बिर्तामोड / सुरक्षा सङ्गठनभित्र महिलाका विषयमा कायम विभेद र मानसिकतालाई चुनौतीका रुपमा लिएर त्यसको सामना गर्न तयार हुँदै सशस्त्र प्रहरी बलमा  ५ जना महिला इन्स्पेक्टरमा उत्तीर्ण भएका छन् । प्रकाशित नतिजाअनुसार उत्तीर्ण भएका कुल ४९ जना उम्मेदवारहरु मध्ये पाँच जना महिला रहेको शसस्त्र प्रहरी मुख्यालय हल्चोकले जनाएको छ । 

उत्तीर्ण हुनेहरूमा पुष्पा बानियाँ , मन्जु बिसुंखे , पूर्णिमा लिम्बू , कमला पहराई र पूजा विष्ट रहेका छन् । ललितपुर टिकाथलीकी पुष्पा बानियाँ अन्यलाई पछि पार्दै पहिलो नम्बरमा नाम निकाल्न सफल भएकी छिन् । पुष्पाले सैनिक कलेज भक्तपुरबाट स्नातक पास गरेकी छिन् । उनले सैनिक कलेज भक्तपुरबाट बीबीए टप गरेलगत्तै गत भदौमा सशस्त्र प्रहरी इन्स्पेक्टरका लागि दरखास्त दिएर प्रतिस्पर्धामा सहभागि भएकी थिइन । 

OM Sai Pathibhara Hospital

भानु उच्च माविबाट आफ्नो उच्च शिक्षा प्रारम्भ गरेकी तनहुँकी मञ्जु विसुंखे महिला तर्फबाट पहिलो नम्बरमा नाम निकाल्न सफल भएकी छन् । त्यस्तै तेह्रथुमस्थित भगवती उच्च माध्यमिक विद्यालयकी छात्रा पूर्णिमा तेह्रथुम जिल्लाकै पहिलो महिला सशस्त्र इन्स्पेक्टर बन्न सफल भएकी छिन् ।  सहिद स्मारक क्याम्पसबाट स्नातक सकेकी उनले प्रकाशित नतिजामा महिला तर्फबाट दोस्रो नम्बरमा नाम निकालेकी छन् । 

गुल्मीको तम्घासकी कमला पहराई कमला रत्नराज्य लक्ष्मी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत छिन् । श्रीमान् पनि सुरक्षा निकायमै रहेकाले उनका लागि सुरक्षा निकाय तुलनात्मक रूपमा सहज कार्यथलो बन्न सक्ने देखिन्छ । त्यसैगरि पूजा विष्टले महिला तर्फबाट ४ नम्बरमा नाम निकालेकी छन् ।