समाचार

    Showing 23,011-23,020 of 26,026 items.
  • प्रहरी हिरासत भित्रै थुनुवाको घाँटी रेटियो

    बिर्तामोड / चोरी गरेको अभियोगमा पक्राउ परेका एक युवक प्रहरी हिरासत भित्रै घाँटी रेटिएको अवस्थामा भेटिएका छन् । तामाको तार चोरी गरेको अभियोगमा सोमबार पक्राउ परेका रुद्र बहादुर नेपाली प्रहरीको हिरासतमा नै घाँटी रेटिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।बुटवलको वडा प्रहरी कार्यालयको हिरासतमा रहेका नेपाली घाँटी रेटिएको अवस्थामा भेटिएको र उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको चेकजाँच पछि हिरासतमा रहेका नेपाली घाँटी रेटिएको अवस्थामा भेटिएपछि हिरासतको सुरक्षाका विषयमा गम्भिर प्रश्न समेत उठेको छ ।घाइतेका आफन्तले प्

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 167 पटक पढिएको
  • स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने

    काठमाडौँ / स्थानीय तह निर्वाचनमा केन्द्रित विषयमा रहेर निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मंगलबार बिहान ११:३० देखी बिभिन्न राजनीतिक दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न  लागेको हो ।आयोगले स्थानीय तह निर्वाचन सम्बन्धी आचारसंहिता कार्यान्वयनका गर्न दलहरूसंग छलफल गर्न लागेको हो ।  स्थानीय चुनावमा  ७९ वटा दलहरूले भाग लिने भएका छन् । 

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 57 पटक पढिएको
  • बार निर्वाचन : मतगणना सुरु

    बिर्तामोड / कानुन व्यवसायीको संस्था नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।देशभरका ३४ मतदान केन्द्रमा भएको निर्वाचनका मतपेटिका काठमाण्डौ आए लगत्तै आज मंगलबार बिहान ९ बजेबाट मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।बार एशोसिएसनको २६ औ केन्द्रीय कार्यसमितिका अध्यक्षसहित ११ पदाधिकारी सहित २५ जनाका लागि भएको निर्वाचनमा ९ हजार ७०८ मतदाताले मतदान गरेका थिए ।बारको नयाँ नेतृत्वका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायीको समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समुहबीच मुख्य प्रतिस्पर्धा छ । 

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 62 पटक पढिएको
  • बुद्द एयरको जहाज खरायोमा ठोकियो

       काठमान्डौ बाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाज अवतरणको क्रममा सोमबार राति पौने आठ बजे खरायो सग ठोक्किएको हो। जहाजमा खरायो ठोक्किएपछि केहीबेर उडान रोकिएको थियो । बुद्ध एयर, नेपालगञ्जका व्यवस्थापक विनित शाहले जहाज ल्यान्ड हुने क्रममा खरायो सग ठोक्किएको बताए । जहाजमा ठोक्किएको खरायो मरेपनी जहाजमा छ्यती भने भएको छैन।नेपालगञ्ज विमानस्थलमा पहिले पनि  पटक-पटक जहाजमा बँदेल ठोक्किएको थियो। त्यस पछि  विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ गरेको थियो।

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 65 पटक पढिएको
  • ९० किलो गाँजासहित एक जना पक्राउ

    काठमाडौँ / मकवानपुरमा ९० किलो गाँजासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार साँझ ५ बजे चितवनबाट मनहरीतर्फ आउँदै गरेको ट्रकको जाँच गर्ने क्रममा क्याबिनको भागबाट ९० किलो गाँजा फेला पारेको हो । भारतीय नम्बर प्लेट भएको सो ट्रक जाँच गर्ने क्रममा ट्रकको क्याबिनको भागमा फल्स बटन बनाइ  गाँजा लुकाएर राखेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ट्रकका चालक मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय भारतीय नागरिक असगर अलीसहित गाँजा र ट्रकलाई नियन्त्रणमा लिएको समेत प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 66 पटक पढिएको
  • चुनाव अघि नै सुकुम्बासीले जमिन पाउने

    झापा / प्रक्रिया मिलेका सबै ठाउँमा आगामी स्थानीय तहको चुनाव अघि नै देशैभरका सुकुम्बासीले जमिन पाउने भएका छन् । चुनावअघि नै देशैभरका सुकुम्बासीले जमिन पाउने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले बताए । उनले आइतबार सिन्धुलीको दुधौली नगरपालिका–९ लखिमा दोकानडाँडाका भूमिहीन दलित मुसहर समुदायलाई लालपुर्जा वितरण गरेका थिए । संविधानमै लिपिबद्ध गरिएको भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुलाई लालपुर्जा वितरण गर्ने यो सरकारको राष्ट्रिय प्राथमिकताको काम हो शशी श्रेष्ठलेभने – ‘भूमिहीनलाई लालपुर्जा वितरण सिन्धुलीबाट शुरु गरेका छौं, चुनावअघि नै देशैभरका सुकुम्बासील

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 87 पटक पढिएको
  • डिआइजी बढुवाविरुद्ध परेको रिट निवेदन हेर्न नमिल्ने सूचीमा

    काठमाडौँ  / नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन हेर्न नमिल्नेमा सूचीमा परेको छ ।न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको हो ।सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश रेग्मीले उक्त विवाद हेर्न नमिल्ने थियो तर गोला प्रक्रियाबाट पेसी तोक्दा उहाँकै इजलासमा पर्‍यो । त्यसैले आज पनि सुनुवाइ हुन सकेन ।मन्त्रिपरिषद् बैठकले डिआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 67 पटक पढिएको
  • बसको ठक्करबाट एक महिलाको मृत्यु

    कञ्चनपुर / कञ्चनपुरमा सोमबार (आज) बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा बसले ठक्कर दिँदा मञ्जु बुडालको घटनास्थलमै मृत्यु भएको हो ।बजारबाट सामान खरिद गरी सडक पार गर्ने क्रममा ना ४ ख ४४६६ नं को बसले ठक्कर दिँदा बुडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताएका छन् ।मृतक ब्रह्मदेव प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक देवसिंह बुडालकी श्रीमती भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बसका चालक फरार रहेकाले चालकको खोजी भइरहेको समेत प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 73 पटक पढिएको
  • खाल्डोमा जमेको पानीको डुबी बालकको मृत्यु

    भोजपुर / भोजपुरको पौवादुङमा गाँउपालिका -२ स्थितमा खाल्डोमा जमेको पानीमा डुबी बालकको मृत्यु भएको छ । आज दिउँसो साढे ११ बजे मामली घर पौवादुङमा बस्ने मोरङको केराबारी गाउँपालिका-७ का गणेश मगरका २ वर्षीय छोरा आशिर मगर खेल्ने क्रममा लडी खाल्डोको पानीमा डुबेका थिए । अचेत अवस्थामा आफन्तले फेला पारी उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका हुन । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ । ।

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 66 पटक पढिएको
  • स्थानीय तह निर्वाचनकाे असर प्रहरीमा : नाै महिनामै डीएसपी कुँबरकाे सरूवा

    धरान / कांग्रेसका नेताहरूको  ‘लबिङ’ पछि गृहमन्त्रालयले इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरको काज सरुवा गरिदिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा कांग्रेस नेताहरूले धरानमा आफू अनुकुलको डीएसपी नभएको भन्दै गृहमन्त्रीसँग नयाँ डिएसपीको माग गरेपछि गृहमन्त्रालयले कुँवरको काज सरुवा गरिदिएको हो । सामान्य रुपमा एक वर्ष पुरा भएपछि मात्र डिएसपीको सरुवा हुने भएपनि डीएसपी कुँवर धरानमा प्रहरी प्रमुख भएर आएको नौ महिना हुँदै सरुवा भएको छ । कुँवरलाई विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । यसरी राजनीति पार्टीले आफू अनुकूलका डिएसपीको सरुव

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 167 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.