समाचार

    Showing 22,971-22,980 of 26,025 items.
  • हात्तीको आक्रमणबाट एकको मृत्यु

    बिर्तामोड / इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । बिहान मर्निङ वाकमा निस्किएको समयमा चुलाचुली गाउँपालिका–३ का ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एडभान्स अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गबहादुर थापाले बताएका छन् । घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो ।  

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 140 पटक पढिएको
  • आइतबार सार्वजनिक बिदा

    बिर्तामोड / सरकारले रामनवमीको अवसरमा आइतबार चैत २७ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना जारी गर्दै रामनवमीको अवसरमा सरकारी कार्यालय र सार्वजनिक निकायलाई बिदा दिने भएको हो ।

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 67 पटक पढिएको
  • जहाजभित्रै झापालीले लाइटर सल्काएपछि..............

    बिर्तामोड / काठमाडौँबाट– झापाको भद्रपुरका लागि उडेको जहाजमा सवार यात्रुले उडानको समयमा नै जहाजभित्र चुरोट सल्काएपछि उनलाई विमान कर्मचारीको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।बुद्ध एयरको नाइन एन एएनएफ कलसाइन ९५७ उडानमा सवार यात्रुलाई उडानमा रहेको जहाज भित्रै चुरोट सल्काएको समयमा पक्राउ गरिएको हो ।उडान सुरक्षाका लागि जहाजमा यात्रा गर्दा दुर्घटना हुन नदिन सलाई र लाइटर जस्ता खतराजन्य बस्तु तथा सामाग्री लान अथवा बोक्नका लागि बर्जित गरिएको छ । सुरक्षाघेरा समेत पार गरेर विमान सम्म पुगेका यात्रुको साथमा लाईटर रहेको खुलेपछि विमानस्थल सुरक्षामा खटिएका र चेकजाँचमा संलग्न अधिकारीमाथि पनि प्रश्न उठेको छ ।विम

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 382 पटक पढिएको
  • चट्याङ लागेर बालिकाको मृत्यु

    बिर्तामोड / तेह्रथुममा चट्याङले लागेर एक बालिकाको मृत्यु भएको छ । त्यस्तै ३ जना घाइते भएका छन् ।मृत्यु हुनेमा आठराई गाउँपालिका – ६ चुहानडाँडास्थित फुङसिङस्थित १० वर्षीया बालिका मिना कन्दङवा रहेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिएका छन् ।शुक्रबार अपरान्ह साढे ५ बजेतिर वर्षासँगै परेको चट्याङ लागेकी बालिकालाई उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।प्रहरी निरीक्षक थान्दारका अनुसार चट्याङ चट्याङबाट वर्ष ५१ का दिलकुमार थोप्रा लिम्बू, वर्ष ३५ की ललिता थोप्रा लिम्बू र वर्ष ३७ का शुक्रराज थोप्रा लिम्बू घाइत

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 61 पटक पढिएको
  • बागमती प्रदेशमा बढ्यो सवारी भाढा

    काठमाडौं / उपत्यकासहित बागमती प्रदेशका सार्वजनिक सवारी साधनको भाडा बढेको छ ।बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ देखि लागू हुनेगरि सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।मन्त्रालयको शुक्रबारको निर्णय अनुसार यात्रु बहाक र मालबाहक सवारी साधनको भाडा बढाएको हो । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भा

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 70 पटक पढिएको
  • सशस्त्र प्रहरीबलको इन्स्पेक्टरमा पाँच महिला

    बिर्तामोड / सुरक्षा सङ्गठनभित्र महिलाका विषयमा कायम विभेद र मानसिकतालाई चुनौतीका रुपमा लिएर त्यसको सामना गर्न तयार हुँदै सशस्त्र प्रहरी बलमा  ५ जना महिला इन्स्पेक्टरमा उत्तीर्ण भएका छन् । प्रकाशित नतिजाअनुसार उत्तीर्ण भएका कुल ४९ जना उम्मेदवारहरु मध्ये पाँच जना महिला रहेको शसस्त्र प्रहरी मुख्यालय हल्चोकले जनाएको छ । उत्तीर्ण हुनेहरूमा पुष्पा बानियाँ , मन्जु बिसुंखे , पूर्णिमा लिम्बू , कमला पहराई र पूजा विष्ट रहेका छन् । ललितपुर टिकाथलीकी पुष्पा बानियाँ अन्यलाई पछि पार्दै पहिलो नम्बरमा नाम निकाल्न सफल भएकी छिन् । पुष्पाले सैनिक कलेज भक्तपुरबाट स्नातक पास गरेकी छिन् । उनले सैनिक कलेज भ

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 86 पटक पढिएको
  • नेपालका २४ नाकाबाट आयात नियमित १० नाकाबाट निर्यात शून्य 

    काठमाडौँ / अन्तर्राष्ट्रिय व्यापारका लागि खुला रहेका २४ वटा सीमा भन्सार नाका बाट आयत मात्रै भइरहेको छ , भने बाँकी १० नाकाबाट निर्यात शून्य रहेको तथ्याङ्क सार्वजनिक भएको छ । चालु आर्थिक वर्ष २०७८ र ७९ को साउन देखि फागुनसम्मको अवधिमा १० वटा नाकाबाट निर्यात शून्य रहेको भन्सार विभागले जनाएको छ ।  विभागका अनुसार २४ वटा नाका मध्ये सबैभन्दा ठुलो वैदेशिक व्यापार हुने नाका वीरगन्ज हो । नेपालको कूल आयात व्यापारमध्ये ३५ दशमलव ४० प्रतिशत वीरगन्ज नाकाबाट हुने गरेको छ । कूल निर्यात व्यापारको ४४ दशमलव ९२ प्रतिशत वीरगन्ज नाकाबाटै हुने गरेको छ । विभागको तथ्याङ्क अनुसार पछिल्लो सात महिन

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 92 पटक पढिएको
  • ब्रिटिस क्याम्प हटाउ : गेसो अध्यक्ष गुरुङ

    बिर्तामोड / गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष पदम बहादुर गुरुङले नेपालीमाथि ब्रिटिसबाट ज्यादती भएको भन्दै नेपालमा रहेका ब्रिटिस क्याम्प हटाउनका लागि थालिएको अभियान जारी रहने बताएका छन्। ब्रिटिस क्याम्प हटाउन माग गर्दै दायर गर्न खोजेको रिट सर्वोच्चले दरपिठ गरिदिएको भएपनि अभियान नरोकिने गुरुङले बताएका छन् । गुरुङले ब्रिटिस गोर्खा सैनिक माथिको विभेद र कानुनविपरीत भइरहेको भर्तिका विषयमा ब्रिटिस अदालत वा हेगमा रहेको अन्तराष्ट्रिय अदालतबाट सुनुवाई हुनुपर्ने बताएका छन् । उनले विभेद अन्त्य र कानुन विपरीत अन्य बेलायतले नेपाली नागरिकलाई अन्य मुलुक विरुद्ध लड्न गरिरहेको प्रयोग रोकिनुपर्ने उ

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 56 पटक पढिएको
  • नेपाल प्रहरीका ६ सय ७३ जना इन्स्पेक्टरको सरुवा

    काठमाडौं / नयाँ वर्ष २०७९ सालको बैशाख महिनाको तलब र भत्ता पाउने गरि नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षकहरूको सरुवा भएको छ । आईजीपी शैलेश थापा क्षेत्रीले बिहीबार गरेको निर्णय पछि नेपाल प्रहरीका इन्स्पेक्टरको सरुवा भएको हो ।इन्स्पेक्टर हरिबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय मङ्गलटार , काभ्रेपलाञ्चोकमा सरुवा गरिएको छ भने इप्रका मुग्लिनमा सुनजित तामाङ, कपिलवस्तु स्थित इप्रका कृष्णनगरमा शैलेन्द्र पाण्डे, प्रभाग बलम्बुमा सुभद्रा वाईवा , इप्रका खुर्कोटमा राजेश शाक्य र प्रभाग सानेपामा उमेश गुरुङ (श्रेष्ठ)लाई सरुवा गरिएको छ ।महानगरीय प्रहरी प्रभाग

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 87 पटक पढिएको
  • लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

    सुनसरी / सुनसरीको धरान उपमहानगरपालिका-१३ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भई हाल धरान-१३ मा कोठा लिई बस्ने गरेका काले बहादुर तामाङ,अभिषेक खड्का, मौषम नेपाली, मुना तामाङ रहेका छन् । विशेष सूचनाका आधारमा हिजो(बिहिवार) राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट २ ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको हो । लागूऔषध सहित पक्राउ परेका चारै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 62 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.