काठमाडौं / नयाँ वर्ष २०७९ सालको बैशाख महिनाको तलब र भत्ता पाउने गरि नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षकहरूको सरुवा भएको छ । आईजीपी शैलेश थापा क्षेत्रीले बिहीबार गरेको निर्णय पछि नेपाल प्रहरीका इन्स्पेक्टरको सरुवा भएको हो ।
इन्स्पेक्टर हरिबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय मङ्गलटार , काभ्रेपलाञ्चोकमा सरुवा गरिएको छ भने इप्रका मुग्लिनमा सुनजित तामाङ, कपिलवस्तु स्थित इप्रका कृष्णनगरमा शैलेन्द्र पाण्डे, प्रभाग बलम्बुमा सुभद्रा वाईवा , इप्रका खुर्कोटमा राजेश शाक्य र प्रभाग सानेपामा उमेश गुरुङ (श्रेष्ठ)लाई सरुवा गरिएको छ ।
महानगरीय प्रहरी प्रभाग पुल्चोकमा शान्ता बाइवाको सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय मेलम्चीमा उत्तमसिंह भण्डारी, इप्रका बनेपामा नारायण थापा, प्रभाग साँखुमा जनक पुरी र वडा प्रहरी कार्यालय नेपालगञ्जमा रिपेन्द्र कुमारलाई सरुवा गरिएको छ ।