समाचार

    Showing 21,741-21,750 of 25,992 items.
  • चट्याङ लागेर १४ रोपाहार घाइते

    चितवन / चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका –८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए ।सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ । बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ ।

    • प्रकाशित मितिः असार २३, २०७९
    • 52 पटक पढिएको
  • आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौँ  / सरकारले आइतबार सार्वजनिक बिदा दिने भएकोको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको हो । मुस्लिम आयोगको अनुरोधमा सार्वजनिक बिदा दिने निर्णय गरिएको पोखरेलले जानकारी दिए ।

    • प्रकाशित मितिः असार २२, २०७९
    • 111 पटक पढिएको
  • पानीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

    झापा / सर्लाहीको हरिवनमा पानीमा  डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका- २ की अनुषा महतो रहेकी प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् । उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः असार २२, २०७९
    • 66 पटक पढिएको
  • गोरखामा यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते

    झापा / चितवनबाट गोरखाको अजिरकोट गाउँपालिका स्थित भच्चेकतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । छोप्राकको राम्चेचौतारा नजिकै ना ५ ख ५३०५ नम्बरको नारायणी यातायातको बस सडकमा दुर्घटना भएको हो । घाइतेमध्ये सात जनालाई उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ । बाँकी घाइतेको छेपेटारस्थित पृथ्वी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनामा घाइते भएका पवन पोखरेलका अनुसार घुम्तीबाट बस पछाडि हटेर सडकमा पल्टिएको थियो ।  उकालो र घुम्ती रहेको सडकबाट बस करिब ३० मिटर तल हटेको थियो ।

    • प्रकाशित मितिः असार २२, २०७९
    • 92 पटक पढिएको
  • ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा कपनबाट एक महिला पक्राउ

    काठमाडौं / वैदेशिक रोजगारका लागी न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका- ७ घर भई बुढानीलकण्ठ नगरपालिका–३ घुम्तीमा बस्दै आएकी २७ वर्षकी शोभा पौडेल रहेको प्रहरीले जनाएको छ ।पौडेलले सिन्धुलीको दुधौली नगरपालिका- १ का नारायण बोगटीसहित ९ जनाबाट ६३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।न्युजिल्याण्ड जान १२ लाख ५० हजार रुपैयाँ लाग्ने, त्यहाँ कृषि कम्पनीमा फलफूल टिप्ने काम लगाइदिने र मासिक तलब एक लाख ७० हजार रुपैयाँसम्म हुने भन्दै उनले ६३ लाख रुपैयाँ रकम लिएको काठमाडौं उपत्यका अपर

    • प्रकाशित मितिः असार २२, २०७९
    • 113 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित

    काठमाडौं  / प्रतिनिधिसभाको बैठक बुधबार २ बजेसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक एमालेले अवरुद्ध पार्ने भएपछि २ बजेसम्मका लागि स्थगित भएको हो । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले विशेष कारणले बस्न नसक्ने भएकोले समय परिवर्तन गरिएको बताए ।‘आज मिति २०७९ साल असार २२ गते बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले उक्त बैठक आजै दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा  जानकारीको ल

    • प्रकाशित मितिः असार २२, २०७९
    • 54 पटक पढिएको
  • आफ्नै घरको खानेपानी ट्याङ्कीभित्र एक युवक मृत फेला

    काठमाडौं / काठमाडौंको मखन टोलमा एक पुरुष मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका- २४ मखन गल्ली बस्ने ५९ वर्षीय केश रत्न स्थापित आफ्नै घरको खानेपानी ट्याङ्कीमा मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।शवलाई पोस्टमार्टमको लागि अस्पताल पठाइएको र घटना सम्बन्धमा को थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७९
    • 63 पटक पढिएको
  • भारतमा खाना पकाउने ग्यासको मूल्य बढ्यो

    एजेन्सी / भारतमा घरेलु एलपीजी ग्यास सिलिन्डरको मूल्य बुधबार ५० भारुले बढेको छ । बढेको मूल्य आजदेखि नै लागू हुने बताइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार राजधानी दिल्लीमा अब एलपीजी ग्यासका लागि प्रयोगकर्ताले १ हजार ५२ भारु तिर्नुपर्नेछ । त्यस्तै, ५ किलोग्रामको घरेलु सिलिन्डरको मूल्य पनि १९ भारुले बढेको छ भने १९ किलोग्रामको व्यावसायिक सिलिन्डरको मूल्य साढे ८ सयले कम भएको छ । गत हप्ता पनि व्यावसायिक सिलिन्डरको मूल्य २ सय रुपैयाँले कम भएको थियो ।

    • प्रकाशित मितिः असार २२, २०७९
    • 106 पटक पढिएको
  • अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म मन्त्रालय नफर्किने अर्थसचिवको घोषणा

    काठमाडाैँ / बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको भन्दै अर्थमन्त्री विवादमा तानिए पछि अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्  । श्रोतका अनुसार उनी आजैदेखि लागू हुने गरी अनिश्चितकालका लागि बिदामा बसेका हुन् । बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका छन् । अर्थमन्त्री शर्माले पदबाट राजीनामा नदिएसम्म आफू मन्त्रालय नफर्किने पनि उनले बताएको स्रोतको दाबी छ । तर अर्थमन्त्री शर्माको सचिवालयले भने मरासिनी व्यक्तिगत कामले दुई दिन बिदामा बसेको बतायो

    • प्रकाशित मितिः असार २२, २०७९
    • 114 पटक पढिएको
  • चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा २ जनाको मृत्यु

    झापा / उदयपुर र सोलुखुम्बुका छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागी २ जनाको मृत्यु भएको छ । मंगलबार बेलुका साँढे ६ बजे  उदयपुरको चौदण्डीगढी- ५ का २५ वर्षीय रोशन चौधरी खेतमा काम गरी घर फर्कदै गरेको अवस्थामा अचानक पानी सँगै परेको चट्याङले लागेर घाईते भएका थिए । घाईते चौधरीलाई तत्काल इलाका प्रहरी कार्यालय सुन्दरपुरको प्रहरी टोलीले उपचारको लागि स्थानीय फत्तेपुर अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो भने सोलुखुम्बु थुलुङ दुधकोशी- ९ साउरेका एक बालकको चट्याङले लागेर मृत्यु भएको छ । सोलुखुम्बुमा मंगलबार बेलुका ७ बजे आमा पाकमाया तामाङसँगै मावल जाने क्रममा बाटोमा बर्षासँगै

    • प्रकाशित मितिः असार २२, २०७९
    • 61 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.