धरान / एकीकृत सहरी विकास आयोजना अन्तर्गतको धरानको खानेपानी परियोजनाबारे अध्ययन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । आयोजनाको अवस्थाबारे अध्ययन गर्नलाई सहरी विकास आयोजनाका निर्देशक सुरेन्द्र मोहन श्रेष्ठ संयोजकत्वमा मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको हो । समितिको संयोजकमा सहरी विकास आयोजनाका निर्देशक श्रेष्ठ रहेका छन् भने सदस्य सचिवमा खानेपानी मन्त्रालयका उपसचिव रहेका छन् । त्यस्तै , खानेपानी मन्त्रालयका एक प्रतिनिधि, धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल र धरान उपमहानगरपालिकाबाट योजना महाशाखा प्रमुख सुरज श्रेष्ठ समितिको सदस्य रहेका छन् । सहरी विकास मन्त्रा
धरान / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । विगत केही दिन यता आफूलाई फोन र म्यासेज मार्फत ज्यान मार्ने धम्की आएको डा. गिरीले बताए । बुधबार डा.गिरीले आफूलाई आएको धम्की सहितको म्यासेजहरुको स्क्रिनसटसगँ इलाका प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय तथा प्रमुख जिल्ला अधिकारी समक्ष जाहेरी दिएका हुन् । प्रतिष्ठानमा आन्दोलित केहीले मेरो घरमा बम समेत राख्ने धम्की दिएका छन् डा. गिरीले बताए । डा. गिरीले बुधबार नै प्रतिष्ठानमा आफूले २ वर्षमा उल्लेख्य सुधार र प्रगति
काठमाडौं / शसस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशन भएको छ । भदौमा प्रकाशन भएको विज्ञापन बमोजिम भएको इन्स्पेक्टरको परीक्षामा सफल भएका उम्मेदवारको अन्तिम नतिजा चैत्र २४ गते विहीबार प्रकाशन भएको हो ।परीक्षामा उत्तीर्ण भएकालाई चैत्र २५ गते सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यलयमा सम्पर्क गर्न सशस्त्र प्रहरी बलको मानव स्रोत विभाग, मानवस्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाले आग्रह गरेको छ । यस्तो छ उत्तीर्ण उम्मेदवारको सूचीः
राजविराज / सप्तरीको एक विद्यालयमा लेखा सम्बन्धी काम गर्दै आएका कर्मचारीले १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बित भएका छन् । निलम्बित हुने कर्मचारीमा विष्णुपुर गाउँपालिका वडा नम्बर- ६ स्थित रुद्रनारायण माविका शंकर यादव रहेका छन् । कक्षा ८ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागे पछि व्यवस्थापन समितिको निर्णय अनुसार यादवलाई बुधबारदेखि नै निलम्बन गरिएको हो । गत चैत २१ गते फारम भर्न गएको अवस्थामा यादवले दुर्व्यवहार गरेको किशोरीका काकाले बताए छन् । विद्यालयका प्रधानाध्यापक तेजनारायण यादवले आफू घटना भएको दिन बिदामा रहेका कार
बेलबारी / महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोकका कुल बहादुर बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डागीहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।घटनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका -१३ बेहर्डवामा ६६ वर्षीया वृद्धाको गर गहना लुटपाट पछि हत्या भएको छ । बुधबार राती स्थानीय सुखरीदेवी चौधरीको हत्या भएको हो । चौधरीका श्रीमान बच्चुलाल चौधरी र घरका अन्य सदस्य बाहिर गएको मौकामा सुखरीदेवीको हत्या गरेको प्रहरीले जनाएको छ । सुखरीदेवीले लगाएको नाक, कानको गर गहना लुटपाट भएको थियो । उनको शव घरकै ओछ्यानमा हत्या गरिएको अवस्थामा फेला परेको थियो ।मृतक चौधरीको शव राति नै प्रहरीले पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल–भारत सीमा क्षेत्र समालबुङमा सशस्त्र प्रहरीको बिओपि भवन उद्घाटन गरिएको छ । सूर्योदय नगरपालिका–५ समालबुुङमा निर्माण गरिएको बीओपी भवनको उद्घाटन गरिएको हो ।नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति कमल गिरीले उद्घाटन गर्नु भएको छ । सूर्योदय–५ को समालबुङमा बीओपी स्थापनाका लागि स्थानीयवासी तारादेवी खत्री, मनोजकुमार खत्री, विष्णुकुमार खत्री र टेकबहादुर खत्रीले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।सोही जमिनमा भवन निर्माणपछि बस्न सहजसमेत भएको छ । सेवा प्रदान गर्नसमेत सहज हुने बाहिनीपति गिरीले बताए । नेपाल–भारत सीमामा विभिन्न गतिविधि हुने यी क्षेत्रमा सीमा सुरक्षासँ
पोखरा / गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कार्यकक्षमा कर्मचारीमाथि हातपात गरेका छन् ।मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि उनले मंगलबार हातपात गरेको सार्वजनिक भएको हो । फाइल लिएर ओझा मन्त्रीको कार्यकक्षमा पुगेका थिए । ओझाले घटनालगत्तै मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई जानकारी गराएका थिए । ओझाले मन्त्री मनाङेले आफूमाथि हातपात गरेको भन्दै आफू अस्पताल भर्ना भएको र मङ्गलबारदेखि नै बिदा बस्ने जानकारी गराएको सचिव अधिकारीले जानकारी दिए ।
गाइघाट / उदयपुरको बेलका नगरपालिका-३ बुद्धचोककी १५ वर्षीया कविता सुनुवारको मंगलबार भएको हत्यामा २ संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नै पक्राउ परेका उनीहरूलाई कविताको परिवारले सार्वजनिक गर्न माग गरेको छ । हत्यारा सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान परिवारले लिएको स्थानीय हेमराज थापाले बताए ।घोप्टो परेको र शरीरभरि चोटपटक लागेको अवस्थामा फेला परेकी कविताको शव पोस्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । १७ वर्षीया सरिता ढकाल खत्री र १९ वर्षे विनोद ढकाललाई हत्यामा संलग्न रहेको आरोपमा मंगलबार नै पक्राउ गरेको थियो । हत्या आरोपी २ जनालाई अ
काठमाडौँ / जुवा खेलिरहेको अवस्थामा नगदसहित न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट प्रहरीले १३ जना जुवाडे पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित गैरीगाउँमा तीन तले घरमा सञ्चालित उक्त होटलबाट उनीहरु पक्राउ परेका हुन् ।महानगरीय प्रहरी परिसरको टोलीले होटलमा छापा मारी जुवाखालबाट १६ थान कौडा, रु. आठ लाख २२ हजार ६० सहित १३ जनालाई पक्राउ गरेको हो । उनीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.