समाचार

    Showing 20,761-20,770 of 25,992 items.
  • सेवाग्राहीबाट ३० हजार घुस लिएका नासु अख्तियारको फन्दामा

    काठमाडौं /  वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे ३० हजार घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राही घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीबाट ३० हजार घुस मागेका थिए । घुससहित पक्राउ परेका पाण्डेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 71 पटक पढिएको
  • मतदान गर्न जाँदा क्यामरा, मोबाइल, सलाई, लाइटर लगायतका बस्तु लैजान निषेधित

    काठमाडौँ / मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका मतदान गर्न जाँदा जाँदा मोबाइल, सलाई, लाइटर, क्यामेरा लगायत लैजान निर्वाचन आयोगले  निषेधित गरेको छ । आयोगले निर्वाचन अधिकृतलाई मोबाइल लगायत सामग्री लिएर आउन मतदाताले नपाउनेबारे सूचित गर्न भनेको छ ।‘मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्ने,’ आयोगले भनेको छ ।मतदाता व

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 90 पटक पढिएको
  • झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान् श्रीमतीको मृत्यु

    बिर्तामोड / झापामा सवारी दुर्घटनामा  परि श्रीमान् श्रीमतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको दुर्गापुरमा हिजो दिउँसो भएको सवारी दुर्घटनामा  परि दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्जुनधारा -६ का ५२ वर्षीय नरेन्द्र मैनाली र ५० वर्षीया सीतादेवी मैनाली रहेका छन् । कनकाई नगरपालिका -७ स्थित दुर्गापुरमा  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा  परि घाइते भएका उनीहरूलाई बिर्तामोडस्थित बीएण्डसी

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 87 पटक पढिएको
  • पोखरा-जोमसोम हवाई रुटमा मौसमबारे जानकारी दिन क्यामरा राखिने

    झापा / नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम हवाई रुटमा उडान सुरक्षाका लागि तीन ठाउँमा मौसमबारे जानकारी दिने क्यामरा राख्ने भएको छ । प्राधिकरणले कालीगण्डकी कोरिडोर अन्तर्गत माहुरेडाँडा, कुटुका र लेतेमा मौसमबारे जानकारी दिने क्यामरा जडान गर्न लागेको हो । क्यामरा जडानका लागि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । माहुरीडाँडा, कटुका र लेतेमा जडान गरिने मौसमी जानकारी दिने क्यामराको परीक्षण सफल भएमा अन्य विमानस्थलमा समेत सेवा विस्तार गरिने उनले बताए । उनले भने, “पोखरा–जोमसोम हवाईमार्गको समुद्री सतहबाट दुई हजार तीन सय मिटरदेख

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 55 पटक पढिएको
  • विश्वको जनसंख्या कति छ ?

    झापा / विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो । सन् २०२३ भित्र चीनमा भन्दा भारतमा सबैभन्दा धेरै जनसंख्या हुने प्रक्षेपण गरिएको छ । ११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको राष्ट्रसङ्घले जनाएको छ ।राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले मातृ तथा बाल मृत्युदरमा कमी तथा औसत आयुमा वृद्धि भएको बताएका छन् । विश्वको जनसंख्या ९ अर्ब पुग्न १५ वर्ष लाग्ने प्रक्षेपण गरेको छ । साथै विश्वको जनसंख्या ९ अर्ब पुग्न अब १५ वर्ष लाग्ने प्रक्षेपण भएको छ ।चीनको जनसंख्या १ अर्ब ४५ करोड २४ लाख ४७ हजार ७५१ छ भने भार

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 59 पटक पढिएको
  • चुनाव भाड्न खोज्ने विप्लवसहित केही दलका १ सय १५ जना कार्यकर्ता पक्राउ

    काठमाडौं / सरकारले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव बहिष्कार गरेका समूहमाथि उच्च निगरानी थालेको छ ।प्रहरीले देशका विभिन्न ठाउँबाट चुनाव बिथोल्ने गतिविधि गर्ने तयारीमा रहेका १ सय १५ जनालाई पक्राउ गरेको छ । तीमध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।नेत्रविक्रम चन्द विप्लवसहित केही दल तथा समूह चुनाव बहिष्कार गर्ने घोषणा गरी विरोधी गतिविधिमा संलग्न छन् । २० भन्दा धेरै समूह सक्रिय रहेकाले सुरक्षा चुनौती बढेको गृह मन्त्रालयको निष्कर्ष छ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 60 पटक पढिएको
  • फिफा विश्वकप २०२२ : मेक्सिकोको विश्वकप टोली घोषणा

    एजेन्सी / फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह सी मा रहेको मेक्सिकोले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । अनुभवी गोलरक्षक गोलेर्मे ओचोआलाई समेट्दै मेक्सिकोले टोली घोषणा गरेको हो । यसपटक जाभिएर हर्नान्डेज टोलीमा नहुँदा वल्भ्सका राउल जिमिनेज भने टोलीमा परेका छन् । नेपोलीबाट सानदार प्रदर्शन गरिरहेका हर्भीङ लोजानो पनि टोलीमा छन् । मेक्सिको विश्वकपको समूह सी मा रहेको छ । यस समूहमा विश्वकपको उपाधि दाबेदार अर्जेन्टिना, साउदी अरब र पोल्यान्ड रहेका छन् ।मेक्सिकोको अन्तिम टोली : रोडोल्फो कोटा, अल्फ्रेडो टालाभेराडिफेन्डर : नेस्ट्रो अराउजो, जेसस गालार्डो, जेरार्डो अर्टेगा, हेक्टर मोरेनो, जोर्गे सान्चेज

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 71 पटक पढिएको
  • मतदान केन्द्रमा ६२ प्रकारका निर्वाचन सामग्री पठाउँदै

    खोटाङ / जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदानस्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । जिल्ला निर्वाचन अधिकारी राजेश गौतमका अनुसार मङ्गलबारदेखि निर्वाचन सामग्री पठाउन सुरु गरिएको हो ।दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा १३६ मतदानस्थल, १९४ स्थायी र दुईवटा अस्थायी मतदान केन्द्र रहेका छन् । गौतमका अनुसार आसन्न ४ मङ्सिरमा हुने निर्वाचनका लागि मतदाता नामावली, मतपेटिका, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री पठाउन सुरु गरिएको हो । निर्वाचन कार्यालयमा निर्वाचन सामग्री बुझ्ने र रुजु गर्ने मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी,

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 69 पटक पढिएको
  • दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ

    ललितपुर / ललितपुरमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई किशोर पक्राउ पक्राउ गरेको छ । पक्राउ पर्नैमा गोदावरी नगरपालिका -३ नहर बस्ने १९ वर्षीय पर्वत विश्‍वकर्मा र १९ वर्षीय मदन विश्वकर्मा रहेका छन् । १० वर्षीया र ११ वर्षीया बालिकालाई उनीहरूले शुक्रबार दिउँसो आफ्नै कोठामा लगी बलात्कार गरेको भन्ने उजुरी प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 49 पटक पढिएको
  • विराटनगर महानगरपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई एक लाख पुरस्कार दिइने

    बिर्तामोड / मोरङको विराटनगर महानगरपालिकाले आफ्नै लोगो (प्रतीक चिह्न) प्रयोगमा ल्याउने भएको छ ।महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ । इच्छुक व्यक्तिले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् । छनोटमा परेको उत्कृष्ट लोगोलाई रु एक लाख नगदले पुरस्कृत गरिनेछ । छनोट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ । लोगोमा समेटिनुपर्ने विषय र शर्तसहित महानगरले सार्वजनिक सूचनासमेत प्रकाशित गरिसकेको छ । मङ्सिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिक

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 58 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.