बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका- १७ स्थित रहेको रघुपति जुटमिलको मेसिनले हात काट्दा १ जना अप्रेटरको मृत्यु भएको छ ।
बिहीबार राती १० बजे जुटमिलमा अप्रेटरको काम गर्ने मोरङ बिराटनगर- १४ का ४२ वर्षीय राजो कामतको मेसिनमा काम गरिरहेको अवस्थामा अचानक मेसिनले बायाँ हातको कुमबाटै काटी घाईते भएका थिए ।
घाईते कामतलाई तत्काल उपचारको लागी बिराटनर्सिङ होम विराटनगर लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।