बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा भोलि (शुक्रबार) आवश्यक बाहेकका सबै सेवा प्रभावित हुने भएका छन् ।
गाउँपालिकाको दशैँ गाँउसभा हुने भएकाले आवश्यक बाहेकका सबै सेवा प्रभावित हुने भएको प्रमुख प्रशासकीय अधिकृत युवराज कट्टेलले जानकारी दिए ।
'यही मिति २०७९ असार १० गतेका दिन यस बुद्धशान्ति गाउँपालिकाको दशौँगाँउ सभा सञ्चालन हुने भएकाले यस कार्यालयबाट प्रदान गरिने ( स्वास्थ्य र सरसफाइ ) बाहेकका अन्य सेवाहरू उक्त दिन दिन प्रभावित हुने ब्यहोरा सम्बन्धी सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ' विज्ञप्तिमा भनिएको छ