बिर्तामोड / कानुन व्यवसायीको संस्था नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

देशभरका ३४ मतदान केन्द्रमा भएको निर्वाचनका मतपेटिका काठमाण्डौ आए लगत्तै आज मंगलबार बिहान ९ बजेबाट मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

OM Sai Pathibhara Hospital

बार एशोसिएसनको २६ औ केन्द्रीय कार्यसमितिका अध्यक्षसहित ११ पदाधिकारी सहित २५ जनाका लागि भएको निर्वाचनमा ९ हजार ७०८ मतदाताले मतदान गरेका थिए ।

बारको नयाँ नेतृत्वका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायीको समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समुहबीच मुख्य प्रतिस्पर्धा छ ।