बिर्तामोड / नेकपा एमाले झापा अध्यक्ष दीपक कार्कीको घर अगाडि राखिएको प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कार्कीको गौरादह नगरपालिका –३ स्थित घरको ढोका अगाडि शंकास्पद वस्तु फेलापरेपछि चारआलीबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

OM Sai Pathibhara Hospital

डिस्पोज गरिएको बस्तु ‘होक्स’ भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । 

तार जडित कुकर कार्कीको घर अगाडि आज (शुक्रबार) बिहान ५ः३० बजे फेला परेको थियो । अध्यक्ष कार्कीले तार जोडिएको अवस्थामा आफ्नो घर अगाडि कुकर फेला परेको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

कुकर कसले राखेको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए ।