समाचार

    Showing 21,511-21,520 of 25,992 items.
  • पौडी खेल्ने क्रममा डुबेर बुद्धशान्तिमा एक बालकको मृत्यु

    बुद्धशान्ति /  झापाको बुद्धशान्तिमा मंगलबार दिउसो पौडी खेल्ने क्रममा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति -४ हापेन चोक निवासी चन्द्र मावोका १२ वर्षीय छोरा इचिहाङ मावो रहेको इलाका प्रहरी कार्यालयका प्रमुख अशोक कोइरालाले जानकारी दिएका छन् ।  बुद्धशान्ति स्थित - ५ कप्ताने सिलटपमा पौडी खेल्ने क्रममा पानीमा डुबेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 594 पटक पढिएको
  • भारतबाट पाँच नेपाली बालबालिकाको उद्धार

    बिर्तामोड /  भारतमा अलपत्र परेका पाँच नेपाली बालबालिकाको उद्धार गरिएको छ । भारत पश्चिम बंगाल कलकत्तास्थित महावाणिज्यदूत ईश्वर राज पोख्रेलको पहलमा असम, दार्जिलिङ र सिलगुडीका आश्रमबाट ती बालबालिकालाई उद्धार गरिएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोका अनुसार उद्धार गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याएका ती बालबालिकालाई एक संक्षिप्‍त कार्यक्रमको आयोजना गरी परिवारजनलाई जिम्मा लगाइएको छ।उद्धार गरिएकाहरू भद्रपुरकी १५ वर्षीय प्रियङ्का कार्की, जनकपुरका ११ वर्षीय रोशन पञ्जिहार, मेचीनगरका १० वर्षीय सन्तोष रोक्का, चितवनका ८ वर्षीय क

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 83 पटक पढिएको
  • घरेलु मदिरा पिउँदा मदिरा गुजरातमा २६ जनाको मृत्यु

    एजेन्सी / मदिरा निषेधित भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको मृत्यु भएको छ , भने ४० जना भन्दा धेरै अस्पताल भर्ना भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । गुजराजको बोटाद जिल्लामा आइतबार रक्सी पिएकाहरु बिरामी परेका हुन् ।उनीहरूको उपचार भइरहेको छ । प्रहरीले रक्सी बनाउने र बेच्ने ५ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको बताएको छ ।भारतको गुजराज सहित बिहार, मिजोरम र नागल्याण्ड राज्यले मदिराको उत्पादन, बिक्री वितरण र उपयोगमा प्रतिबन्ध लगाएका छन् ।

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 81 पटक पढिएको
  • बालिका बलात्कार गरेको आरोपमा झापाका २ स्थानबाट दुई युवक पक्राउ

    बिर्तामोड / १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दीबारी गाउँपालिका- २ बस्ने ३० वर्षीय इन्द्रजित मण्डल रहेका छन् । मण्डलले ती बालिकालाई ललाइ फकाई पटकपटक बलात्कार गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई सोमबार राति पक्राउ गरेको हो । यस्तै १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका- १५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती किशोरीलाई पटक पटक बलात्कार गरेको भन्

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 142 पटक पढिएको
  • निर्मला हत्या काण्ड : हत्या भएको चार वर्षमा पनि अझै पत्ता लागेन दोषी

    बिर्तामोड / कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज (मंगलबार) चार वर्ष पुगेको छ । २०७५ साल साउन १० गते साथीको घरबाट बेपत्ता भएकी निर्मलाको शव भोलिपल्ट (साउँन ११ गते) घरनजिकैको उखुबारीमा भेटिएको थियो । उक्त घटनाको चार वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । घटना भएदेखि हालसम्म थुप्रै अनुसन्धान टोली गठन भए, थुप्रै नेता, समाजसेवी, महिला अधिकारकर्मीहरूले निर्मलालाई न्याय दिलाउने आश्वासन परिवारलाई दिए । तर अहिले सम्म निर्मला र निर्मलाको परिवारले न्याय पाउन भने सकेका छैनन् । निर्मलाको न्यायका लागि देशभरी प्रदर्शन गरियो, धेरै जना आन्दोलनका क्रममा घाईत

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 122 पटक पढिएको
  • १९ वर्षीया किशोरी बलात्कृत : कराँते प्रशिक्षक सहित २ जना पक्राउ

    बिर्तामोड /  १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक सहित २ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा कराँते प्रशिक्षक विराटनगर महानगरपालिका- ३ निवासी ५० वर्षीय विनोद राउत र उनका साथी सुरज सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) शान्तिराज कोइरालाले जानकारी दिए । किशोरीको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेका कराँते प्रशिक्षकलाई जिल्ला अदालत मोरङको आदेशमा थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।राउत र सुवेदीले नर्सिङ पढ्दै गरेकी एक छात्रालाई होटेलमा लगेर पटकपटक बलात्कार गरेको जाहेरी आएको मोरङ प्रहरीले जनाएको छ । एसपी कोइरालाले भने,

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 649 पटक पढिएको
  • मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ / नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा आइपुगेको छ भने तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा झरेको छ । मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 111 पटक पढिएको
  • मुखबाट रगत आएको अवस्थामा एक दम्पती मृत फेला

    झापा / बाँकेको कोहलपुर नगरपालिका- १४ स्थित पार्वतीपुरमा मंगलबार एक दम्पती आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी)  मधुसूदन न्यौपानेले जानकारी दिए ।उनका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । उनीहरूको बिहे भएको एक वर्ष भएको थियो ।घटना शङ्कास्पद भएको उल्लेख गर्दै डीएसपी न्यौपानेले शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताए । ‘घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 68 पटक पढिएको
  • चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त

    काठमाडौं / नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ । बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छनोट गरेको थियो । नेकपा एमालेमा रहेका केसी केही समयअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए । 

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 55 पटक पढिएको
  • करेन्ट लागेर पाँचथरमा एक जनाको मृत्यु

    झापा / पाँचथर तुम्बेवा गाउपालिका -२ मेवागाँउ स्थित अन्न पिस्ने मिलबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिल सञ्चालक सोही स्थान बस्ने ३८ वर्षीय जीवन मगर रहेका छन् । हिजो दिउसो २ बजे चलिरहेको मिलमा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा गम्भिर घाईते भएका जीवनको हिजो बेलुका पौने ९ बजे घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको छ । भने उनलाई करेन्ट लागेको देखेर उद्धार गर्ने क्रममा सोही स्थानका ३५ वर्षीय पूर्ण बहादुर मगर समेत सामान्य घाईते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 153 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.