राजविराज / सप्तरीको एक  विद्यालयमा  लेखा सम्बन्धी काम गर्दै आएका कर्मचारीले १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बित भएका छन् । निलम्बित हुने कर्मचारीमा विष्णुपुर गाउँपालिका वडा नम्बर- ६ स्थित रुद्रनारायण माविका शंकर यादव रहेका छन् ।

कक्षा ८ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागे पछि व्यवस्थापन समितिको निर्णय अनुसार यादवलाई बुधबारदेखि नै निलम्बन गरिएको हो । गत चैत २१ गते फारम भर्न गएको अवस्थामा यादवले दुर्व्यवहार गरेको किशोरीका काकाले बताए छन् ।

OM Sai Pathibhara Hospital

विद्यालयका प्रधानाध्यापक तेजनारायण यादवले आफू घटना भएको  दिन बिदामा रहेका कारण घटनाबारे प्रत्यक्ष रुपमा थाहा नपाएको बताए । किशोरीका अभिभावकका अनुसार दुर्व्यवहार गर्ने यादवले किशोरीलाई घरमा गएर नभन्न दबाब दिएका थिए । घटनालाई केही व्यक्तिले पैसाको लेनदेन गरेर लुकाउन खोजिएको पनि पीडित किशोरीको परिवारको भनाई छ ।