समाचार

    Showing 21,811-21,820 of 25,992 items.
  • ‘अख्तियारको इन्स्पेक्टर हुँ’ भन्दै ठग्दै

    झापा / महोत्तरीमा अख्तियारको ‘इन्स्पेक्टर हुँ’ भन्दै रकम असुलेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका- १२ घर भएका ३० वर्षीय रवि ठाकुर, लोहरपट्टी नगरपालिकाका घर भएका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेको प्रहरीले जनाएको छ ।महोत्तरीको जलेश्वर नगरपालिका- १२ स्थित सीमा क्षेत्रमा नेपाल-भारत आउजाउ गर्नेहरु सँग उनीहरूले अख्तियारमा कार्यरत ‘निरीक्षक हौँ’ भनेर असुल्ने गरेको महोत्तरीका एसपी कृष्ण पङ्गेनीले बताए ।आरोपीहरूले सीमा क्षेत्रको एउटा पसलबाट २ हजार २ सय भारतीय रुपैयाँ असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बिहीबार साँझ जलेश्वर-

    • प्रकाशित मितिः असार १७, २०७९
    • 105 पटक पढिएको
  • राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित ३ विधेयक पारित

    काठमाडौँ  / राष्ट्रियसभाबाट आगामी आवको बजेटसँग सम्बन्धित तीन विधेयक पारित भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत पच्चीसौँ संशोधन) विधेयक, २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरिएको हो ।राष्ट्रियसभाबाट पारित भएको उक्त विधेयक सन्देशसहित प्रतिनिधिसभाबाट पठाइएको छ । राष्ट्रियसभाले सन्देशसहित पठाएको विधेयक प्रतिनिधिसभाले पारित गर्नुपर्ने हुन्छ ।

    • प्रकाशित मितिः असार १७, २०७९
    • 58 पटक पढिएको
  • भारतमा आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध

    एजेन्सी / भारतले आजदेखि एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ ।एक चोटी मात्रै प्रयोग गरिने र त्यसपछि फेरि प्रयोग नगरी फालिने प्लास्टिकका १९ सामानमा भारतले प्रतिबन्ध लगाएको हो । भारतको पर्यावरण मन्त्रालयले प्रतिबन्ध लागेका प्लास्टिकका सामानको सूची सार्वजनिक गरेको छ ।७५ माइक्रोन भन्दा तलका प्लास्टिकका झोला, प्लास्टिक राखिएका कान कोट्याउने इअरबड, प्लास्टिकका झन्डा, क्यान्डी तथा आइसक्रिम स्टिक, प्लास्टिकका गिलास, कप, प्लेट, काँटा, चम्चा, चक्कु लगायतमा प्रतिबन्ध लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्ता खालका प्लास्टिकका सामग्रीको प्रयोग गरेको पाइए कारबाही हुने पनि

    • प्रकाशित मितिः असार १७, २०७९
    • 62 पटक पढिएको
  • स्रोत नखुलेको ४५ लाख नगद सहित चार जना पक्राउ

    झापा / पोखरा महानगरपालिका- १७ ड्यामसाइडस्थित भर्जु ईन होटलबाट स्रोत नखुलेको ४५ लाख ९७ हजार १ सय ८० रुपैयाँ नगद सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका- ७ घर भएका २३ वर्षीय सुमन तामाङ र चिनियाँ नागरिक राहदानी नम्बर ईजी ( ४४८७०८७ ) यिन यिङ्बो सहित ४ जना रहेका छन् । उक्त होटलमा सुमनको नाममा दर्ता भएको डाईमण्ड टेक्नोलोजी प्रालि सञ्चालन भएकोमा स्रोत नखुलेको नगद राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्दा होटलको कोठा नम्बर ४०८ बाट उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त स्थानबा

    • प्रकाशित मितिः असार १७, २०७९
    • 85 पटक पढिएको
  • ब्राउन सुगर सहित १ जना पक्राउ

    झापा  / धनकुटा नगरपालिका -१ स्थित हिले मा.बि अगाडि चेकजाँचको क्रममा लागूऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थान बस्ने २२ वर्षीय गोविन्द विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । बिहीबार बेलुका ७ बजे प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध ब्राउन सुगर १७० मिलिग्राम बरामद भएको थियो । पक्राउ परेका विश्वकर्मा माथि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १७, २०७९
    • 95 पटक पढिएको
  • बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न

    बिर्तामोड  / चरम अभाव रक्त अभावको समस्यालाई मध्यनजर गर्दै बिर्तामोडमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स कल्ब अफ बिर्तामोड , लायन्स कल्ब अफ बिर्तामोड लेडी , लायन्स कल्ब अफ स्मार्ट लेडी र लायन्स कल्ब अफ बिर्तामोड सिटीको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले प्राविधिक सहयोग गरेको हो ।बिर्तामोडको खड्का कम्प्लेक्समा  भएको  कार्यक्रममा ८ जना महिला र २७ पुरुष गरि ३५ जनाले रक्तदान गरेको लायन्स कल्ब अफ बिर्तामोड लेडीकी चार्टर प्रेसिडेन्ट उर्मिला बिमली खरेलले जानकारी दिइन् । 

    • प्रकाशित मितिः असार १७, २०७९
    • 62 पटक पढिएको
  • १५ हजार घुससहित जिल्ला अदालतका कर्मचारी पक्राउ

    गोरखा / जिल्ला अदालत गोरखाका एक कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामचन्द्र केसी रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले बिहीबार राति पक्राउ गरेको हो ।काम मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा गोरखा सदरमुकामको एक होटलबाट उनलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद थपलियाले बताए ।घुससहित पक्राउ परेका केसीलाई शुक्रबार राति नै पोखरा लगिएको र आवश्यक छानविन भइरहेको थपलियाले जानकारी दिए ।

    • प्रकाशित मितिः असार १७, २०७९
    • 64 पटक पढिएको
  • बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न

    बिर्तामोड  / चरम अभाव रक्त अभावको समस्यालाई मध्यनजर गर्दै बिर्तामोडमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स कल्ब अफ बिर्तामोड , लायन्स कल्ब अफ बिर्तामोड लेडी , लायन्स कल्ब अफ स्मार्ट लेडी र लायन्स कल्ब अफ बिर्तामोड सिटीको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले प्राविधिक सहयोग गरेको हो ।बिर्तामोडको खड्का कम्प्लेक्समा  भएको  कार्यक्रममा ८ जना महिला र २७ पुरुष गरि ३५ जनाले रक्तदान गरेको लायन्स कल्ब अफ बिर्तामोड लेडीकी चार्टर प्रेसिडेन्ट उर्मिला बिमली खरेलले जानकारी दिइन् । 

    • प्रकाशित मितिः असार १७, २०७९
    • 38 पटक पढिएको
  • मोरङबाट लागूऔषध सहित ४ जना पक्राउ

    बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका -१५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । बिहीबार दिउसो सवा १२ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट छेउबाट भारतबाट नेपाल तर्फ आँउदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका ४ का २६ वर्षीय पवन घिमिरे र सुन्दरहरैचा नगरपालिका ६ का २७ वर्षीय विजय राईलाई लुपिजेसिक १२ ऐम्पुल, फेनारगन १२ ऐम्पुल, डाईजोपाम १२ ऐम्पुल, ऐभिल १२ ऐम्पुल सहित पक्राउ गरेको  हो ।यसै गरी हिजै दिउसो २ बजे १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बा ३५ प २७१४ नम्बरको मोटरसाइकलमा भारतब

    • प्रकाशित मितिः असार १७, २०७९
    • 82 पटक पढिएको
  • करेन्ट लागेर दुई जनाको मृत्यु

    बिर्तामोड / धनकुटा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार साढे १० बजे धनकुटा छथर जोरपाटी गाँउपालिका - १ हातिखर्क मावि बुङका २९ वर्षीय लक्ष्मण लिम्बू छिमेकीको घरको बिजुली बनाउनको लागी बिजुलीको पोलमा चढ्दा करेन्ट लागी मृत्यु भएको हो । यस्तै हिजै दिउसो सवा १ बजे सुनसरी इनरुवा नगरपालिका -१ पूर्व टोल का ४४ वर्षीय कुलदेव सदाले आफ्नो घरको कोठामा रहेको सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा साढे १ बजे जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असार १७, २०७९
    • 61 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.