समाचार

    Showing 20,611-20,620 of 25,992 items.
  • आजदेखि हट्यो निर्वाचन आचारसंहिता

    झापा / निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता हटाइएको छ ।गत असोज १२ गतेदेखि मुलुकभर लागू भएको निर्वाचन आचारसंहिता सोमबारदेखि निष्क्रिय भएको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम आयोगले आजदेखि आचारसंहिता लागू नरहने निर्णय गरेको हो ।उक्त निर्णयबारे निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायलाई जानकारी पनि गराइसकेको छ ।सरकारको गत साउन १९ गतेको निर्णय प्रतिनिधिसभा सदस्य

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 60 पटक पढिएको
  • ‘हनीट्रयाप’ मा पारी ५ करोडको डिलिङ गर्ने तीन जना पक्राउ

    काठमाडौं / ‘हनीट्रयाप’ शैलीमा फसाउँदै रकम असुल्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले प्रेम सम्बन्धको विश्वासमा पारेर आर्थिक लाभ उठाउन खोज्ने दुई महिला र एक पुरुषलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी)राजनकुमार गौतमले ‘हनीट्रयाप’ शैलीमा फसाउँदै रकम असुल्ने घोराही १० नारायणपुरबाट एक जना पुरुष र तुलसीपुरबाट २ जना महिलालाई पक्राउ गरेकाे जानकारी दिए । ।पक्राउ पर्नेमा घोराही–१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णकुमारी बस्नेत, गढवा–६ घर भई हाल तुलसीपुर बस

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 44 पटक पढिएको
  • स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

    काठमाडौँ  / कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।आज बिहान बल्खुबाट चोभारतर्फ गइरहेको मोडर्न इन्डियन स्कुलको ना१क १६१२ नम्बरको बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु भएको हो । बसको ठक्करबाट घाइते रतेलाको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली –५ निवासी रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए । बस चालक मनजित सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 66 पटक पढिएको
  • एक वर्षमा कर्णालीका तीन वटा तुइन विस्थापन

    हुम्ला  / कर्णाली नदीमाथि निर्माण गरिएका तीन वटा तुइन विस्थापन भएका छन् । उक्त ठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनलाई विस्थापन गरिएको हो । खार्पुनाथ गाउँपालिका –४ को नल्न र गाउँपालिका केन्द्र जाने याङ्चुु बजारमा झोलुङ्गे पुलहरु निर्माण गरे पछि तुइन विस्थापन गरेको स्थानीय बबरजङ्ग हमालले जानकारी दिए । त्यस्तै सोही गाउँपालिका– १ र ३ को सिमानामा पर्ने बोक्चै गौँडामा पनि झोलुङ्गे पुल निर्माण गरेपछि तुइनलाई हटाइएको छ । तुइन हटाएपछि उक्त क्षेत्रका बासिन्दा निर्धक्क रुपमा आवत जावत गर्न थालेको स्थानीय अर्जुन सिंहले बताए । खार्पुनाथ गाउँपालिकामा कर्णाली नदीमाथि चार वटा तुइन थिए ।

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 67 पटक पढिएको
  • मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु, चार घाइते

    झापा / सुनसरी, सप्तरी र कैलालीमा भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका –३ नहडामा ३ ओटा मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन् ।प्रदेश १–०२–०४३ प १७१, को ३८ प ९२१० र को १७ प ६९४४ नम्बरका मोटरसाइकल हिजो साँझ सवा ६ बजे ठोक्किएका थिए । दुर्घटनामा ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । उनको सनाखत हुन बाँकी छ । घाइते भएकाहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।यसैगरी सप्तरीको रुपनी गाउँपालिका ६ वीरेन्द्र

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 62 पटक पढिएको
  • झापामा हात्तीको आक्रमणबाट चार जना घाइते

    बिर्तामाेड  / झापाको हल्दीबारीमा जंगली हात्तीको आक्रमणमा परी चार जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट हल्दीबारी गाउँपालिका –५ का गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उनीहरूलाई हल्दीबारी गाउँपालिका –४ को कालीमन्दिर टोलमा राति करिब २ः१५ बजे आएको जंगली हात्तीले आक्रमण गरेको थियो । गाउँ पसेका हात्ती खेदाउने क्रममा हात्तीको आक्रमणमा परी उनीहरू घाइते भएका हुन् । हात्तीले स्थानीय जयप्रकाश दाहालको अन्दाजी एक बिगाहाको धान पूर्ण रूपम

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 83 पटक पढिएको
  • सेनाका पूर्व बलाधिकृत रथि महत मृत फेला

    काठमाडाैँ /  नेपाली सेनाका पूर्व बलाधिकृत रथि बलदेवराज महत मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटारस्थित सिडी कोलोनीभित्र बस्दै आएका महत आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा आज फेला परेका हुन् । महतको शव परीक्षणका लागि त्रिवि  शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । महत नेपाली सेनाबाट पाँच वर्ष पहिले अवकाश भएका थिए

    • प्रकाशित मितिः मंसिर २४, २०७९
    • 208 पटक पढिएको
  • लैङ्गिक हिंसा विरुद्ध बुद्धशान्तिमा सडक नाटक प्रदर्शन

    बुद्धशान्ति / घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज भन्ने नाराका साथ मङ्सिर १० गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।यसैबीच लैङ्गिक हिंसा विरुद्ध हुने अपराध न्यूनीकरणका लागि झापाको बुद्धशान्ति गाउँपालिकामा सडक नाटक प्रदर्शन गरिएको छ । बुद्धशान्ति गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण इकाईको आयोजनामा आज बुद्धशान्ति गाउँपालिकाको चार ठाउँमा नाटक प्रदर्शन गरिएको हो ।महिला तथा घरेलु हिंसा,  लगायत अन्य आपराधिक क्रियाकलाप न्यूनीकरणका निम्ति सचेतना फैलाउन सहयोग पुग्ने उद्देश्यले सडक नाटक  प्रदर्शन गरिएको ब

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 114 पटक पढिएको
  • सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा

    काठमाडौँ  / निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई ‘प्रभाव’ मा पारी जबराले आफूविरुद्धको महाअभियोग प्रस्ताव ‘निष्क्रिय’ भएको पत्र लिएपछि उनले आफू सर्वोच्च फर्किन लागेको बुधबार जानकारी दिएका थिए । जसकारण सर्वोच्च परिसरमा तनावको स्थिति उत्पन्न भएको छ ।बुधबार दिनभरजसो सर्वोच्च परिसरमा कानुन व्यवसायी आन्दोलित बनेका थिए । नेपाल बार एशोसियसनले विरोध जनाएको छ । संघीय संसद् सचिवालयको पत्रबारे सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । शुक्रबार रिटमा सुनुवाइ हुँदैछ । सोही कारण सर्वोच्

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 67 पटक पढिएको
  • चोलेन्द्रको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौं / नेपाल बार एशोसियसनले आज (शुक्रबार) पनि सर्वोच्च अदालतको मूलद्वारमा धर्ना दिने भएको छ ।निलम्बित अवस्थाका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनै पनि बेला सर्वोच्चमा प्रवेश गर्ने आशङ्कामा बारले धर्ना दिन लागेको हो । संसद् सचिवालयले प्रधानन्यायाधीश जबरा विरुद्धको महाभियोग निस्क्रिय भएको निर्णय गरेपछि बुधबार राणाले आफू कार्यालय जाने बताएका थिए ।संसद् सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्, न्यायपरिषद् र जबरालाई पत्र पठाएका थिए । सोही पत्रका आधारमा जबरा आफू सर्वोच्च फर्कन पाउनु पर्ने अडानमा छन्

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 59 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.