बिर्तामोड / झापाको दमकमा शनिबार पौडी खेल्ने क्रममा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । दमक–५ का कृष्णकुमार राईका छोरा १३ वर्षीय रोहण राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
दमक–२ को लाजेको बाँधमा साथीसँग पौडी खेल्ने क्रममा पानीमा डुबेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताएका छन् । बालक एक्कासि दहमा डुबेपछि उनका साथीहरूले स्थानीयवासीसँग मद्दत मागेको त्यहाँका स्थानीयले बताएका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको समेत कार्कीले बताएका छन् ।