समाचार

    Showing 18,701-18,710 of 25,945 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं  | हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको छ ।जसको प्रभावले देशभर आंशिकदेखि  सामान्य बदली रहेको छ ।आज दिउँसो  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली  रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै  र तराईका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भ

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • 176 पटक पढिएको
  • इजरायलमा निधन भएकामध्ये पहिचान खुलेका पाँच नेपालीको शव प्राप्त

    काठमाण्डौ   ।   गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ ।इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार निधन भएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र अशिष चौधरीको शव आज प्राप्त भएको हो ।सो घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको र उपलब्ध संयन्त्रको प्रयोग गरी सम्पर्कव

    • प्रकाशित मितिः असोज २९, २०८०
    • 105 पटक पढिएको
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षभित्र १० जहाज खरिद गर्ने

    काठमाडौँ    ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताएका छन ।मन्त्री निवास पुल्चोकमा आज नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ज्ञापनपत्र बुझ्दै उहाँले निगमको जहाज थपेर भाडादरमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नुको विकल्प नरहेको उल्लेख गरे । दसैँअघि नै औपचारिकरूपमा विमान खरिद प्रक्रिया अघि बढाइने उल्लेख गर्दै मन्त्री किरातीले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन दस वटासम्म जहाज थप्नैपर्ने आवश्यकता रहेको औंँल्याए ।निगमले आन्तरिक उ

    • प्रकाशित मितिः असोज २९, २०८०
    • 146 पटक पढिएको
  • चाडपर्वका लागि सीमा नाकाहरुमा २९ हजार सशस्त्रले सुरक्षा दिँदै

    काठमाडौँ   ।   दसैँलगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन् । ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागू गर्दै यसपाली चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन गरी निगरानी थालिएको सशस्त्र प्रहरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए।उनका अनुसार २९ हजार एक सय ५४ सशस्त्र प्रहरी कर्मचारी सुरक्षा योजनाअन्तर्गत परिचालित भएका छन् । यस्तै तत्कालै खटाउन सक्ने गरी करिब तीन हजार सशस्त्र प्रहरी कर्मचारी रिजर्व फोर्सका रूपमा तयारी अवस्थामा राखिएको छ ।यसपालीको चाडपर्वको समयमा सीमावर्ती इलाका

    • प्रकाशित मितिः असोज २९, २०८०
    • 152 पटक पढिएको
  • सर्वोच्च अदालतले बडादसैमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने

    काठमाडौँ     ।    सर्वोच्च अदालतले बडादसँैमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आज जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ ।शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहनेछ । अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको छ ।

    • प्रकाशित मितिः असोज २९, २०८०
    • 132 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड आज धनगढी जादै

    काठमाडौँ    ।   प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज कैलालीको धनगढी जाने भएका छन् ।समाजवादी मोर्चाको भेलालालाई सम्बोधन गर्न प्रचण्ड आज (सोमबार) बिहान सवा नौ बजे श्री एयरको उडानबाट धनगढी पुग्ने कार्यतालिका रहेको छ ।उनी धनगढीबाट सीधै लम्की प्रस्थान गर्नेछन् । लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्डले घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।१२ देखि १ बजेको बीचमा गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर उनले करिब दुई बजे धन

    • प्रकाशित मितिः असोज २९, २०८०
    • 141 पटक पढिएको
  • नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौँ  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले प्रतिलिटर पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँ घटाएको हो । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।भारतीय आयल कर्पोरेशन आईओसीले घटाएर नयाँ मूल्यसूची पठाएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २९, २०८०
    • 214 पटक पढिएको
  • कोशी प्रदेशमा प्रहरीद्वारा पर्वका बेला सार्वजनिक सवारी साधनको निगरानी बडायो

    विराटनगर । मुख्य पर्वहरु नजिकिँदै गर्दा कोशी प्रदेशमा यात्रुहरुको सुविधाका लागि विभिन्न स्थानमा प्रहरीले सहायता कक्ष सञ्चालनमा ल्याएको छ । दसैँ, तिहार, छठलगायत पर्वका बेला प्रहरीले सार्वजनिक सवारीसाधन सञ्चालनमा निगरानी बढाउनुका साथै यात्रुको सहयोगका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको जनाएको छ ।निगरानीका लागि राजमार्ग र अन्य सडकहरुमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ । यसैगरी विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । ती कक्षमा ट्राफिक प्रहरीले नियमित सेवा दिने जनाइएको छ ।कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी सरोज पौडेलका अनुसार पर्वमा धेरै चहलपहल हुने र

    • प्रकाशित मितिः असोज २९, २०८०
    • 189 पटक पढिएको
  • पूर्वराज दम्पतीले सर्वसाधारणलाई टिका लगाइदिने

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन् ।शाहको संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह र कोमल शाहले निर्मल निवासमा विजयादशमीको दिन अपराह्न चार बजेदेखि टिका लगाइदिने जानकारी दिएको हो ।यस वर्षको विजयादशमी आगामी कार्तिक ७ गते परेको छ । पूर्व राजदम्पतीले हरेक वर्ष सर्वसाधारणलाई टिका लगाइदिने गरेका छन् ।

    • प्रकाशित मितिः असोज २९, २०८०
    • 234 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ ।हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।आज देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागको आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः असोज २९, २०८०
    • 186 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.