समाचार

    Showing 211-220 of 26,780 items.
  • उद्धार क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन प्राधिकरणको आग्रह

    काठमाडौं— बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेका बेला अनुमति बिना ड्रोन नउडाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन भइरहेका छन्। सोही क्षेत्रमा केही व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनको पूर्वस्वीकृति बिना ड्रोन उडाइरहेको पाइएको भन्दै प्राधिकरणले ध्यानाकर्षण गराएको हो।प्राधिकरणका अनुसार अनधिकृत रूपमा ड्रोन उडाउँदा उद्धारका लागि परिचालित हेलिकोप्टरसँग हवाई क्षेत्रमा जोखिम बढ्नुका साथै खोज तथा उद्धार कार्य

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 364 पटक पढिएको
  • त्रिशूली–३‘ए’ मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास

    काठमाडौं— बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ मार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ ।बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो । सो क्रममा केहीबेर अघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान घटनास्थलबाट जानकारी प्राप्त भएको छ ।क्यामेरा र अक्सिजन सुरुङभित्र पठाउने कार्य सुरु भएको बताइएको छ । क्यामेरामार्फत सुरुङभित्रको अवस्थाबारे जानकारी लिन तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पु¥याउन यो प्रयास महत्त्वपूर्ण मानिएक

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 344 पटक पढिएको
  • प्रतिकूल मौसमबिच माथिल्लो त्रिशूली– ३ ‘ए’ मा रातभर खटियो उद्धार टोली

    काठमाडौं— प्रतिकूल मौसम र रातको अँध्यारोका बिच पनि बाढीका कारण माथिल्लो त्रिशुली— ३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धारको कोसिस भइरहेको छ । अविरल वर्षा र अप्ठ्यारो परिस्थितिबिच प्रभावित क्षेत्रमा नेपाली सेनासहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास गरिरहेका छन् ।रातको अँध्यारो र प्रतिकूल मौसमका कारण सिर्जित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी कार्यस्थलमा काम जारी राखिएको छ । घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउनका लागि जेसीबीलगायतका भारी एक्स्क्याभेटरहरू निरन्तर प्रयोग गरिएका छन्, जसबाट बाटो खोल्ने र पुरिएका सम्भावित स्थानहरूसम्म पुग्ने

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 347 पटक पढिएको
  • बाढी प्रभावित नागरिकको आवतजावतका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

    काठमाडौं— विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवाका लागि दुईवटा सवारीसाधन नुवाकोटतर्फ परिचालन गरिएको छ ।महानगरपालिकाले आज बिहान ६ बजे काठमाडौंमा रहेका दुईवटा गाडी महानगर प्रहरीसहितको टोली लिएर नुवाकोटतर्फ प्रस्थान गरेका हुन् ।बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा अलपत्र परेका नागरिकलाई आवश्यक सहयोग तथा सुरक्षित स्थानान्तरणमा सहजीकरण गर्ने उद्देश्यले महानगरले टोली परिचालन गरिएको हो ।

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 355 पटक पढिएको
  • यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९० रुपैयाँ १५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर १०९ रुपैया

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 340 पटक पढिएको
  • रसुवामा फेरि भीषण बाढी ! ल्हेन्दे खोलादेखि भोटेकोशीसम्म त्रास, नारायणगढ–मुग्लिङ सडक ठप्प

    रसुवा । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आज बिहान पुनः भीषण बाढी आएपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।बाढी र पहिरोको जोखिम बढेपछि सुरक्षा निकाय तथा स्थानीय प्रशासनले नदी किनारमा बसोबास गर्ने सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानतर्फ सर्न र विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।यता, पहिरोका कारण नारायणगढ–मुग्लिङ हुँदै पोखरा तथा काठमाडौं जाने–आउने सबै प्रकारका सवारी साधनको आवागमन अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा रोकिएको चितवन प्रहरीले जनाएको छ।मुख्य राजमार्ग अवरुद्ध भएपछि सयौँ सवारी साधन र यात्रुहरू बाटोमै अलपत्र परेका छन्।यसअघि चीन–नेपाल सीमाक्षेत्र नजिकै हिमनदी खसेपछि ल्

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 309 पटक पढिएको
  • आजको मौसमः चार प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं— देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ।हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। बागमतीका केही स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा वर्षा भइरहेको छ। कोशी, मधेश र सुदूरपश्चिमका एक–दुई स्थानमा समेत मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका वि

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 341 पटक पढिएको
  • रसुवाको महाप्रलयदेखि हिमालयी सहकार्यसम्म : विपद्मा देखिएको नेपाल–चीन सम्बन्धको नयाँ आयाम

    देवेन्द्र किशोर \ रसुवाको नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले केही क्षणमै एउटा सीमावर्ती भूगोललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय चिन्ताको विषय बनायो। हिमाली क्षेत्रमा आएको आकस्मिक प्राकृतिक विपद्ले रसुवाका बस्ती, सडक, पुल, व्यापारिक तथा सीमा संरचना प्रभावित बनाउनुका साथै यसको प्रत्यक्ष र अप्रत्यक्ष असर चीनको तिब्बत र भारतसम्म पनि जोडिएको देखियो। प्रकृतिको एउटा घटनाले सीमाना, राज्य र प्रशासनिक विभाजनलाई क्षणभरमै अर्थहीन बनाइदियो। यसले फेरि एकपटक प्रमाणित गर्‍यो—हिमालय साझा छ, नदी साझा छन् र विपद्को जोखिम पनि साझा छ।यस विपद्को पृष्ठभूमिमा नेपाल र चीनबीचको सम्बन्धलाई 

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 420 पटक पढिएको
  • त्रिशूली–३ ए सुरुङमा उद्धारको आशा जाग्यो : क्राउनसम्म पुग्यो टोली, सानो प्वालबाट हावा पठाउन सुरु

    रसुवा । बाढीका कारण त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकको उद्धार प्रयासमा महत्वपूर्ण प्रगति भएको छ।उद्धारमा खटिएको टोली सुरुङको क्राउन (माथिल्लो भाग) सम्म पुग्न सफल भएको छ। सुरुङभित्र रहेका श्रमिकसम्म हावा पुर्‍याउने उद्देश्यले सानो प्वालबाट हावा पठाउनसमेत सुरु गरिएको बताइएको छ। सुरुङभित्र फसेकाहरूको अवस्था यकिन गर्न तथा सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार टोलीले प्राविधिक उपकरणसहित काम गरिरहेको छ। जोखिमपूर्ण अवस्थाका कारण उद्धार कार्यलाई अत्यन्त सावधानीपूर्वक अघि बढाइएको छ।सानो प्वालबाट हावा पठाउन थालिएसँगै सुरुङभित्र रहेका श्रमिकको जीवनरक्षा र उद्धारको सम्भावना थप बलियो

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 273 पटक पढिएको
  • भोटेकोशी बाढीपछि टिमुरे–मैलुङमा खोजी तीव्र, गोताखोरसहित सशस्त्र प्रहरीको विशेष टोली परिचालित

    रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवाको टिमुरे तथा मैलुङ क्षेत्रका जलविद्युत् गृहमा सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले गोताखोरसहितको विशेष टोली परिचालन गरेको छ।बाढी गएको चार दिनपछि खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाउँदै सशस्त्र प्रहरीले विशेष तालिमप्राप्त जनशक्ति परिचालन गरेको हो। सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङका अनुसार टिमुरे, मैलुङलगायतका क्षेत्रमा टोलीले सम्पर्कविहीन व्यक्तिहरूको विवरण सङ्कलन गर्दै सम्भावित स्थानमा खोजी गरिरहेको छ।गोताखोरसहितको विशेष टोली परिचालन भएपछि भोटेकोशी नदी तथा आसपासका जोखिमपूर्ण क्षेत्रमा समेत खोजीलाई

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 425 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.