समाचार

    Showing 21,011-21,020 of 25,992 items.
  • बारा बस दुर्घटना अपडेट : मृतकको संख्या १६ पुग्यो

    बारा /  बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । यसअघि विभिन्न अस्पताल स्रोतले १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं एसपी बामदेव क्षेत्रीका अनुसार चितवन पठाइएका एक घाइते र चुरेहिल अस्पतालमा उपचारका क्रममा थप एक घाइतेको मृत्यु भएको हो ।प्रहरीका अनुसार नारायणघाटबाट वीरगन्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बसमा करिब ५० जना सवार थिए ।चुरेहिल अस्पतालमा ९ जना लगिएकोमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस

    • प्रकाशित मितिः असोज २०, २०७९
    • 65 पटक पढिएको
  • यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु

     बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ।      नारायणगढबाट  वीरगञ्ज जाँदै गरेको बागमती प्रदेश ०६-००१ ख ०११० नम्बरको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार ९ पुरुष र ५ महिला गरी १४ जनाको घटनास्थलमै ज्यान गएको छ ।बसमा अन्दाजी ३८-४० जना सवार रहेको र बाँकी सबै घाइते भएका छन् । उनीहरुलाई हेटौंडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २०, २०७९
    • 296 पटक पढिएको
  • काठमाडौँ आउनुपर्ने बुद्ध एअरको विमान जनकपुरमा अवतरण

    काठमाडौं  / भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरको विमान जनकपुरमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौँ आउन नसकेपछि जनकपुरमा अवतरण गरेको हो ।बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो ।बुद्ध एअरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो । 

    • प्रकाशित मितिः असोज २०, २०७९
    • 125 पटक पढिएको
  • जनकपुरमा भीषण आगलागी,आगलागीमा परि तिनजना घाइते एकको अवस्था गम्भिर

    झापा / जनकपुरधाममा भीषण आगलागी भएको छ । जनकपुर कदम चोकमा रहेको हेलमट पसलबाट सोमबार राति सुरु भएको आगोले सँगै रहेका तीनघरमा समेत क्षति पुगेको हो । आगलागीमा परेर ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ । उक्त गोदाममा काम गर्ने धनुषा लक्ष्मीनियाँ गाउँपालिका वडा २ सिनुरजोडाका अन्दाजी वर्ष २२ वर्षका सुभाष यादव गम्भीर घाइते भएका छन् भने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन । यादव उपचार सम्भव नभएपछि काठमाडौँ रेफर गरिएको जनकपुर प्रादेशिक अस्पतालले जनाएको छ । 

    • प्रकाशित मितिः असोज १८, २०७९
    • 117 पटक पढिएको
  • आज र भोलि प्रदेश १ सहित केही स्थानमा वर्षाको सम्भावना

    काठमाडौं / जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हो । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा लेखिए अनुसार असोज १८ गते नवमीको दिन दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ । राति भने लुम्बिनी, बागमती, गण्डकी, मधेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षा

    • प्रकाशित मितिः असोज १८, २०७९
    • 71 पटक पढिएको
  • काठमाडौंबाट झापा आउँदै गरेको बस हेटौडामा दुर्घटना हुँदा दुईको मृत्यु, ३७ जना घाइते

    बिर्तामोड / काठमाडौंबाट झापा आउँदै गरेको बस हेटौडामा दुर्घटना हुँदा  दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने  ६० वर्षीय दिल्ली बहादुर दर्जी र बेलबारी ८ की ५१ बर्षिया कल्पना राजवंशी रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ चुरियामाई मन्दिर नजिक आइतबार राति रात्रि बस दुर्घटना भएको हो । काठमाडौंबाट दमक आउदैँ गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस आफै अनियन्त्रित भई नालीमा खस्दा बसमा सवार यात्रुहरू घाइते भएका छन्।  उनीहरू  मध्य केहीको हेटौडामा ,चितवन र काठमाडौंमा उपचार भइरहेको उनले बताए ।  घाइते अधिकां

    • प्रकाशित मितिः असोज १७, २०७९
    • 93 पटक पढिएको
  • पूर्वराजाले सर्वसाधारणलाई दशैँको टीका नलगाइदिने

    काठमाडौं  / पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको दशैँमा पनि सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । डेंगु रोगको महामारी फैलिरहेका बेला शाहले सर्वसाधारणलाई टिका नदिनु हुने निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर शाहले यसपालि शक्तिपीठ दर्शन नगर्ने र निवासबाट भक्तिभाव राख्ने तथा सार्वजनिक टिका कार्यक्रम नगर्ने भएको छ ।’ (राजधानी दैनिकबाट ) 

    • प्रकाशित मितिः असोज १७, २०७९
    • 60 पटक पढिएको
  • ब्राउन सुगरसहित बिर्तामोडबाट एक पक्राउ

    बिर्तामोड  / प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जनालाई बिर्ता बजारबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- १ घर भई बिर्तामोड -३ पशुपति टोलमा डेरा गरी बस्ने २१ वर्षीय राहुल राजवंशी रहेका छन् ।शनिवार दिउँसो ३ बजे प्रहरी चौकी बिर्ता बजारबाट प्रहरी सहायक निरीक्षक प्रवीण खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले राजवंशीलाई शङ्का लागेर उनको कोठामा चेकजाँच गर्दा १० ग्राम ब्राउन सुगर फेला परेको थियो ।लागू औषधसहित नियन्त्रणमा लिई उनलाई इलाका प्रहरी कार्यालय अनारमनि झापामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १६, २०७९
    • 78 पटक पढिएको
  • आमा र काकाको हत्या गरेको आरोपमा झापाबाट एक पक्राउ

    बिर्तामोड / झापाको कमल गाउपालिकामा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय चन्द्रबहादुर माझी रहेको झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । चन्द्रबहादुर माझी कमल गाउँपालिका- २ स्थित सिमलडाँगी निवासी ५० बर्षीया चन्द्रकला माझी र ५० वर्षीय सन्तबहादुर माझीको हत्या हत्या गरेका हुन् । चन्द्रले आमा चन्द्रकला र काका सन्तबहादुरलाई शनिवार राती १० बजे सुतिरहेको ठाउँमै खुकुरी प्रहार गरी हत्या गरेका हुन । घटना भए लगतै इलाका प्रहरी कार्यालय दमकको टोलीले चन्द्रबहादुरलाई घटनास्थलबाटै पक्राउ गरेको एसपी पोखरेलले बताए । पारिवारिक कलह

    • प्रकाशित मितिः असोज १६, २०७९
    • 101 पटक पढिएको
  • छोराको हत्या गरि फरार रहेका बाबु पक्राउ

    काठमाडौँ / छोराको हत्या गरि फरार रहेका आरोपी बाबु आज पक्राउ परेका छन् । बर्दियाको बारबर्दिया नगरपालिका–११, विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाबाट खटिएको टोलीले गुलरिया नगरपालिका -११ इन्द्रपुरस्थित गाउँबाट उनलाई पक्राउ  गरेको हो ।लौरंगलालले २० वर्षका छोरा विवेक चौधरीलाई फुटेको बियरको बोतल प्रहार गरेर सख्त घाइते बनाएका थिए ।  गम्भीर घाइते भएका विवेकको उपचारार्थ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो  । लौरंगलाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बर्दिया प्रहरीले

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 71 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.