काठमाडौँ / स्थानीय तह निर्वाचनमा केन्द्रित विषयमा रहेर निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मंगलबार बिहान ११:३० देखी बिभिन्न राजनीतिक दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो ।
आयोगले स्थानीय तह निर्वाचन सम्बन्धी आचारसंहिता कार्यान्वयनका गर्न दलहरूसंग छलफल गर्न लागेको हो । स्थानीय चुनावमा ७९ वटा दलहरूले भाग लिने भएका छन् ।