समाचार

    Showing 20,651-20,660 of 25,992 items.
  • ६० किलोग्राम गाँजा सहित १ जना पक्राउ

    झापा / उदयपुरको कटारी नगरपालिका- ६ साँगुरी स्थितबाट अवैध लागू औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउपालिका- २ का २७ वर्षीय सरोज राई रहेका छन् । आज बिहान ५ बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी गस्ती टोलीले शंकित अवस्थामा रहेको राईले बोकेको बोरा चेकजाँचको क्रममा ६० किलोग्राम गाँजा बरामद गरेको हो । अवैध लागूऔषध गाँजा बरामद भए सँगै पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 89 पटक पढिएको
  • झापामा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

    बिर्तामोड / झापाको मेचीनर नगरपालिका- १३ चारआली स्थितमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे प्रदेश १- ०१- ००१ ख ३८४८ नम्बरको ट्रकले पैदल यात्री ७० वर्षीय जगतमान सावालाई ठक्कर दिदा घाईते भएका साँवाको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न रहेको ट्रक र चालक पाँचथर हिलिहाङका ३६ वर्षीय नरेन्द्र कुमार अधिकारीलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 93 पटक पढिएको
  • अनधिकृत संरचना ३५ दिनभित्र हटाउन प्राधिकरणको आग्रह

    काठमाडौं  / उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ ।प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनः निर्माण, विकास र विस्तार मार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो । उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौं उपत्यका विकास प्राधिकरण स्थापना भएको सूचनामा उल्लेख छ ।प्राधिकरणले अतिक्रमण गरी निर्माण गरिएका संरचना न

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 66 पटक पढिएको
  • थारू समुदायलाई ६.६ प्रतिशत आरक्षण छुट्याउन दिएको आदेश सर्वोच्चद्वारा रद्द

    काठमाडौँ / सर्वोच्च अदालतले सरकारी सेवामा पदपूर्ति गर्दा ६.६ प्रतिशत थारू समुदायका लागि छुट्याउन दिएको अन्तरिम आदेश खारेज गरेको छ।मंगलबार न्यायाधीशहरू प्रकाशमानसिंह राउत र कुमार चुडालको संयुक्त इजलासले उक्त अन्तरिम आदेश रद्द गरेको हो । सार्वजनिक सेवा प्रवाहमा नै गम्भीर असर पर्न सक्ने भन्दै यसअघिको अन्तरिम आदेश रद्द गरेको सर्वोच्चको आदेशमा उल्लेख छ।‘अन्तरिम आदेश कायम राख्दा मुलुकको सार्वजनिक सेवा प्रवाहमा गम्भीर असर पर्नसक्ने संवेदनशील अवस्था र परिस्थितिलाई विचार गर्दा यस अदालतबाट मिति २०७९–७–२० मा जारी भएको अन्तरिम आदेश कायम रहनू वाञ्छनीय नहुँदा उक्त मिति २०७९–७–२० को अन्तरिम आदेश रद्द गरिएको

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 71 पटक पढिएको
  • कपनमा बालेनको फोटो टाँसेर सुकुम्बासीकाे प्रदर्शन

    काठमाडौं / काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा बसोवास गर्दै आएका सुकुम्बासीले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। सोमबार काठमाडौँ महानगरपालिकाले बस्ती हटाउन खोजेपछि आज उनीहरूले लाश राख्न प्रयोग गरिने कफनमा महानगरका मेयर बालेन शाहको तस्वीर टाँसेर जुत्ताको माला लगाएर प्रदर्शन गरेका हुन् । आफूहरूको उचित व्यवस्थापन विना हटाउन लागिएका कारण प्रदर्शन गरेको उनीहरूको भनाइ छ । सुकुमबासीले तत्कालै भूमिहीन समस्या समाधान गर्न समेत माग गरेका छन् ।एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेको थियो। महानगरले बस्ती खाली गराउन भन्दै सूचना

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 77 पटक पढिएको
  • सर्वोच्चको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गर्ने बिनु र ज्यास्मिन पक्राउ

    काठमाडौँ  / सर्वोच्च अदालतको गेटमा रातो रंग छ्‌यापेर प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझा रहेका छन् । ‘न्याय चाहियो’ भन्दै रंग फालेर प्रदर्शन गर्ने यादव र ओझालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।  श्रीमानबाट हिंसामा परेको भन्दै न्याय माग्न सर्वोच्च आएको बिनुको भनाइ छ । मंगलबार सर्वोच्चमा बिनुसँगै पुगेकी ज्यास्मिन महिला अधिकारबादी हुन् । बिनुले यसअघि रामेछाप जिल्ला अदालतको इजलासमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । पतिविरुद्ध

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 56 पटक पढिएको
  • थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरको डोजर लगिएपछि....

    काठमाडौं / काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा झडप भएको छ । बस्ती हटाउन महानगरको डोजर पुगेपछि स्थानीय र प्रहरीबिच ढुंगा हानाहान भएको हो ।स्थानीयले टायर बालेर विरोध प्रदर्शनसमेत गरेका छन्। उक्त झडपले गर्दा महानगरका डोजर अघि बढ्न सकेको छैन । एकीकृत बागमती सभ्यता विकास समितिले मंसिर ४ गतेसम्म नदी किनारामा अनधिकृत निर्माण भएका घरटहरा तथा निर्माण सामग्री हटाउन यस अघि नै सूचना जारी गरेको थियो।

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 158 पटक पढिएको
  • तीन वर्षको प्रेमलाई सफलता दिन सलोनले गरे करिश्मासँग विवाह

    काठमाडौं  / अभिनेता सलोन बस्नेत प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । सोमबार चन्द्रागिरि रिसोर्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरूले विवाह गरेका हुन् । १२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो । त्यस अवसरमा महिलाहरूको समूहले नौमती बाजा बजाएको थियो । ‘सबैले भुल्दै गएको नेपाली वैवाहिक संस्कृतिलाई जगेर्ना गर्न नौमती बाजा र डोली प्रयोग गरेका हौं,’ सलोनका बुबा शोभित बस्नेतले भने ।

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 87 पटक पढिएको
  • चीनमा तीब्र रुपले बढ्दै कोरोना , एकै दिन ४० हजार भन्दा बढि मानिसमा संक्रमण

    एजेन्सी / पछिल्लो २४ घन्टामा चीनमा ४० हजार भन्दा बढि मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारको कोभिड सम्बन्धी कडा नीतिका बाबजुद सङ्क्रमितको संख्या ह्वात्तै बढेको हो । उनीहरूमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षण विहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको हो । चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या तीब्र ढंगले बढिरहेको छ ।  कोभिड निषेधाज्ञा सुरु भएपछि राजधानी बेइजिङ र वित्तीय हब सांघाइमा जम्मा भएका सयौँ प्रदर्शनकारीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेका छन् । 

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 79 पटक पढिएको
  • कतार विश्वकप : आज हुने चार खेलमा जितको खोजीमा छन् यी टिम

    एजेस्सी / कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा सोमबार समूह चरण अन्तर्गत समूह जी र समूह एच का दुई दुई खेलहरू हुनेछन् । पहिलो खेलमा समूह जी मा रहेको क्यामरुन र सर्बिया बीच प्रतिस्पर्धा हुँदैछ । क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा अल जानौबी स्टेडियममा उत्रँदै छन् । दोस्रो खेलमा समूह एच को दक्षिण कोरिया र घाना बीच प्रतिस्पर्धा हुँदैछ । घाना र दक्षिण कोरिया पहिलो जित निकाल्न एजुकेसन सिटी स्टेडियममा खेल्दै छन् । यसैगरी विश्वकप अन्तर्गत नै सोमबार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा ब्राजिलले सर्बिया

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 106 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.