गाइघाट / उदयपुरको बेलका नगरपालिका-३ बुद्धचोककी १५ वर्षीया कविता सुनुवारको मंगलबार भएको हत्यामा २ संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नै पक्राउ परेका उनीहरूलाई कविताको परिवारले सार्वजनिक गर्न माग गरेको छ । हत्यारा सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान परिवारले लिएको स्थानीय हेमराज थापाले बताए ।
घोप्टो परेको र शरीरभरि चोटपटक लागेको अवस्थामा फेला परेकी कविताको शव पोस्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । १७ वर्षीया सरिता ढकाल खत्री र १९ वर्षे विनोद ढकाललाई हत्यामा संलग्न रहेको आरोपमा मंगलबार नै पक्राउ गरेको थियो । हत्या आरोपी २ जनालाई अदालतबाट म्याद थप गरि अनुसन्धान अगि बढाइएको प्रहरीले जनाएको छ ।