धरान / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै  प्रहरीमा उजुरी दिएका छन् । विगत केही दिन यता आफूलाई फोन र म्यासेज मार्फत ज्यान मार्ने धम्की आएको डा. गिरीले बताए ।

बुधबार डा.गिरीले आफूलाई आएको धम्की सहितको म्यासेजहरुको स्क्रिनसटसगँ इलाका प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय तथा प्रमुख जिल्ला अधिकारी समक्ष जाहेरी दिएका हुन् ।

OM Sai Pathibhara Hospital

 प्रतिष्ठानमा आन्दोलित केहीले मेरो घरमा बम समेत राख्ने धम्की दिएका छन् डा. गिरीले बताए । डा. गिरीले बुधबार नै प्रतिष्ठानमा आफूले २ वर्षमा उल्लेख्य सुधार र प्रगति गरेको बताउँदै २ वर्षे उपलब्धि सार्वजनिक गरेका थिए ।