समाचार

    Showing 21,721-21,730 of 25,992 items.
  • अर्थमन्त्री प्रकरण : सभामुखले बोलाए विशेष छानविन समितिको बैठक

    काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाले विशेष छानविन समितिको बैठक बोलाएका छन् । दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक अस्नुअघि सभामुख सापकोटाले समितिका सदस्यहरूलाई बैठकमा बोलाएका हुन् ।एकीकृत समाजवादीकी सांसद सरलाकुमारी यादवले प्रतिनिधि सभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको जानकारी दिइन् ।२ दिनअघि पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनेको थियो ।शर्माले बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर परिवर्तन गरेको आरोप लागेको छ । सो समितिले के कसरी काम गर्दैछ त्यसका लागि सभामुख सापकोटाले सहजिकरणका लागि

    • प्रकाशित मितिः असार २४, २०७९
    • 52 पटक पढिएको
  • राष्ट्रपतिबाट दुई विधेयक प्रमाणीकरण

    काठमाडौं  / राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।शुक्रबार राष्ट्रपतिले बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।संसद्को दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएका दुवै विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 67 पटक पढिएको
  • कस्तुरीको बिना सहित पक्राउ

    काठमाडौं / काठमाडौं महानगरपालिका- ७ चाबहिलस्थित सडकबाट कस्तुरीको बिना सहित पाँचथर तुमविया गाउँपालिका- ५ घर भई हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा बा. ८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले लिम्बुलाई उक्त बिना सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 57 पटक पढिएको
  • लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

    बिर्तामोड / मोरङमा लेनदेन मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका- ५ बस्ने ५० वर्षीय भरौसी चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७८ चैत ३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद  र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत मोरङमा पेश गरि अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाइएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 59 पटक पढिएको
  • मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

    बिर्तामोड / मोरङको कानेपोखरी गाउँपालिका- ७ स्थित लेटाङ कानेपोखरी सडक खण्डमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  मोटरसाइकल चालक  सुनबर्सी नगरपालिका- १ का ३३ वर्षीय रोशन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । बिहीबार दिउसो साढे २ बजे प्रदेश १-०२-०४२ प २७६९ नम्बरको  मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त मृतक लासलाई पोस्टमार्टमको लागि मङ्गलबारे अस्पताल उर्लाबारी पठाइएको र घटना सम्बन्धमा  थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 74 पटक पढिएको
  • बलात्कार गरेको आरोपमा ३ जना पक्राउ 

    झापा / २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका १४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपाली रहेका छन् । काठमाडौं महानगरपालिका २६ ठमेलस्थित होटलमा नेपालीले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका- ४ ईमाडोल

    • प्रकाशित मितिः असार २४, २०७९
    • 55 पटक पढिएको
  • ब्राउन सुगर सहित २ जना पक्राउ

    बिर्तामोड /  झापाको झापा गाउपालिका -३  झाटीबाट लागूऔषध ब्राउन सुगर सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय  फरमान अली र ३२ वर्षीय मनोज गणेश रहेका छन् । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय कुमारखोद र प्रचौ टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विहारी उरावको खाली घरबाट पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार १३ ग्राम ब्राउन सुगर र तौल मापन गर्ने एक थान डिजिटल तराजु सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका २ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।&nb

    • प्रकाशित मितिः असार २४, २०७९
    • 71 पटक पढिएको
  • फौजदारी कसुर सम्बन्धी विधेयक पारित

    काठमाडौँ / फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ पारित गरिएको छ ।प्रतिनिधिसभाको बिहीबारको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सर्वसम्मतले पारित गरेको हो ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको जानकारी दिए ।निर्णयार्थ प्रस्तुत गरिनु अघि बैठकमा सो विधेयकमाथि छलफल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक २४ असार दिउँसो २ बजे बस्न

    • प्रकाशित मितिः असार २३, २०७९
    • 70 पटक पढिएको
  • बिर्तामोडबाट भन्सार छली गरेर ल्याएको ३० लाखको कपडा बरामद

    बिर्तामोड / सशस्त्र प्रहरी बल झापाले भन्सार छलेर नेपाल भित्राइएको करिब ३० लाख मूल्य बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका– १ स्थित पश्चिम बस स्टेन्ड नजिकैबाट बुधवार बिहान करिब ३ बजे उक्त मूल्य बराबरको १८ पोका कपडा बरामद गरेको हो ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम भण्डारीका अनुसार बिना कागजात ल्याइएको १८ पोका कपडा बरामद गरेको जानकारी दिए।बरामद गरेको कपडा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको डीएसपी भण्डारीले बताए।

    • प्रकाशित मितिः असार २३, २०७९
    • 1,021 पटक पढिएको
  • सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेका शम्भुको ७० वर्षको उमेरमा निधन

    झापा / सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेका शम्भु तामाङको निधन भएको छ । हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा बिहीबार बिहान १० बजे निधन भएको परिवार जनाएको छ ।उनले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सगरमाथा आरोहण गरेका थिए । तामाङले सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम राख्न सफल भएका थिए । मूल घर सिन्धुपाल्चोक रिस्याङ्खु भएका तामाङ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका थिए । 

    • प्रकाशित मितिः असार २३, २०७९
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.