पोखरा / गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कार्यकक्षमा कर्मचारीमाथि  हातपात गरेका छन् ।

मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि उनले मंगलबार हातपात गरेको सार्वजनिक भएको हो ।   फाइल लिएर ओझा मन्त्रीको कार्यकक्षमा पुगेका थिए । ओझाले घटनालगत्तै मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई  जानकारी गराएका थिए । 
ओझाले मन्त्री मनाङेले आफूमाथि हातपात गरेको भन्दै आफू अस्पताल भर्ना भएको र मङ्गलबारदेखि नै बिदा बस्ने जानकारी गराएको सचिव अधिकारीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital