काठमान्डौ बाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाज अवतरणको क्रममा सोमबार राति पौने आठ बजे खरायो सग ठोक्किएको हो। जहाजमा खरायो ठोक्किएपछि केहीबेर उडान रोकिएको थियो । बुद्ध एयर, नेपालगञ्जका व्यवस्थापक विनित शाहले जहाज ल्यान्ड हुने क्रममा खरायो सग ठोक्किएको बताए । जहाजमा ठोक्किएको खरायो मरेपनी जहाजमा छ्यती भने भएको छैन।

नेपालगञ्ज विमानस्थलमा पहिले पनि  पटक-पटक जहाजमा बँदेल ठोक्किएको थियो। त्यस पछि  विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ गरेको थियो।