बिर्तामोड / इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । बिहान मर्निङ वाकमा निस्किएको समयमा चुलाचुली गाउँपालिका–३ का ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एडभान्स अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गबहादुर थापाले बताएका छन् । घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो ।