झापा / सिरहामा बाख्रा चराउन हिँडेकी महिला दुई दिनपछि मृत फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका- २ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ ।बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए । शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
काठमाडौँ / प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । २९ मंसिर २०७६ मा संसद्मा दर्ता भएको यो विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाखमा पारित गरेको थियो । पारित विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार रहने लगायत विषय समेटिएका छन् । विधेयकको दफा ४२ अनुसार कैद अवधिको दुई तिहाइ अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रशासकले खुला कारागारमा राख्न सिफारिस गर्न सक्नेछ । खुला कारागारमा रहेका कैदीलाई नेपाल सरकार, प्रदेश सरकार मातहत सञ्चालित विकास आयोजना वा कार
झापा / सशस्त्र प्रहरी बलका १४ जना कामु एसएसपी र दुईजना एसपीलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरूलाई प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) भएबोजिम जेष्ठता क्रम कायम हुनेगरि बढुवा सिफारिस गरिएको हो।एसएसपी प्रविण कँडेल एक नम्बरमा बढुवा सिफारिस भएका छन् । उनी २०५५ सालमा असईमा भर्ना भएका थिए । अर्को ब्याचबाट प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाका बहिनी ज्वाइँ कामु एसएसपी दिपेन्द्र कुँवरलाई ११ नम्बरबाट दुई नम्बरमा ल्याइएको छ । उनी आफ्नो ब्याचमा एक नम्बरमा बढुवा भएका छन
बिर्तामोड / हाल मनसुनको न्यून चापीय रेखा नियमित भन्दा केही दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केही भूभागमा सामान्य देखि पूर्ण बदली रही मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।दिउँसो देशको केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सत
बिर्तामोड / झापाको कमल गाउपालिका -६ गुवाबारी स्थित भित्री सडक खण्डमा सिटी रिक्सा र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउपालिका -६ का स्थानीय २४ वर्षीय रोशन कोइराला रहेका छन् । दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको मे १ ह २४२३ नं को सिटी रिक्सा र विपरित दिशाबाट जाँदै गरेको को ३८प १२८३ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ टाउकोमा चोट लागी घाइते भएका कोइरालालाई उपचारका लागी बिर्तामोड स्थित बि एण्ड सी अस्पताल ल्याइएकोमा उपचारका क्रममा आज दिउसो ३ बजे मृत्यु भएको हो ।दुर्घटनामा परि घाइते भएकाहरूको बिभिन्न अस्पतालहरूमा उपचार भइ
काठमाडौं / पछिल्लो २४ घण्टामा देशभरमा थप ४ सय ५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ८ सय ३८ जनाको नमूना परीक्षण गरिएकोमा ४ सय ५६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।२ हजार १ सय ६८ जनाको पीसीआर र १ हजार ६ सय ७० जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । शुक्रबार ८० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार ८ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
रेवतीराज घिमिरे भद्रपुर / झापाको भद्रपुरमा नेपाली कांग्रेसका नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस मनाइएको छ । नेपाली कांग्रेस भद्रपुर नगर समितिले भद्रपुर नगरपालिका –१० स्थित धनुषमोडमा रहेको कोइरालाको मालिकमा माल्यार्पण गरी ४१ औँ स्मृति दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले वीपीले प्रतिपादन गरेको समाजवादको सिद्धान्तकै कारण मुलुकले गणतन्त्र स्थापना गर्न सफल भएको बताएका छन् । उनले वर्तमान सरकारले सबै नेपालीलाई नागरिकता दिलाउने उद्देश्यले नागरिकता
झापा / पाँचथरमा नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सन्तोष राईका अनुसार पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका- ७ का १९ वर्षीय एमन सिवा रहेका छन् ।पीडित बालिकालाई सिवाले असार ३२ गते बलात्कार गरेको भनी पीडितका आफन्तले साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा सिवालाई पक्राउ गरि कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।
झापा / पाँचथरमा भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका- ६ मालबाँसे बस्ने २३ वर्षीय टेकेन्द्र साउदिन रहेका छन् । साउदिन लाई १ थान भरुवा बन्दुक सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनले श्रीमतीलाई कुटपिट र सासुलाई मार्छु भन्ने धम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जोरपोखरी पाँचथरबाट खटिएको प्रहरीले खोजी गर्दा दाजु भीम बहादुर साउदिनको घरमा उक्त बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं / सामाजिक सञ्जालमा तेश्रो लिङ्गीको तस्विर र महिलाको सम्पर्क विवरण समेत उल्लेख गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- ६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका- ५ स्थायी वतन भएका ईनड्राईभरका ट्याक्सी चालक २४ वर्षीय कर्म वाङ सिङ लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा कर्मले सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्ट मार्फत पीडितको तस्विर अपलोड गरी पीडितका साथीहरूसँग पैसा समेत माग्ने र सामाजमा झुठा अफवाह फैलाउनुका साथै सोही फेक एकाउन्ट प्रयोग गरी स्टडी म्याटिरियल नामक म्या
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.