समाचार

    Showing 221-230 of 26,780 items.
  • नेपालमा इन्फोसिसका CEO बेपत्ता, बाढीपछि सम्पर्कविहीन

    काठमाडौं । नेपालमा आएको भीषण बाढीपहिरोपछि इन्फोसिस पब्लिक सर्भिसेजका प्रमुख (CEO) लक्ष्मिनाथ ‘लक्ष’ गोपिसेट्टी सम्पर्कविहीन भएका छन्।व्यक्तिगत भ्रमणका क्रममा नेपाल आएका गोपिसेट्टीसँग बाढीपछि सम्पर्क टुटेको इन्फोसिसले जनाएको छ। उनको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको कम्पनीले बताएको छ।नेपालमा बाढीपहिरोका कारण ठूलो मानवीय क्षति भइरहेका बेला गोपिसेट्टी पनि बेपत्ता सूचीमा परेका हुन्। भारतीय विदेश मन्त्रालयका अनुसार नेपाल–तिब्बत सीमा क्षेत्रमा भएको विपद्का कारण सयौँ भारतीय नागरिकसमेत अझै सम्पर्कविहीन छन्।गोपिसेट्टी सार्वजनिक क्षेत्रका संस्थालाई रणनीति, प्रविधि, सञ्चालन तथा डिजिटल रूपान्त

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 326 पटक पढिएको
  • भोटेकोशी बाढीपहिरोमा उद्धार कठिन : लेदो र दलदलले बेपत्ताको खोजी जटिल, शव व्यवस्थापनमा समेत चुनौती

    काठमाडौं । भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य थप जटिल बनेको छ। बाढीपछि जमेको बाक्लो लेदो, दलदल र जोखिमपूर्ण भौगोलिक अवस्थाका कारण सुरक्षाकर्मीलाई खोजी अभियान सञ्चालन गर्न कठिनाइ भइरहेको नेपाल प्रहरीले जनाएको छ।प्रहरीका अनुसार प्रभावित क्षेत्रमा बेपत्ताको खोजीका क्रममा लेदो र दलदलभित्र प्रवेश गर्नुपर्ने अवस्था रहेकाले सुरक्षाकर्मीको सुरक्षासमेत चुनौतीपूर्ण बनेको छ। जोखिमपूर्ण स्थानमा खोजीलाई प्रभावकारी बनाउन थप विशेष उपकरण र जनशक्ति आवश्यक देखिएको प्रहरीले जनाएको छ।खोजी तथा उद्धार अभियानका लागि विशेष बुट, वायरलेस ट्र्याकिङ डिभाइस, ‘हेभी लिफ्ट’ ट्रान्सपोर्टेसन

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 322 पटक पढिएको
  • रसुवाको बाढीमा मैदानमै गृहमन्त्री गुरुङ, उद्धार अभियानको स्थलगत नेतृत्व

    रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि गृहमन्त्री सुधन गुरुङ प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका छन्। विपद्को गम्भीर अवस्थाबीच गृहमन्त्री गुरुङ आफैं घटनास्थलमा पुगेर उद्धार तथा राहत प्रयासको अनुगमन गरिरहेका छन्।गृहमन्त्री गुरुङले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरिरहेको उद्धार अभियानको स्थलगत निरीक्षण गर्दै सुरक्षाकर्मीको मनोबल बढाउने काम गरिरहेका छन्। साथै उनले बाढी तथा पहिरोबाट प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या, आवश्यकता र गुनासा समेत सुन्दै आएका छन्।विपद्को समयमा कार्यालयमै बसेर निर्देशन दिनुभन्दा घटनास्थलमै पुगेर उद्धार अभियानको नेतृत्व,

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 315 पटक पढिएको
  • भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब बढी जम्मा, बालेनको यस्तो अपिल !

    काठमाडौं । भोटेकोशी बाढीमा फसेका नागरिकको उद्धार तथा प्रभावित क्षेत्रमा राहत व्यवस्थापनका लागि प्रधानमन्त्री राहत कोषमा ठूलो मात्रामा रकम जम्मा भएको छ ।प्रधानमन्त्री बालेन शाहका अनुसार विभिन्न ९ वटा वाणिज्य बैंकका खातामा गरी ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ ।त्यसैगरी हिमालयन बैंक र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर सहयोग रकम जम्मा भएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् ।विपद्को कठिन परिस्थितिमा स्वदेश तथा विदेशबाट प्राप्त भइरहेको सहयोगलाई पारदर्शी र व्यवस्थित रूपमा परिचालन गर्ने सरकारको तयारी रहेको बताइएको छ ।प्रधानमन्त्री शाहले सहयोग रकम सही ठाउँमा पुग्न

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 372 पटक पढिएको
  • चार दिनपछि रसुवाको टिमुरेमा चमत्कार ! सात वर्षीया बालिकाको जीवितै उद्धार

    रसुवा । विनाशकारी बाढी–पहिरोपछि चार दिनदेखि बेपत्ता रहेकी एक सात वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ ।रसुवाको टिमुरे क्षेत्रमा बाढी तथा पहिरोका कारण सम्पर्कविहीन बनेकी बालिकालाई उद्धार टोलीले चार दिनपछि सकुशल अवस्थामा फेला पारेको हो । लगातारको खोजीका क्रममा उद्धारकर्मीले बालिकालाई फेला पारी सुरक्षित स्थानमा ल्याएका छन् । चार दिनसम्मको कठिन परिस्थितिपछि बालिका जीवितै भेटिएपछि उद्धारमा खटिएका टोली तथा स्थानीयमा समेत खुसी छाएको छ ।बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा अझै पनि ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन रहेको भन्दै सुरक्षाकर्मी तथा स्थानीयको संयुक्त टोलीले खोजी तथा उद्धार कार्यलाई तीव्रता

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 437 पटक पढिएको
  • कोशी प्रदेशका १४५ नागरिक अझै सम्पर्कविहीन, २१ जना सम्पर्कमा आए, एकको मृत्यु

    विराटनगर । पछिल्लो समय आएको बाढी तथा पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्लाबाट सम्पर्कविहीन भएका नागरिकमध्ये १४५ जना अझै सम्पर्कविहीन रहेको पाइएको छ।प्राप्त विवरणअनुसार सम्पर्कविहीनमध्ये २१ जना भने परिवार तथा सम्बन्धित निकायको सम्पर्कमा आएका छन्। उनीहरू सुरक्षित अवस्थामा रहेको जनाइएको छ। यसैबीच विपद्का कारण १ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ।बाढी, पहिरो तथा अवरुद्ध सडकका कारण कतिपय क्षेत्रमा सञ्चार तथा यातायात सेवा प्रभावित भएकाले सम्पर्कविहीनको यकिन विवरण संकलनमा समेत कठिनाइ भइरहेको बताइएको छ।सुरक्षा निकाय तथा स्थानीय प्रशासनले

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 323 पटक पढिएको
  • रसुवाको सुरुङभित्र फसेकाको उद्धारमा चीनको ‘इन्ट्री’ : नेपाली सेनासँग संयुक्त अपरेसन

    काठमाडौं  \  बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकहरूको उद्धारका लागि चीनले उच्च दक्ष प्राविधिक टोली परिचालन गरेको छ।नेपाल सरकारको अनुमतिमा ६ सदस्यीय चिनियाँ विज्ञ टोली उद्धार कार्यमा प्रत्यक्ष रूपमा खटिएको हो। प्राविधिक रूपमा अत्यन्त जोखिमपूर्ण र जटिल मानिएको सुरुङ उद्धारलाई प्रभावकारी बनाउन चीनबाट विशेषज्ञ टोली घटनास्थलमा पुगेको सरकारले जनाएको छ।चिनियाँ हेलिकोप्टरमार्फत टोली सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको हो। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय गर्दै संयुक्त रूपमा उद्धार अभियान अघि बढाउने बताइएको छ।पहिलो चरणमा सुरुङभि

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 393 पटक पढिएको
  • पहिचान हुन नसकेका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन हुँदै

    काठमाडौं । पछिल्लो समय विभिन्न प्राकृतिक विपद्का घटनापछि संकलन भएका तर पहिचान हुन नसकेका शव तथा शवका अवशेषलाई अन्तर्राष्ट्रिय मानवीय मापदण्डअनुसार व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ।बाढी, पहिरो तथा अन्य विपद्का कारण मृत्यु भएका केही व्यक्तिका शव लामो समयसम्म पहिचान हुन नसकेको अवस्थामा सम्बन्धित निकायले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै सम्मानजनक व्यवस्थापनको तयारी गरेको हो।पहिचानका लागि उपलब्ध सबै सम्भावित प्रमाण तथा विवरण संकलन, अभिलेखीकरण र आवश्यक परीक्षणपछि पनि पहिचान खुल्न नसकेका शवलाई बेवारिसे रूपमा नभई सम्मानजनक र व्यवस्थित ढंगले व्यवस्थापन गर्ने प्रक्रिया अपनाइने जनाइएको छ।यस क्र

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 285 पटक पढिएको
  • सप्तकोशीमा पानीको बहाव बढ्दै, ब्यारेजका २० ढोका खोलिए

    काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्न थालेपछि कोशी ब्यारेजका २० वटा ढोका खोलिएको छ। नदीमा पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै ब्यारेजका ढोका क्रमशः खोलिएको हो।पानीको बहाव बढेसँगै सप्तकोशी आसपासका नदी तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदीको अवस्था निगरानी गरिरहेका छन्।वर्षाका कारण नदीमा थप पानीको मात्रा बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन र आवश्यक परे सुरक्षित स्थानतर्फ जान तयार रहन आग्रह गरिएको छ।

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 355 पटक पढिएको
  • नेपालको दुःखमा चीनको साथ : दुई कार्गो विमान, २० लाख डलर र विशेषज्ञ टोली पठाउँदै

    काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधन र पूर्वाधारको क्षतिप्रति चीनले सहयोग बढाउने तयारी गरेको छ।चिनियाँ पक्षले आपत्कालीन राहत सामग्री बोकेका दुईवटा कार्गो विमान नेपाल पठाउने तयारी गरेको जनाएको छ। प्रभावित क्षेत्रमा आवश्यक उद्धार तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराउने चीनको तयारी छ।त्यसैगरी, चीनले नेपाल सरकारलाई २० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने तयारी गरेको बताइएको छ। उक्त रकम बाढी–पहिरो प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा आपत्कालीन व्यवस्थापनमा प्रयोग गरिने अपेक्षा गरिएको छ।बाढीका कारण सडक, पुल, जलविद्युत आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेपछि

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 313 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.