समाचार

    Showing 21,561-21,570 of 25,992 items.
  • छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ बालकको मृत्यु

    बिर्तामोड / मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा  डुबेर २ बालकको मृत्यु भएको छ ।  बिहीबार दिउँसो सुनसरीको कोशी गाउपालिका- ५ कुमियाही स्थितमा रहेको कुमियाही खोलामा नुहाउने क्रममा स्थानीय  नजारुल हकको ९ वर्षीय छोरा  नफाजल हक पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए । यसै गरी मोरङको जहदा गाउपालिका- ७ का अशोक मण्डलको ११ वर्षीय  छोरा तरुण मण्डल घर नजिकै रहेको खहरे  खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबी मृत अवस्थामा आफन्तले फेला परेका थिए । मृतक लासलाई पोष्टमार्टमको लागि अस्पताल पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ६, २०७९
    • 73 पटक पढिएको
  • ट्याक्टरको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

    भोजपुर / भोजपुरको भोजपुर नगरपालिका- १२ मा  ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुन्दर तामाङ को ४ वर्षीय  छोरा मेन्सन तामाङ रहेको प्रहरीले जनाएको छ ।  बिहीबार बेलुका ६ बजे भित्री सडक खण्डमा मे। १ त ४७४४ नम्बरको  ट्याक्टरले ठक्कर दिदा बालकको घटनास्थलमा नै मृत्यु भएको हो । मृतक बालकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाइएको तथा ठक्कर दिने  ट्याक्टर र चालक भोजपुर राम प्रसाद राई- ९ का राजु राईलाई जिल्ला प्रहरी कार्यालय  भोजपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ६, २०७९
    • 74 पटक पढिएको
  • भारतीय ट्रेलरको ठक्करबाट हर्क र भीमको मृत्यु

    विराटनगर / मोरङको बुढीगंगा –२ स्थित गंगाचौकमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी गाउँपालिका –७ का २७ वर्षीय हर्क परियार र २१  वर्षीय भीम बहादुर राई रहेका छन् ।विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नं. प्लेटका एफ आर ३८ एफ २२१० नम्बरको ट्रेलर गाडीले  सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । ट्रेलरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक परियार र  सवार राईको उपचारको क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नम्बर प्लेटको सवारी र चा

    • प्रकाशित मितिः साउन ६, २०७९
    • 75 पटक पढिएको
  • रुगम बने २०७९ असारको सर्वोत्कृष्ट प्रहरी उपरीक्षक

        ईलाका प्रहरी कार्यालय अनारमनी  झापाका इन्चार्ज प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवर २०७९ को असार महिनामा एक नम्बर प्रदेशको सर्वोत्कृष्ट प्रहरी बनेका  छन् ।झापा अर्जुनधारा नगरपालिका-४ जुकेखाडी  स्थित कच्ची सड्क खण्डको ह्वुमपाइप भित्र अज्ञात व्यक्तिले मारि बोरामा प्याक गरी फालेको अवस्थामा तत्काल पहिचान नै नखुलेको मृतक पुरुषको लाशको सुक्ष्मरुपमा अनुसन्धान गरी उक्त लाशको पहिचान खुलाउन सफल भएका साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । त्यसै गरि अनारमनिमा लागूऔषध, चोरी लगायतका विभिन्न अपराधिक घटना

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 44 पटक पढिएको
  • पैनीको पानीमा डुबेर १९ महिने बालिकाको मृत्यु

    मोरङ / मोरङको पथरीशनिश्चरे –९ सगरमाथा चोकमा पैनीको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार बिहान ९ बजे तेह्रथुम छथर गाउँपालिका –३ घर भई हाल पथरीशनिश्चरे –९ मा बस्दै आएका कुमार लिम्बुको १९ महिनाकी छोरी स्नेहा लिम्बू आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबी मृत्यु भएको हो ।  घटना स्थलमा  इलाका प्रहरी कार्यालय पथरीबाट खटिएकाे प्रहरी टोलीले मृतक लासलाई पोस्टमार्टमको लागि मङ्गलबारे अस्पताल पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 71 पटक पढिएको
  • इप्रका अनारमनीका डीएसपी कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    बिर्तामोड / इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत  प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले कुँवरलाई असार महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको हो ।पुरस्कृत भएका कुँवरले लागूऔषध, चोरी लगायतका बिभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको कारण उनले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ स

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 567 पटक पढिएको
  • पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने ४९ वर्षीय भुसाल

    रूपन्देही  / रूपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् ।ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका –२ सरौली संगमचोकका ४९ वर्षीय खेम प्रसाद भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 90 पटक पढिएको
  • लागूऔषध सहित चार जना पक्राउ

    बिर्तामोड /  प्रदेश नम्बर १ का विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । भोजपुरको हतुवागढी गाउँपालिका –८ का २५ वर्षीय सुमोर राई र ४३ वर्षीय भक्त बहादुर थापा, मोरङको पथरीशनिश्चरे नगरपालिका –४ का २१ वर्षीय अमृत लिम्बू र धनकुटाको पाख्रिबास नगरपालिका –४ का २२ वर्षीय बिसाल लिम्बू रहेका छन् । बुधबार दिउँसो प्रहरी चौकी हसनपुरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका राई र थापालाई चेक जाँच गर्दा उनीहरूको साथबाट लागूऔषध फेलापरेपछि पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ६ सय मिलिग्राम ब्राउनसुगर, ट्रामाडोल हाईड्रोक्लोराईड ३४ क्यप्सुल र स्पास्पेन ३४ ट

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 74 पटक पढिएको
  • काभ्रेमा नदीले बगाउँदा तीन जना बेपत्ता

    काभ्रे / काभ्रेमा नदीले बगाउँदा तीनजना बेपत्ता भएका छन्।नदीले बगाउँदा तेमाल गाउँपालिका –३ चौथलीका ११ वर्षीय समीर माझी, ८ वर्षीय कान्छो माझी र रोशी गाउँपालिका ३ का ४५ वर्षीय ज्ञानबहादुर लामा बेपत्ता भएका हुन्।समीर र कान्छो सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बुधबार बेपत्ता हुन् । उनीहरूलाई राति अबेर सम्म खोज्दा पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए।त्यस्तै रोशी ३ का लामालाई हिजो भैँसी चराउन गएको बेला रोशी खोलाले बगाएको थियो। उनलाई पनि फेला पार्न नसकेको डीएसपी खतिवडाले बताए। प्रहरी टोली तीनै जनाको खोजी कार्यमा बिहीबार बिहानैदेखि जुटेको उनको भनाइ छ।निर

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 69 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.