समाचार

    Showing 21,881-21,890 of 25,992 items.
  • मोरङबाट ८ किलो गाँजासहित ३ जना पक्राउ

    बिर्तामोड / मोरङको सुन्दरहरैचा नगरपालिका- ५ बुढिपुल स्थितबाट लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका- ८ का  ३० वर्षीय सुरेन्द्र राई , २९ वर्षीय मिलन राई र  २९ वर्षीय  बाला राई रहेका छन । आइतबार बेलुका ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले  शंकास्पद रुपमा बसिरहेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोलामा लुकाई छिपाई राखेको लागूऔषध गाँजा  ८ किलोग्राम बरामद गरिए पश्चात उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जना

    • प्रकाशित मितिः असार १३, २०७९
    • 64 पटक पढिएको
  • अर्जुनधारामा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला

    बिर्तामोड / झापाको अर्जुनधारामा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । आइतबार साँझ अर्जुनधारा –४ स्थित ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा अन्दाजी ३५–४५ वर्षका एक युवकको लाश फेला परेको हो । हालसम्म शवको पहिचान नभएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवरका अनुसार शवको दुवै कुममा आरएन शब्द भएको ट्याटु खोपिएको छ ।  केही दिन अघिनै हत्या भएको जस्तो देखिने शवको टाउकोमा भारी बस्तुले हानेर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । उनको शरीरमा निलडाम तथा धारिलो वस्तु प्रयोग गरेको चोट नभएको

    • प्रकाशित मितिः असार १३, २०७९
    • 108 पटक पढिएको
  • पाँचथरमा भएको कार दुर्घटनामा परि झापा हल्दीबारीका बुढाथोकीको मृत्यु

    बिर्तामोड / पाँचथरमा भएको सवारी दुर्घटनामा परि झापा हल्दीबारीका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा हल्दीबारी गाउँपालिका साबिक जलथल गाविस ५ निवासी ४५ वर्षीय प्रकाश बुढाथोकी रहेको प्रहरीले जनाएको छ । आइतबार अपराह्न ४ः बजे झापाको बिर्तामोडदेखि पाँचथरको फिदिम जादैँ गरेको मे १ ज २७८४ नम्बरको कार अनियन्त्रित भई सडकबाट सात सय मिटर तल खसेको थियो ।मेची राजमार्गको इलाम फिदिम सडक खण्डअन्तर्गत पाँचथरको फाल्गुनन्द -३ पाङग्रेभीरमा भएको कार दुर्घटनामा  परि अन्य एक जनाको  गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कारमा सवार पाँचथर फालेलुङ २ का ३६ वर्षीय भीष्म केरुङ रहेका छन् । 

    • प्रकाशित मितिः असार १३, २०७९
    • 173 पटक पढिएको
  • लोकसेवा आयोगसम्बन्धी विधेयक स्वीकृत

    काठमाडौँ  / प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयक स्वीकृत भएको छ । आजको दोस्रो बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान, २०७८ विधेयक र राष्ट्रियसभाबाट भएको संशोधन सहितको लोकसेवा आयोगसम्बन्धी विधेयक, २०७५ स्वीकृत भएको हो ।आजको अघिल्लो बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले आधा घण्टाका लागि बैठक स्थगन भएको थियो ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले राष्ट्रियसभाबाट प्राप्त लोकसेवा आयोगसम्बन्ध

    • प्रकाशित मितिः असार १२, २०७९
    • 67 पटक पढिएको
  • बिभिन्न मुद्दाका फरार ५ प्रतिवादी पक्राउ

    बिर्तामोड / झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्दाका फरार प्रतिवादी ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापा र मोरङको बिभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना तोकी हाल सम्म फरार रही लुकी छिपी बसेका  दमक नगरपालिका -७ झापाका ३९ वर्षीय तेजु भन्ने तेज बहादुर मगर, मिक्लाजुङ गाउँपालिका- ३ मोरङका ४० बर्षीय सुमनसंभी लिम्बू, सोही स्थानका २६ वर्षीय रमेश घिमिरे, बेलबारी नगरपालिका- २ लालभित्ती मोरङका २१ वर्षीय अर्जुम झागड र धनपालथान गाउँपालिका- ५ मोरङका सुन्नर सरदार पक्राउ परेका हुन् ।बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागूऔषध म

    • प्रकाशित मितिः असार १२, २०७९
    • 77 पटक पढिएको
  • छात्रा माथि बलात्कारको प्रयास गरेको आरोपमा स्कुल बसका चालक पक्राउ

    बिर्तामोड / छात्रा माथि बलात्कारको प्रयास गरेको आरोपमा  इटहरी स्थित सेक्रेड हार्ट इङ्लिस स्कुलका बसका चालक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा  इटहरी -५ निवासी वर्ष ३६ का लाल बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । कक्षा ७ मा अध्ययनरत १२ वर्षीय छात्रामाथि बलात्कारको प्रयास गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उजुरीका आधारमा चालक गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक भीम खड्काले जानकारी दिए ।खड्काका अनुसार गुरुङलाई बाल यौन दुरुपयोग अन्तर्गत मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भए ३

    • प्रकाशित मितिः असार १२, २०७९
    • 727 पटक पढिएको
  • दक्षिण अफ्रिकामा १७ जना मृत फेला

    एजेन्सी / दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक रातिकल्बमा आइतबार कम्तिमा १७ जना मानिस मृत फेला परेको प्रहरीले जनाएको छ । के कति कारण यी व्यक्तिहरूको मृत्यु भएको यसको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ’। प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले एएफपी समाचार समितिलाई उक्त जानकारी दिएका छन् ।घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उनले बताए । यद्यपि अझै पनि यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ । 

    • प्रकाशित मितिः असार १२, २०७९
    • 66 पटक पढिएको
  • ८८ हजार ५ सय १५ रुपैयाँ र ६ बुक तास सहित सात जुवाडे पक्राउ

    काठमाडौं / बुढानीलकण्ठ नगरपालिका -१० बालुवाखानीस्थित दिनेश दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका- २ बस्ने ५६ वर्षीय कृष्ण काजी श्रेष्ठ लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ५ सय १५ रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असार १२, २०७९
    • 84 पटक पढिएको
  • इलाममा बुलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु

    बिर्तामोड / इलामको माङसेबुङ गाउपालिका -२ दहगाँउ स्थित भित्री सडक खण्डमा बुलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउपालिका -५ का ६५ वर्षीय हिम प्रसाद लावती, ६० वर्षीया पदम कुमारी लावती र इलाम माङसेबुङ गाउपालिका -६ का ५० वर्षीय प्रकाश राई रहेका छन् । आज दिउसो १२ बजे पाँचथरको रविबाट झापाको दमक तर्फ जादै गरेको मे १ ज ४८७ नं. को बोलेरो गाडी सडकबाट २०० मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा परी हिम प्रसाद र पक्राशको घटनास्थलमै मृत्यु भएको थियो भने पदम कुमारीको उपचारको लागी दमक अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको हो । बोलेरो चालक तत्काल

    • प्रकाशित मितिः असार १२, २०७९
    • 161 पटक पढिएको
  • पहिरोका कारण काठमाडौं–मुग्लिन सडक अवरुद्ध

    काठमाडौँ  / चितवनको इच्छाकामना गाउँपालिका –४ स्थित नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौं–मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको हो ।मुग्लिनबाट काठमाडौं तर्फ तीन किलोमिटर अगाडि नाग्दी खोला नजिक झरेको पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।पहिरोका कारण मुग्लिनतर्फ आउने र काठमाडौं तर्फ जाने सवारी साधन सडकमै जाममा परेका छन् ।

    • प्रकाशित मितिः असार १२, २०७९
    • 81 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.