समाचार

    Showing 20,501-20,510 of 25,992 items.
  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

    झापा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको छ । निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँका दरले मूल्य बढाएको हो । निगमले मूल्य बढाएसँगै पेट्रोल साविकको मूल्य प्रतिलिटर १७५ रुपैयाँ रहेकोमा अब १७८ पुगेको छ भने डिजेल र मट्टितेलको समान मूल्य प्रतिलिटर १७२ रुपैयाँ रहेकोमा अब १७५ पुगेको छ । निगमले अन्तराष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पद्धार्थको मूल्यमा आएको उतार चढावले विगत लामो समयदेखि निगम संचित नोक्सानीमा संचालन हुँदै आएको जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट माघ १८ मा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोलमा

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 331 पटक पढिएको
  • यती एयरलाइन्सको दुवै इन्जिनका प्रोपेलरमा समस्या

    प्रदेश ब्युरो । गत माघ १ गते भएको यती एयरलाइन्सको एन-एएनसी एटीआर विमान दुवै इन्जिनको प्रोपेलर फेदरमा जाँदा दुर्घटना भएको निष्कर्ष निकालिएको छ ।जहाज दुर्घटना लगत्तै गठित सरकारी छानबिन आयोगले यस्तो निष्कर्ष निकालेको आयोगका सदस्य सचिव एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उड्डयन महाशाखा प्रमुख सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्नेबारे भने आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान अगाडि बढाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । गत माघ १ गते काठमाडौंबाट ४ जना चालकदलसहित ६८ जना यात्रु बोकर पोखरा उडेको यति एयरलाइन्सको

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 285 पटक पढिएको
  • कारागारको अवस्था चित्त बुझ्दो छैन - प्रचण्ड

    झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिरासत, कारागार र बालसुधार गृहमा रहेका व्यक्तिको मानव अधिकारको अवस्था सन्तोसजनक नरहेको बताएका छन् । सोमबार महान्यायाधिवक्ताको कार्यालय अवलोकन गर्न पुगेका उनले यस्तो बताएका हुन् ।प्रधानमन्त्री दाहालले नेपालका कारागार, बालसुधार गृह र हिरासतको स्तरोन्नती र सेवासुविधा वृद्धि गर्नु नेपाल सरकारको प्राथमिकता रहेको बताए । उनले अनुसन्धानलाई अझ बढी वस्तुगत, वैज्ञानिक, प्रमाणमा आधारित बनाई त्यस्ता प्रमाणका आधारमा अभियोजन र प्रभावकारी प्रतिरक्षाका लागि विधि विज्ञान प्रयोगशालाको विस्तार र विकास गर्न आवश्यक रहेको पनि प्रस्ट्याए ।उनले कसुरको अनुसन्धान, अभियोजन र

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 318 पटक पढिएको
  • “लामिछानेको अभिव्यक्ति आपत्तिजनक”

    झापा । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार क्षेत्रप्रति दिएको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय भएको बताएको छ ।आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले सञ्चार माध्यम, तिनका सञ्चालक र पत्रकारबारे टिप्पणी गरेका थिए । रविले आधारहीन र पूर्वाग्रही आरोप लगाएर धम्कीपूणर् अभिव्यक्ति दिएको भन्दै महासंघले विरोध जनाएको हो ।सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदा हुँदै धम्कीपूणर् शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय भएको मह

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 296 पटक पढिएको
  • बीमा जवरजस्त हुँदैन

    बिर्तामोड । संसद भवन अगाडी आत्मदाह गरेर चर्चामा आएका प्रेमप्रसाद आचार्यले आफुले एक करोडको बीमा गरेको भनी गरेको दावी गलत साबित भएको छ । उनले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिमा ५० लाख रुपैयाँको धनन्जय जीवन बीमा पोलिसी खरिद गरेको खुलेपछि उनको दावी गलत सावित भएको हो ।आत्मदाह गर्नु अगाडी आफुले बीमा गरेको शाखा कार्यालयमा आत्महत्या पछि मृत्यु दाबी पाइन्छ कि पाइदैन भनेर उनले सोधेका थिए । आचार्यले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेको सुसाइड नोटमा सन नेपाल लाइफमा बीमा गर्दा बिर्तामोड शाखा कार्यालयका कर्मचारीले आफुलाई जवरजस्ती बीमा गरिदिएको उल्लेख गरेका छन् । उनले जवरजस्ती एक करोडको बीमा गराएर ४/५ लाख रु

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 344 पटक पढिएको
  • चितवनमा तरकारी फालेको प्रती प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण

    प्रदेश ब्युरो । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्वोधनको आवश्यक पहल लिन निर्देशन दिएका छन्।शुक्रबार चितवनका किसानहरूले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेपछि प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराएका हुन्।चिवतनमै रहेकी मन्त्री साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिएका छन्।प्रधानमन्त्रीको निर्देशनपछि मन्त्र

    • प्रकाशित मितिः माघ २१, २०७९
    • 67 पटक पढिएको
  • २०% विद्युत उत्पादन घट्यो, भारतबाट ‍आयात गर्दापनि धान्न गारो

    झापा । हिउँदमा वर्षात नहुँदा गत बर्षको तुलनामा करिब २० प्रतिशत विद्युत उत्पादन घटेको छ। उत्पादन घट्दा विद्युत आपूर्तिमा व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरणलाई हम्मेहम्मे भएको छ। त्यही भएर प्राधिकरणले बिहान र साँझको उच्च माग हुनेमा औद्योगिक क्षेत्रको विजुली कटौती गरेको छ।यो वर्ष हिउँदमा माघ तेस्रो साता वित्दा पनि पानी परेको छैन। हिमाली क्षेत्रमा हिउँ परेको छैन। जसका कारण खोलामा पानी बहाव घटेर गत वर्षभन्दा विद्युत उत्पादन घटेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए। उनका अनुसार विद्युत उत्पादन घटेका कारण अहिले व्यवस्थापनमा समस्या भएको छ।घिसिङका अनुसार गत वर्षको हिउँदमा माथिल्लो

    • प्रकाशित मितिः माघ २१, २०७९
    • 165 पटक पढिएको
  • राप्ती नदीमा बीस गोही छोडियो

    प्रदेश ब्युरो ।  चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको छ । विश्व सिमसार दिवसको अवसर पारेर निकुञ्जले बिहीबार दुई भाले घडियाल तथा १८ पोथी घडियाल राप्ती नदीमा छाडेको हो । प्राकृतिक बासस्थानमा छाडिएको घडियालमध्ये तीन वटा छ वर्ष उमेरका रहेका निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए । बाँकी १७ घडियाल गोही सात वर्ष उमेरका रहेको उनले बताए । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले हालसम्म जम्मा एक हजार सात सय १२ गोही प्रकृति

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 137 पटक पढिएको
  • हल्ट प्राईज इट आई.एम. एस. को अन क्याम्पस कार्यक्रम सफलतापूर्वक सम्पन्न

    काठमाडौं  ।  हल्ट प्राईज एट आई.एम. एस. ले आफ्नो पहिलो संस्करणको अन क्याम्पस हल्ट प्राईज़ कार्यक्रमलाई सफलताका साथ सु - सम्पन्न गरेको छ। माघ २० गते शनिबारको दिन बानेश्वरको आनन्द भूमि इभेन्टमा भएको उक्त कार्यक्रममा आई.एम.एस. कलेजका प्रधानाध्यापक प्रो. डा. बालकृष्ण श्रेष्ठ लगायत त्रि.वि व्यवस्थापन शंकायका सहायक डिन दिलिप पराजुलीको पनि आतिथ्यता थियो।कार्यक्रममा डा. सन्तोष उपाध्याय, प्रविन रिमाल, ज्ञानेन्द्र अधिकारी तथा विक्रान्त श्रेष्ठ लाई जर्जको रूपमा आमन्त्रित गरिएको थियो भने कार्यक्रममा कलेजका अन्य विद्यार्थी र शिक्षकहरूको पनि उपस्थिति रहेको थियो।२०२२/२३ को हल्ट प्राईज शीर्षक 'र

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 400 पटक पढिएको
  • जनकपुर यातायात कार्यालयबाट एक बिचौलिया पक्राउ

    प्रदेश ब्युरो । धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट सेवाग्राहीसँग बार्गेनिङ गरिरहेका एक बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका–४ बस्ने ३० वर्षीय आदित्य यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिन्छु भनि आर्थिक लाभ लिएर बिचौलियाको काम गरिरहेको गोप्य सूचनाको आधारमा शुक्रबार दिउँसो करिब १ बजे सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 187 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.