समाचार

    Showing २२१-२३० of २६,८०२ items.
  • भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

    काठमाडौँ। भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेकाले उद्धार कार्य प्रभावित हुने देखिएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बादल लागिरहेको बाढी प्रभावित क्षेत्रमा दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना रहेको छ । विभागका मौसमविद् डेविट ढकालले भन्नुभयो, “बाढीप्रभावित क्षेत्रमा अहिले बादल देखिएको छ । दिउँसोपछि रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ । अपराह्न ४ः०० बजेपछि भने खोज तथा उद्धारका लागि मौसम थप प्रतिकूल हुने सम्भावना रहेको छ ।”विभागका अनुसार आज कोशी, बागमती र गण्डक

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १९० पटक पढिएको
  • तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न

    ताप्लेजुङ / तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न गरिएको छ । यातायात सञ्चालन गर्नका लागी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा तमोर इनर्जी प्रालिले बेल ब्रिज निर्माण गरेको हो ।  फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोक र वडा ६ लेलेप जोड्ने तमोर नदीमा मोटर गुड्ने मोटरेवल बेल ब्रिज निर्माण गरिएको हो । कुल सात करोड ८५ लाख १९ हजार १७६ रुपियाँको लागतमा बेल ब्रिज निर्माण गरिएको माथिल्लो तमोर जलविद्युत आयोजनाले जनाएको छ । आयोजनाका अनुसार बेल ब्रिजको लम्बाई ५४.८ मिटर र चौडाइ ४.५ मिटर रहेको छ । उक्त पुल निर्माण भएसँगै फक्ताङ्लुङको वडा ४ इखाबु, वडा ६ लेलेप र वडा ७ ओलाङ्चुङगोलासम्म यातायात सञ्चालनका ला

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १९९ पटक पढिएको
  • पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    काठमाडौँ। धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार त्रिशूली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभीर क्षेत्रमा पहिरो गएको र दुवैतर्फ सडक अवरुद्ध भएको हो । कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सोही राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन काठमाडौँमा रोकिएको राससलाई जानकारी दिनुभयो ।बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । काठमाडौँको नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले पृथ्वी राजमार्ग ह

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • २३७ पटक पढिएको
  • भोटेकोशी बाढी: बेपत्ताको खोजीमा सरकारको सम्पूर्ण संयन्त्र परिचालित

    काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, मजदुर र सर्वसाधारणको खोजी तथा उद्धारलाई सरकारले सर्वोच्च प्राथमिकतामा राखेर सबै उपलब्ध संयन्त्र परिचालन गरिरहेको बताएका छन्।सम्पर्कविहीन कर्मचारीका परिवारसँग मन्त्रालयमा भेटघाट गर्दै मन्त्री श्रेष्ठले उद्धार अभियानमा कुनै कमी हुन नदिइएको स्पष्ट पारे। प्रतिकूल मौसम र जटिल भौगोलिक अवस्थाका कारण चुनौती थपिएको भए पनि खोजी कार्य निरन्तर जारी रहेको उनले बताए। उनले परिवारजनलाई उद्धार अभियानबारे नियमित, यथार्थ र विश्वसनीय जानकारी उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै नागरिकको जी

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १२१ पटक पढिएको
  • भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

    काठमाडौँ। भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको छ । प्रहरी प्रधान कार्यालयले आज बिहान ८ः०० बजेसम्मको उक्त विवरण सार्वजनिक गर्दैै हालसम्म दुई हजार ६९९ जनाको उद्धार गरिएको जनाएको छ ।विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको जनाउँदै उक्त कार्यालयले रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेका बताएको छ ।सुरक्षाकर्मीले रसुवाका ६७६, नुवाकोटका दुई हजार २० र धादिङका तीन जनालाई उद्धार गरेका छन् भने काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएर १६० जना घर फर्केका छन् ।यसैबीच, बाढीपछि नेपाली सेना, ने

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १६२ पटक पढिएको
  • त्रिशूली–३‘ए’ सुरुङमा ड्रिलिङ सफल हुँदै, क्यामेरा र अक्सिजन भित्र पठाइयो

    काठमाडौं / बाढीपछि लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा महत्त्वपूर्ण प्रगति भएको छ। सुरुङको माथिल्लो भाग ९क्राउन० पहिचान भएसँगै उद्धार टोलीले क्यामेरा र अक्सिजन भित्र पठाउने प्रक्रिया सुरु गरेको छ।बिहानदेखि नै प्राविधिक र सुरक्षाकर्मीको संयुक्त टोलीले सुरुङमा थुप्रिएको लेदो हटाउँदै ड्रिलिङमार्फत पहुँच बनाउने प्रयास गरिरहेको थियो। केहीबेरअघि सुरुङको क्राउन पहिचान भएपछि उद्धार अभियानले थप गति लिएको हो।उद्धार टोलीले सुरुङभित्रको वास्तविक अवस्था बुझ्न क्यामेरा पठाएको छ भने सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १९९ पटक पढिएको
  • बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा

    काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायातको व्यवस्था गरेको छ ।सेवाको पहिलो दिन शनिबार दुई बालबालिका, नौ महिला र आठ पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । शनिबारदेखि दुईवटा सवारीसाधनको व्यवस्था गरिएको छ । दुईवटामध्ये एउटा यसअघि रसुवादेखि काठमाडौँ यात्रु ओसार्ने गाडी हो । यसको क्षमता १९ सिटको छ । अर्को गाडी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको हो । यसमा १० यात्रु अटाउँछन् ।निःशुल्क सञ्चालन गरिएका सवारीसाधनको पहिचानका लागि त्यसको अ

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १९८ पटक पढिएको
  • पोखरा महानगरले थाल्यो राहत सङ्कलन अभियान

    गण्डकी। रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि पोखरा महानगरपालिकाले राहत सहयोग अभियान सञ्चालन गर्ने भएको छ ।बाढी प्रभावितहरूका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधिलगायत सामग्री सङ्कलनका लागि राहत अभियान सञ्चालन गर्न लागिएको हो । एकद्वार प्रणालीमार्फत राहत सङ्कलन तथा वितरण गरिने महानगरले जनाएको छ ।नगरप्रमुख धनराज आचार्यका अनुसार आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा राहत सामग्री सङ्कलन कक्ष सञ्चालन गरिनेछ । इच्छुक सङ्घसंस्था र व्यक्तिलाई उक्त केन्द्रमा ल्याई राहत सामग्री सहयोग गर्न महानगरले सार्वजनिक रूपमा आह्वानसमेत गरेको छ ।सङ्कलित राह

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • २०१ पटक पढिएको
  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९० पैसा र बिक्रीदर ११०

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • २५१ पटक पढिएको
  • केहीबेर रोकिएको काठमाडौँ–मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

    चितवन । आइतबार बिहान भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना आएपछि केहीबेर रोकिएको काठमाडौँ–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ।भोटेकोशीमा बाढीको जोखिम बढेको सूचनापछि सुरक्षा सतर्कता अपनाउँदै प्रहरीले नारायणगढबाट मुग्लिङ हुँदै पोखरा तथा काठमाडौँतर्फ जाने–आउने सबै प्रकारका सवारीसाधनमा अस्थायी रोक लगाएको थियो।तर, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीको बहाव जोखिमपूर्ण नरहेको र अवस्था सामान्य बन्दै गएको जानकारी गराएपछि रोकिएका सवारीसाधनलाई पुनः गन्तव्यतर्फ पठाइएको चितवन प्रहरीले जनाएको छ।सडक खुलेसँगै बिहानदेखि रोकिएका सयौँ सवारीसाधन तथा यात्

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ३२२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.