बिर्तामोड / देशभरका ७५३ वटा स्थानीय तह मध्ये तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । हालै सार्वजनिक महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार प्युठानको दुई र ताप्लेजुङको एक स्थानीय तहले शून्य बेरुजु बनाएका हुन् । प्युठानको सरुमारानी र मल्लरानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको छ भने ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको पनि बेरुजु रकम शून्य रहेको छ । प्रतिवेदनअनुसार प्युठानका अन्य सात स्थानीय तहको बेरुजु तीन प्रतिशतभन्दा कम छ । महालेखापरीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहलाई आर्थिक अनुशासन र वित्तीय सुशासन राम्रो भ
पोखरा / पोखरा महानगरपालिका- ८ न्युरोडस्थित एक होटलमा २ वटा नक्कली सुन देखाई ठगी गर्न खोजेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका- ४ रामकृष्ण टोल बस्ने चितवन माडी नगरपालिका- ८ बसन्तपुर घर भएका ३५ वर्षीय धर्मेन्द्र खाती (शाय) र पोखरा महानगरपालिका- १६ घर्मीखोला बस्ने स्याङ्जा अर्जुन चौपारी गाउँपालिका- ४ रापाकोट घर भएका ४० वर्षीय डिल बहादुर बिक रहेका छन् । उनीहरूले उक्त होटलमा नक्कली सुनको बाला देखाई सक्कली हो भन्दै ठगी गर्न खोजेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर आपराधिक षड्यन
काठमाडौँ / नेपाल कानून व्यवसायी परिषदले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेका अधिवक्ता रुद्रप्रसाद पोखरेलविरुद्ध सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण माग गरेको छ ।मंगलबार परिषदले गोरखापत्र दैनिकमा सार्वजनिक सूचना निकालेर न्यायाधीशलाई घुस प्रस्ताव गरेका पोखरेललाई ७ दिनभित्र स्पष्टीकरण दिन माग गरेको हो । स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन भएपछि सार्वजनिक सूचना जारी गरेको परिषदले जनाएको छ ।‘तपाईं रुद्रप्रसाद पोखरेलले कानून व्यवसायको सिलसिलामा कार्य गर्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँ
झापा / गुल्मीमा ५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुसीकोट नगरपालिका- १ का ५९ वर्षीय लक्ष्मण बलामी रहेका छन् । बलामी ति महिलालाइ साँझको समयमा घरमा एक्लै भएको अवस्थामा बलात्कारको प्रयास गरेको आरोप रहेको छ । पीडित युवतीले असार १ गते दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी माधवराज खरेलले बताए ।
झापा / उदयपुरको चौदण्डीगढी नगरपालिका- ४ बाट प्रतिबन्धित लागूऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका- ६ का ३४ वर्षीय बिनेश राई रहेका छन् । लागूऔषध गाँजाको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । रामपुरबाट स ३ प ३६०३ नम्बरको मोटरसाइकलमा फत्तेपुर तर्फ जाँदै गरेका उनलाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट ५ केजी गाँजा बरामद भएको थियो । गाँजा सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
बिर्तामोड / सुनसरीको इनरुवा नगरपालिका- ४ बसचोकमा सोमवार बेलुका ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा नगरपालिका- ३ का २७ वर्षीय श्याम सुन्दर यादव रहेका छन् । पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ग १ क ८४५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को १० प ३३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाईते भएका यादवलाई उपचारको लागी जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड / झापा र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ५ का पूर्ण बहादुर लिम्बुको २ वर्षीय छोरा इन्सान लिम्बू रहेको प्रहरीले जनाएको छ । इन्सान सोमबार दिउँसो घर छेउमा नै खेल्दै गरेको अवस्थामा नजिकै रहेको पैनीमा अचानक डुबी पैनीले बगाएर लादै गरेको स्थानीयले देखि तत्काल उद्धार गरी उपचारको लागी बि एण्ड सी अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी ताप्लेजुङको मेरिङदिन गाउँपालिकामा रहेको युनाइटेड हाईड्रोपावरमा काम गर्ने काभ्रेपलान्चोक का २९ बर्षीय तिर्थ त
बिर्तामोड / हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।अहिले प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मौसम देशभर आंशिक बदली रहेको छ। आज दिउँसो देशभर आंशिक बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर आंशिक बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिन
बिर्तामोड / नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएका हुन् । पोखरेलले मानव स्रोत विभाग पुगेर एआईजी पुजा सिंह मार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएका छन् । पोखरेलको राजीनामा महानिरीक्षक सिंहले गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ ।आफूभन्दा वरियतामा तल रहेका एआइजी सिंहलाई सिंहलाई आईजीपी नियुक्त गरिएको भन्दै पोखरेलले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, गत शुक्रबार सर्
झापा / सुर्खेतको भेरिगंगा नगरपालिका छिन्चु बजारबाट रुकुमतर्फ लैजान लागिएको ६४ बोरा रासायनिक मल प्रहरीले बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक रमेश राईका अनुसार छिन्चु बजारको मदानेचौर नजिक स्थानीय निर्मला एग्रोभेटका सञ्चालक दयाराम अर्यालको ट्रकबाट उक्त परिमाणको रासायनिक मल बरामद गरिरहेको हो । ‘गाडीमा ६४ बोरा मल भेटिएको हो । हामीले उहाँहरूसँग बिल मागेका थियौं । २४ बोराको बिल देखाउन उहाँले सक्नुभएन ’, प्रहरी निरीक्षक राईले भने, ‘आज कार्यालय समयमा थप कारबाही गरेर राजश्व कार्यालय नेपालगञ्जमा २४ बोरा पठाइदिन्छौं ।’
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.