समाचार

    Showing 20,591-20,600 of 25,992 items.
  • एकैदिन १३४ जना सादा पोसाकका सशस्त्र प्रहरीको काज सरुवा देशै भरी खैलाबैला

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुस १८ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीका सादा पोसाकका प्रहरीको विवरण मागे लगत्तै सशस्त्र प्रहरी बल देशभरका सादा पोसाकमा खटिएका सशस्त्र प्रहरीको काज सरुवा भएको छ। काज सरुवा हुनेमा सशस्त्र प्रहरी नायब निरीक्षक ५ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक ७ जना, वरिष्ठ हवलदार १८ जना, कामु वरिष्ठ हवलदार ३ जना, हवलदार २० जना, सहायक हवलदार ६३ जना र सिपाही १८ जना गरी १३४ जना रहेका छन्।देशैभर बाट १३४ जना सरुवा भएको हो। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले गत जेठ ६ मा मातहतका कुनै पनि कार्यालयले सादा पोसाकमा घुमुवा खटाएको भए तुरुन्त फिर्ता गर्न निर्देशन दि

    • प्रकाशित मितिः पुस २३, २०७९
    • 345 पटक पढिएको
  • चरा विज्ञ र संरक्षणकर्मीले आजदेखि नेपालमा चराहरु गणना गर्दैछन्

      नेपालमा आजदेखि चरा गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो।गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए। उनका अनुसार तीन हप्ता चरा गणनाको काम हुनेछ। गणनाको क्षेत्र विस्तार हुँदै जाँदा पनि चराको सङ्ख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय भएको उनले बताए।चराको गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले चराको सङ्ख्या बर्सेनि घट्दै गएको

    • प्रकाशित मितिः पुस २३, २०७९
    • 85 पटक पढिएको
  • पाँचथरमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु, २ जना घाइते

     पाँचथर / पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको आगोमा जलेर दुई जनाको मृत्यु भएको छ ।मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङ सिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाले जानकारी दिएका छन् ।आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते छन् । उनीहरूको अवस्था सामान्य छ । उनीहरूको टाउको, हात र खुट्टामा आगोले पोलेको छ ।उक्त घरमा ७ जना सुतेकोमा २ जनाको मृत्यु भएको, दुई जना घाइते भएको र तीन जना भागेर ज्यान जोगाउन सफल भएको डीएसपी खतिवडाले जानकारी दिएका हुन

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 348 पटक पढिएको
  • नेपालको आफ्नै तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल

     काठमाडौँ / मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजबाट औपचारिक रूपमै अप्रेसनमा आएको छ । सन् २०१६ अप्रिलदेखि औपचारिक रूपमा निर्माण कार्य सुरु भए पनि विमानस्थल ६ वर्षपछि सञ्चालनमा आएको हो ।ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङसँग ५ वर्षमा नै निर्माण कार्य सम्पन्न गर्ने गरी नागरिक उड्डयन प्राधिकरणले २०१६ अप्रिलमा नै सम्झौता गरेको थियो । तर, कोभिड–१९ को महामारी लगायत विविध कारणले गर्दा विमानस्थलको निर्माण कार्य थप एक वर्ष लम्बिन पुग्यो । चाइना एक्जिम बैंकको २२ अर्ब रुपैयाँ बराबरको ऋण तथा अनुदान सहयोगमा निर्माण सम्पन्न भएको पोखरा विमानस्थल अन

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 150 पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाका कर्मचारी प्रहरी खोरमा

    इटहरी/ पिक्नीक खान गएका इटहरी उपमहानगरपालिकाका कर्मचारी कुसुम पोख्रेल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मगरलाई मापसे गरि झगडा गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको होे । पिक्नीक खान आएका उपमहानगरपालिकाका कर्मचारीहरुले मगरलाई मापसे गरि प्रसासकृय अधिकृतलाई गालिगलैच गरेको र हातपात गरे पछि प्रहरी समक्ष बुझाएका थियो ।इटहरी उपमहानगरपालिकाका कर्मचारीहरु १५ गते शुक्रबार पथरी शनिश्चरे स्थीत भुल्के सिमसार क्षेत्रमा पिक्नीक खान आएका थिए । छैटौ तहको कर्मचारी मगर इटहरी उपमहानगरपालिकाका वडा नम्बर ४ का वडा सचिव हुन । कुसुम पोखरेल मगरको यो घटना भने पहिलो हैन । उनि सरकारी पदको दुरुपयोग गर्दै पटक पटक

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 117 पटक पढिएको
  • गृहमन्त्रालयले आज सिडिओ र जिल्ला सुरक्षा प्रमुखको संयुक्त बैठक डाक्यो

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने देशभरको सुरक्षास्थितिको जानकारी लिन बैठक बस्न आह्वान गरेका छन् । लामिछानेले आज २०७९/०९/१८ बिहान ९ बजे भर्चुअल बैठकमा आह्वान गरेका  हुन् ।           बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए ।                  उनका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 145 पटक पढिएको
  • झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

    झापा / झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ दुधेकी ६१ वर्षीय कृष्णमाया भण्डारी रहेको प्रहरीले जनाएको छ ।आइतबार बिहान आएका ४ वटा जंगली हात्तीको समूहले घर भत्काउँदा बेहोस भएकी भण्डारीको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् प्रवक्ता बसन्त पाठकले जानकारी दिएका छन् ।हात्तीले घर भत्काउँदा भण्डारीका श्रीमान् शान्तिराम भण्डारी घाइते भएको र उनको उपचार दमक अस्पतालमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 103 पटक पढिएको
  • खोटाङमा बस दुर्घटना हुँदा ६ जना घाइते

    खोटाङ / खोटाङको दिक्तेल नगरपालिका १३ मा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।घाइतेमध्ये चार जनाको अवस्था सामान्य र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।बुइपाबाट सदरमुकाम तर्फ जाँदै गरेको प्रदेश १०५००१ ख ००१७ नम्बरको बस आज बिहान १०ः४० बजे दुर्घटना भएको थियो ।जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक रोमन अर्यालका अनुसार घाइतेहरूलाई अस्पताल पुर्‍याउने काम जारी छ ।केहीलाई जिल्ला सदरमुकाममा र केहीलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको  बताइएको छ ।

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 119 पटक पढिएको
  • प्रदूषण जाँचपास नभएका गाडी चलाए आजदेखि एक लाख जारिवाना

    झापा / वन तथा वातावरण विभागले आजदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ ।विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई आजदेखि कारबाहीसहित जारिवाना गरिने विभागले जनाएको छ । यसैगरी विभागले प्रदूषण जाँच गरेरमात्रै गाडी चलाउन आग्रह गरेको छ

    • प्रकाशित मितिः पुस १, २०७९
    • 68 पटक पढिएको
  • पारिश्रमिक नपाएपछि पत्रकार आन्दोलनमा 

    काठमाडौं / लामाे समयबाट आफुले गरेकाे कामकाे मुल्य नपाएका गाेर्खा टेलिभिजनका कर्मचारीले आजबाट आन्दोलनका कार्यक्रम  सुरु गरेका छन् ।ललितपुरकाे जावलाखेलबाट साझा  सञ्चार मिडिया प्रा.लि काे नाममा सञ्चालनमा रहेकाे गाेर्खा टेलिभिजनले १२ जनाभन्दा बढि श्रमिकको पारिश्रमिक नदिए पछि आजबाट चरणबद्ध आन्दाेलनकाे थालनी गरेका हुन् । संस्थाका संचालक तेज बिक्रम थापाले कर्मचारीलाई काममा लगाएर पनि महिनाैंदेखिकाे बाँकी बक्यौता नदिएपछि पीडित पत्रकारहरुले श्रमजीवी-पत्रकार संघ, नेपालकाे केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । पटक-पटककाे अनुराेध र आग्रहपश्चात् पनि झुटाे आश्वासन दिदै झुल्याउन थालेपछि प्रति

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • 71 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.