समाचार

    Showing 21,351-21,360 of 25,992 items.
  • पछिल्लो २४ घण्टामा १ हजार ९० जनामा कोरोना पुष्टि , २ जनाको मृत्यु

    काठमाडौँ / पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय जनाको नमुना परीक्षण गर्दा एक हजार ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा निकै लामो समयपछि एकै दिन एक हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै थप चार सय ३८ जना सङ्क्रमित निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय ६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा दुई जना सङ्क्रमितको ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोनाका कारण ११ हजार नौ सय ७४ जनाको ज्यान गएको छ । थप एक लाख ७१ हजार आठ सय

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 164 पटक पढिएको
  • हुन्डी कारोबारमा संलग्न तीन जना ७४ लाख सहित पक्राउ

    काठमाडौँ / हुन्डी कारोबारमा संलग्न तीन जना राजधानीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका रामहरि दुलाल र रौतहटका सुदीप आचार्य रहेका छन् । पक्राउ पर्नेमा एक भारतीय नागरिक र दुई नेपाली हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले सोमबार साँझ राजधानीको ठहिँटीबाट तीन जना हुन्डी कारोबारीसहित नगद ७४ लाख बरामद भएको बताए ।  पक्राउ परेकाको साथबाट २६ लाख ९६ हजार रुपैयाँ बराबरको चेक समेत बरामद भएको कोइरालाले जानकारी दिए । पछिल्लो समय राजधानीमा हुन्डी कारोबारी सक्रिय हुन थालेका छन् । प्रहरीले उनीहरूमाथि निग

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 182 पटक पढिएको
  • युवतीमाथि बलात्कारको प्रयास गरेको आरोपमा ड्राइभिङ सेन्टरका सञ्चालक पक्राउ

    झापा / दाङमा युवतीमाथि बलात्कारको प्रयास गरेको आरोपमा ड्राइभिङ सेन्टरका एक सञ्चालक पक्राउ परेका छन् । पीडित भनिएकी युवती सोही ड्राइभिङ सेन्टरकी कर्मचारी हुन् ।रोल्पाको त्रिवेणी गाउँपालिका घर भई दाङको तुलसीपुर उपमहानगरपालिका -६ मा एउटा ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका ३४ वर्षीय ती व्यक्तिले युवतीलाई आफ्नै सेन्टरमा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ । उनलाई सोमबार इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले पक्राउ गरेको जनाइएको छ ।तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 146 पटक पढिएको
  • सेयर बजार कारोबार : नेप्से ४५ अङ्कले घट्यो

    काठमाडौँ / साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ठूलो अङ्कले घटेको छ ।आज सेयर बजार परिसूचक नेप्से ४५.४२ अङ्कले घटेर २०६०.७३ बिन्दुमा आइपुगेको छ । ‘क’ वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत यस दिन ९.६८ अङ्कले घटेर ३९६.४२ बिन्दुमा पुगेको छ ।आज २ अर्ब ८१ करोड ५१ लख ४४ हजार ५ सय ९८ रुपैयाँमा ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १७१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज १३ वटै समूहगत सूचक समेत घटेको छ ।

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 106 पटक पढिएको
  • मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक किशोरको मृत्यु

    झापा / ललितपुरको महालक्ष्मी नगरपालिका -९ लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका -१३ झरुवारासी बस्ने १८ वर्षीय उत्सव नगरकोटी रहेका छन् ।प्रदेश ०३–०२–०१२ प ८३६८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार दुर्घटना हुँदा घाईते भएका उनको कृष्ट अस्पताल हुँदै बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 151 पटक पढिएको
  • निर्वाचन कार्यतालिका स्वीकृत : समानुपातिक बन्दसूची असोज २ र ३ मा

    झापा  / निर्वाचन आयोगले मंसिर ४ मा हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो।जसअनुसार असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति गरिनेछ भने असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ । आयोगको कार्यतालिका अनुसार दसैँको पूर्णिमाको दिन उम्मेदवारी दर्ता हुने भएको छ ।प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृत

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 211 पटक पढिएको
  • कन्टेनरभित्र पुरुषको शव फेला

    बिर्तामोड / मोरङको सुन्दरहरैंचा नगरपालिका- ८ मा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैंचा नगरपालिका -८ सलकपुरमा कन्टेनरभित्र अन्दाजी ४५ / ५० वर्षीय पुरुषको शव फेला परेको हो ।चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएको प्रहरीले बताएको छ । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । चालकसँगैको अर्को सिटमा शव रहेको र कन्टेनरको ढोका भित्रबाट लक गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 133 पटक पढिएको
  • १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा शेर्पा पक्राउ

    झापा / सङ्खुवासभामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर नगरपालिका -९ पिलुखोला बस्ने २१ वर्षीय दीपक शेर्पा रहेका छन् । मादी नगरपालिका- ६ पुलुङस्थित सामुदायिक जङ्गलमा दिपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 133 पटक पढिएको
  • प्रतिबन्धित लागूऔषध सहित २ जना पक्राउ

    बिर्तामोड / मोरङको रतुवामाई नगरपालिका- ४ पैयामारी स्थितबाट प्रतिबन्धित लागूऔषध सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका- ७ बस्ने १९ वर्षीय राहुल कुमार शर्मा र मोरङ उर्लाबारी नगरपालिका- ७ बस्ने  २२ वर्षीय युगल लिम्बू रहेका छन् । सोमबार बेलुका ८ बजे प्रहरी चौकी झुर्कीयाबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा दक्षिणबाट उत्तर तर्फ साइकलमा सवार रहेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा  निषेधित लागूऔषध नाईट्राभेट १६५ ट्याब्लेट र ट्रामाडोल २४५ पत्ता बरामद गरेको हो । साइकल सहित प्रहरी नियन्त्रणमा रहेका उनीहरूमाथि इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अ

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 156 पटक पढिएको
  • बसको ठक्करबाट एक बालकको मृत्यु

    झापा / तनहुँको देवघाट गाउँपालिका- ५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय रमेश तामाङ रहेका छन् । गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । ग १ क ३०३४ नं को बस चालकलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 139 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.