समाचार

    Showing 21,601-21,610 of 25,992 items.
  • सुस्तमनस्थिति भएकी युवती बलात्कृत

    झापा / बैतडीमा सुस्तमनस्थिति भएकी एक युवतीमाथि बलात्कार गरेको आरोपमा दुइ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका- ४ का गोपिराम चुनारा र ललितराम चुनारा रहेको प्रहरीले जनाएको छ । सोही स्थानकी  २० वर्षीया अपांग युवतीमाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  पीडित युवतीले प्रहरीमा जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १, २०७९
    • 103 पटक पढिएको
  • मिर्गौला बेचविखनमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ

    काठमाडौं / मिर्गौला बेचविखनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरूलाई प्रलोभनमा पारी मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, विमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरेको जानकारी दिएको हो ।भारतमा गएर मिर्गौला दान गरेबापत जनही ५ लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा पारी सडक बालबालिकाहरूलाई भारत लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरूलाई गत असार २८ गते काठमाडौंको विभिन

    • प्रकाशित मितिः साउन १, २०७९
    • 69 पटक पढिएको
  • मदिरा सेवन गरि पत्रकार कुट्ने विद्युत् प्राधिकरणका ७ कर्मचारी पक्राउ

    चितवन / चितवनमा पत्रकार कृष्ण आचार्यलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका ७ कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवस शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशङ्कर चौधरी र लेखापाल हरि पौडेल रहेको प्रहरीले जनाएको छ । उनीहरूले शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार संकलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए । । उनीहरूलाई कानुनअनुसार कारबाही गर्ने गरी मुद्दा चलाइने जिल्ला

    • प्रकाशित मितिः साउन १, २०७९
    • 108 पटक पढिएको
  • काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं / काठमाडौं महानगरपालिका- १६ बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका- १ रानीवन बस्ने २८ वर्षीय रोमन थापा मगर रहेको प्रहरीले जनाएको छ ।  शनिवार बा ५ ख २८७२ नम्बरको बसले बा ७० प ६१२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका मगरको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो  । बसका चालकलाई पक्राउ गरि घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १, २०७९
    • 72 पटक पढिएको
  • हिमालयको कुवेत उडान सुरु

    काठमाडौँ  / हिमालय एयरलाइन्सले कुवेतमा उडान सुरु गरेको छ । कम्पनीले शुक्रबार राति १०ः३२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतका लागि उडान भरेको हो ।उक्त जहाज कुवेतबाट शनिबार बिहान ९ः१७ बजे काठमाडौँ फर्किएको छ । एयरलाइन्सले अब हरेक शुक्रबार काठमाडौँ–कुवेत र हरेक  शनिबार कुवेत–काठमाडौँ उडान गर्नेछ । यो हिमालयन एयरलाइन्सको आठौँ अन्तर्राष्ट्रिय गन्तव्य हो । कुवेत विशेषगरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीका लागि महत्त्वपूर्ण गन्तव्य हो । काठमाडौँ–कुवेत–काठमाडौँ सेक्टरमा उडान सञ्चालनमा ल्याउन २००६ जनवरी २३ मा हवाई सेवा सम्झौता भएको थियो । 

    • प्रकाशित मितिः साउन १, २०७९
    • 83 पटक पढिएको
  • सप्तरीमा ग्यास सिलिन्डर पड्किएर आगलागी लागी हुँदा लाखौको क्षति

    झापा / सप्तरीमा ग्यास सिलिन्डर पड्किएर आगलागी लागी हुँदा लाखौको क्षति भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा भएको आगलागीमा परेर तीन जना घाइते भएका छन् ।बोदे बर्साइन नगरपालिका–१० खडगपुरका खगेन्द्र यादवको घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा आगो निभाउने क्रममा स्थानीय कारी दास, महेश यादव र धिरेन्द्र यादव जलेर घाइते भएका सप्तरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन वटा ग्यास सिलिन्डर पड्किएको हो ।खगेन्द्रको घर र छिमेकी वीरेन्द्र यादवको परालको टाली जलेर नष्ट भएको छ । यस्तै, खगेन्द्रको घरमा रहेको नगद १ लाख ५० हजार, तीन तोला सुन, तीन किलो चाँदी, आठ क्विन्टल चामल, २

    • प्रकाशित मितिः साउन १, २०७९
    • 104 पटक पढिएको
  • ३८ हजार माथिका मोबाइल आयातमा प्रतिबन्ध

    काठमाडौं / सरकारले विलासी बस्तुको आयातमा थप कडाइ गर्दै ३८ हजार माथिका मोबाइल आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल प्रतिबन्ध लगाएको हो ।बैशाख १४ गते लगाइएको आयात प्रतिबन्धमा ६०० अमेरिकी डलरसम्म मूल्य भएका मोबाइल सेटको प्रतिबन्ध लगाएको थियो । सरकारले भदौ १४ सम्मको लागि ६०० डलरबाट घटाएर ३०० डलरसम्मका मोबाइल प्रतिबन्ध लगाउने निर्णय गरेको हो । राजपत्रमा प्रकाशित सूचनामा २०७९ साउन १ गतेभन्दा अगाडि बैंकिङ माध्यमबाट आयातको प्रकिया सम्पन्न भैसकेका ३०० देखि ६०० डलरसम्म मूल्य भएका मोबाइल सेटको हकमा आयात प्रतिबन्ध नलाग्ने

    • प्रकाशित मितिः साउन १, २०७९
    • 72 पटक पढिएको
  • ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

    झापा / बर्दियामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका- ६  श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजाली रहेका छन् ।  रजालीले ती बालिकालाई सोही ठाउँस्थित गोठको पछाडि लगेर बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सानो श्रीबाट खटिएको प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन १, २०७९
    • 75 पटक पढिएको
  • नियन्त्रित लागूऔषध ट्याब्लेट सहित ३ जना पक्राउ

    झापा / उदयपुरको बेलका नगरपालिका- १ बाट नियन्त्रित लागूऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेलका नगरपालिका- ५ का २४ वर्षीय सुदीप राई र २७ वर्षीय प्रदिप बस्नेत तथा चौदण्डीगढी नगरपालिका- २ का  २१ वर्षीय ठगिन्द्र मगर रहेका छन् । लागूऔषधको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ८ बजेको समयमा तिन जनालाई लागूऔषध सहित पक्राउ गरेको हो ।  उनीहरूको साथबाट प्रहरीले टामाडोल ४९५ ट्याब्लेट, डाईजोपाम ३४ एम्पुल, फेनारागन २४ एम्पुल, फेरिमाईन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान

    • प्रकाशित मितिः साउन १, २०७९
    • 89 पटक पढिएको
  • मेचीनगरबाट ४ लाख मूल्य बराबरको अवैध सुपारी र लत्ताकपडा बरामद

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले अवैध रुपमा भन्सार छली गरि नेपाल तर्फ ल्याउँदै गरेको ३,२०,००० बराबरको ४ पोका  लत्ताकपडा बरामद गरेको छ । आइतबार बिहान ३ : ४५ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका -६ स्थितबाट  उक्त मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।  प्रहरीले सोही स्थानबाट नेपाल देखि भारत तर्फ लादै गरेको २ बोरा ३० , ००० मूल्य बराबरको  ६० के . जि सुपारी  बरामद गरेको छ । यस्तै शनिबार पनि नेपाल देखि भारत तर्फ अवैध रुपमा लादै गरेको सुपारी पचास हजार मूल्य बराबरको ९० के जी अवैध सुपारी प्रह

    • प्रकाशित मितिः साउन १, २०७९
    • 126 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.