बिर्तामोड / धरानको एक खोलामा पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको छ । धरान-८ को दुर्गापथ स्थित गैरीगाउँको खहरे खोलामा सोही ठाउँको गैरीगाउँका अन्दाजी २६ वर्षीय रूपेश खातुनको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले बताए । खहरेमा जमेको पानीमा घोप्टो अवस्थामा उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सानिमासँग बस्दै आएका खातुनको टाउकोमा चोट लागेको र पानीमा घोप्टो परेर डुबिरहेको अवस्थामा शव फेला परेको थियो ।मृतकको कोठामा खानतलासी गर्दा विभिन्न प्रकारका लागूऔषध र लागूऔषध प्रयोग गरी सेकपछिको लागूऔषधका खोल र सुई फेला परेको प्रहरीले जनाएको छ ।
झापा / स्रोत नखुलेको १३ लाख नगद सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्यूठान नगरपालिका- ८ मानागाँउ बस्ने ३४ वर्षीय सुशील बहादुर पुन मगर रहेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका -२ गणेशपुर चोकस्थित सडकबाट मगरलाई उक्त रकमसहित प्रहरीले पक्राउ गरेको हो । कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ ख २३९७ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको अगाडिको बोनटको भागमा राखिएको उक्त नगद सहित फेला पारी बस चालक सुशीललाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको छ ।
बिर्तामोड / ६७ औ प्रहरी दिवस २०७९ को अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्य र बि.एण्ड.सि अस्पताल बिर्तामोडको सहयोगमा अर्जुनधारा नगरपालिका-११ मा रहेको होलिका बोडिङ स्कुलको प्राङ्गणमा शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।नेपाल रेडक्रस सोसाइटी बिर्तामोड, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र र बिभिन्न सङ्घसंस्थाहरूको सहभागितामा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा २८ जना पुरुष र ८८ जना महिलालाई निशुल्क उपचार दिइएको हो । स्वास्थ्य श
झापा / शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा आज बिहान उपचारको क्रममा जोशीको १०३ वर्षको उमेरमा निधन भएको थियो ।जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शव नजलाईने भएको हो । जोशीले आफ्नो मृत्यु अघि नै शरीर दान गरेका थिए । जोशीको शवलाई श्रद्धाञ्जलीको लागि ११ बजेर ३० मिनेटदेखि १२ बजेर ३० मिनेटसम्म अस्पतालमा राखिनेछ र त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्राङ्गणमा साढे १२ बजेदेखि ४ बजेसम्म राखिनेछ । र पुनः किष्ट अस्पतलालाई नै शव हस्तान्तरण गरिनेछ ।उनको अन्तिम श्रद्धाञ्जलीका
विराटनगर / ६७ औ प्रहरी दिवस २०७९ को अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले वृक्षारोपण कार्यक्रम गरेको छ । आइतबार बिहान १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यमामा प्रदेश प्रहरी कार्यालय विराटनगरको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । वृक्षारोपण कार्यक्रममा प्रहरी उपरीक्षक नविनराज राई र अनिल राना तथा प्रहरी नायब उपरीक्षकहरु, प्रहरी निरीक्षकहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।प्रधानमन्त्री देउवाले जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने उल्लेख गरेका छन् । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुब
बिर्तामोड / झापामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसतासी -९ निवासी दिप्सन राई रहेको प्रहरीले जनाएको छ । पूर्व-पश्चिम अन्तर्गत झापाको शिवसतासीको किरात चोकमा शनिवार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको इको भ्यानले मे ६ प १३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका राईको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको साथै दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ / वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आज बिहान निधन भएको छ । किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । जोशीको निधनबारे उनका आत्मकथा लेखक तथा पत्रकार गिरीश गिरिले ट्विट गर्दै थप पुष्टि गरेका छन् । सत्यमोहन सर रहनुभएन । अहिले बिहान ७ बजेर ९ मिनेटमा हामीबाट बिदा हुनुभयो ।२४ दिन अघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसीयुमै राखेर उपचार भइरहेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए । पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै
झापा / सिराहाका १७ वर्षीय अंशु सदाको अपहरण पछि हत्या गरिएको छ । गत असोज २३ गते अपहरणमा परेका सिराहाको गोलबजार –३ का सदाको विराटनगरमा ल्याएर हत्या गरिएको हो । सदाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा कमलामाई नगरपालिका –६ का राकेश ठाकुर, प्रशान्त मण्डल र मोरङ रतुवामाई –५ कादुपाडाका मनोज कार्की रहेका छन् । प्रहरीका अनुसार फिरौती माग गर्दै ठाकुर र मण्डलले सदालाई २३ असोजमा अपहरण गरेका थिए । उनीहरुले सदाको अपहरण गरेर उनका परिवारसँग एक लाख रुपैयाँ फिरौती समेत माग गरेको प्रहरीले जनाएको छ । अपहरण गरेलगत्तै उनीहरूले गत २४ असोजमा सदालाई विराटनगर ल्याएक
बिर्तामोड / विराटनगरको एक फर्निचर उद्योगमा गए राति आगलागी हुँदा ४५ लाख बराबरको क्षति भएको छ । मोरङको विराटनगर महानगरपालिका -९ एकेडेमी मार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हो । बारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । उद्योगका सञ्चालक श्याम साहले आगलागीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.