समाचार

    Showing 21,921-21,930 of 25,992 items.
  • भारतबाट राजस्व छली गरि ल्याइएको ५०० बोरा चिनी बरामद

    नेपालगञ्ज / भारतबाट राजस्व छली गरेर ल्याइएको अवैध चिनी प्रहरीले बरामद गरेको छ ।वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले नन्दनी मिल परिसरबाट करिब ५०० बढी बोरा अवैध चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।“नन्दनी मिलको गोदाम बाहिर बेवारिसे अवस्थामा ठूलो मात्रामा चिनी फेला पारेका हौँ”, उनले भने । बाँकेमा विशेष गरी सेटिङमै जमुनाह, हिरमीनिया, साइगाउँ, बेतहनी र खडैचा नाकाबाट दिनहुँ ठूलो परिणाममा चिनी तस्करी हुँदै आएको बताइएको छ ।भारतबाट तस्करी गरी ल्याइएको चिनी चर्को मूल्यमा बाँकेसहित बर्दिया, सुर्खेत, दाङलग

    • प्रकाशित मितिः असार १०, २०७९
    • 76 पटक पढिएको
  • मोरङमा मेसिनले हात काट्दा १ जनाको मृत्यु

    बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका- १७ स्थित रहेको रघुपति जुटमिलको मेसिनले हात काट्दा १ जना अप्रेटरको मृत्यु भएको छ । बिहीबार राती १० बजे जुटमिलमा अप्रेटरको काम गर्ने मोरङ बिराटनगर- १४ का ४२ वर्षीय राजो कामतको मेसिनमा काम गरिरहेको अवस्थामा अचानक मेसिनले बायाँ हातको कुमबाटै काटी घाईते भएका थिए । घाईते कामतलाई तत्काल उपचारको लागी बिराटनर्सिङ होम विराटनगर लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः असार १०, २०७९
    • 74 पटक पढिएको
  • रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ / रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टीका प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए । ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने छन् । २१ सदस्यीय तदर्थ समितिका सदस्यहरूको नाम आज सार्वजनिक गर्ने तयारी छ ।असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए । उक्त दल दर्ता हुन भने बाँकी नै छ । 

    • प्रकाशित मितिः असार १०, २०७९
    • 58 पटक पढिएको
  • आज सातै प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ / आज प्रदेश १, बागमती, गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार दिउँसो नै प्रदेश १ र बागमतीका एक - दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।शनिबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सोही दिन प्रदेश १ ,बाग्मती, गण्डकी र लुम

    • प्रकाशित मितिः असार १०, २०७९
    • 55 पटक पढिएको
  • कारागारमा एक्कासि बेहोस भएका कैदीको मृत्यु

    झापा / महोत्तरीको सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहरपट्टी नगरपालिका–१ का  ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव   बिहान २ बजे एक्कासि बेहोस भएका थिए । उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ । 

    • प्रकाशित मितिः असार १०, २०७९
    • 85 पटक पढिएको
  • झापा एमाले अध्यक्ष कार्कीको घर अगाडि शंकास्पद बस्तु फेला, नेपाली सेनाले गर्यो निस्क्रिय

    बिर्तामोड / नेकपा एमाले झापा अध्यक्ष दीपक कार्कीको घर अगाडि राखिएको प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कार्कीको गौरादह नगरपालिका –३ स्थित घरको ढोका अगाडि शंकास्पद वस्तु फेलापरेपछि चारआलीबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।डिस्पोज गरिएको बस्तु ‘होक्स’ भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । तार जडित कुकर कार्कीको घर अगाडि आज (शुक्रबार) बिहान ५ः३० बजे फेला परेको थियो । अध्यक्ष कार्कीले तार जोडिएको अवस्थामा आफ्नो घर अगाडि कुकर फेला परेको भन्दै सामाजिक सञ्जालमार्फत सा

    • प्रकाशित मितिः असार १०, २०७९
    • 131 पटक पढिएको
  • लेखापरीक्षणको विवरण नबुझाउने २२ बीमा कम्पनीलाई १० हजार जरिवाना (सूचीसहित)

    काठमाडौं  / बीमा समितिले समयमै कारोबार तथा लेखापरीक्षणको विवरण नबुझाउने २२ बीमा कम्पनीहरूलाई १० हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरी कम्पनीहरूमाथि कारबाही गर्न सुरु गरेको छ ।यसअघि पनि नियमविपरीत काम गर्ने वा दायरा बाहिर बस्ने कम्पनीहरूलाई समितिले कारबाही गर्दै आएको थियो । नियामकीय सीमाभन्दा बाहिर गएका कम्पनीहरूलाई कानुनी दायरामा राख्न र आगामी दिनमा थप गल्ती नगरून् भन्ने सन्देश प्रवाह गर्न कारबाही गर्नुपर्ने अवस्था आएको समितिले जनाएको छ ।समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसीमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाबकिताबको लेखा

    • प्रकाशित मितिः असार ९, २०७९
    • 70 पटक पढिएको
  • शुक्रबार बुद्धशान्तिमा आवश्यक बाहेकका सबै सेवा प्रभावित हुने

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा भोलि (शुक्रबार) आवश्यक बाहेकका सबै सेवा प्रभावित हुने भएका छन् ।  गाउँपालिकाको दशैँ गाँउसभा हुने भएकाले  आवश्यक बाहेकका सबै सेवा प्रभावित हुने भएको प्रमुख प्रशासकीय अधिकृत युवराज कट्टेलले जानकारी दिए ।'यही मिति २०७९ असार १० गतेका दिन यस बुद्धशान्ति गाउँपालिकाको दशौँगाँउ सभा सञ्चालन हुने भएकाले यस कार्यालयबाट प्रदान गरिने ( स्वास्थ्य र सरसफाइ ) बाहेकका अन्य सेवाहरू उक्त दिन दिन प्रभावित हुने ब्यहोरा सम्बन्धी सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ '  विज्ञप्तिमा भनिएको छ  

    • प्रकाशित मितिः असार ९, २०७९
    • 154 पटक पढिएको
  • नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त

    काठमाडौं / नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायु सेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन आज नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी ज्वारचनले प्राप्त गरेका हुन् ।यसअघि निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले बरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्नेगरी जिम्मेवारी पाएका हुन् । सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई हटाइसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारीमाथि छानबिन समित

    • प्रकाशित मितिः असार ९, २०७९
    • 77 पटक पढिएको
  • सेवाग्राहीमाथि अभद्र व्यवहार गरेको आरोपमा नायब सुब्बा पक्राउ

    झापा / सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकाका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी नायब सुब्बा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बासुदेव महतो रहेको प्रहरीले जनाएको छ । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् ।सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको र उनलाई पक्राउ गरिएको डीएसपी कुमार मैनालीले बताए ।

    • प्रकाशित मितिः असार ९, २०७९
    • 167 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.