गरेको छ ।