समाचार

    Showing 18,381-18,390 of 25,945 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।    हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तीसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ।अहिले कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली र

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 199 पटक पढिएको
  • कवाडी गोदाममा भीषण आगलागी हुदा दुई जनाको मृत्यु

    मोरङ    ।   विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा आज दिउँसो आगलागी भएको हो । आगलागीमा परेर गोदामकै कामदार विराटनगर–६ का दीपक मण्डलको मृत्यु भएको हो । अर्का एकजना मृतकको पहिचान खुल्न सकेको छैन । मृतक गोदामकै कामदार भएको बताइएको छ । आगलागीमा परेर पाँच जना घाईते भएका छन । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 184 पटक पढिएको
  • परराष्ट्र सचिवको अवकाश, निमित्तमा लम्साल

    काठमाडौँ। परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन। “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उनेले लेखेका छन।सरकारले श्री पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ । सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकि छन । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 151 पटक पढिएको
  • स्रोत नखुलेको रकमसहित पक्राउ

    काठमाण्डौ   । काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ । ठूलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन दुई सय ३५ दशमलव नौ ग्राम, एक हजार नौ सय एक दशमलव २६ ग्राम चाँदी, नेरु पाँच लाख ७६ हजार र भारु २२ हजार बरामद गरिएको हो । निजबाट सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसब

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 161 पटक पढिएको
  • बक्सिङ टोली चौतीसौं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन मलेसिया उडे

    काठमाण्डौ  ।  चौतीसौं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार मलेसियाको पेनाङ जाने भएको छ ।मंसिर २५ देखि २९ गतेसम्म हुने प्रतियोगिताको पुरुष ५१ केजीमा प्रबल उप्रेती, ५४ केजीमा सिंहवीर लिम्बू, ५७ केजीमा छिरिङ वाङदी शेर्पा, ६० केजीमा शुलभ माली र ६३ केजीमा रिजन गुरुङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सन्जिप श्रेष्ठ तथा व्यवस्थापकमा स्मृति विश्वास रहेका छन् ।टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 195 पटक पढिएको
  • आदर्शनगरको लाइफ केयर फर्मा सिलबन्दी

    काठमाडौँ । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने बुढानीलकण्ठ नगरपालिका-१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई सिलबन्दी गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बुढानीलकण्ठ क्षेत्रका चार वटा औषधि पसल अनुगमन गर्दा अवैधरूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा सिलबन्दी गरिएको बताए ।विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ । टोलीले ओखलढुङ्गा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र स

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 199 पटक पढिएको
  • एनसेलको शेयर बिक्रीबारे लेखा समितिमा आज छलफल

    काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद-बिक्रीबारे आज छलफल गर्ने भएको छ। लेखा समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले प्रारम्भिक छलफल गर्न लागेको हो ।समितिले यसअघि एनसेलको शेयर बिक्रीबारे विभिन्न ९ वटा प्रश्न गर्दै नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्टरको कार्यालय, र आन्तरिक राजस्व विभागलाई पत्र पठाएको थियो ।

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 322 पटक पढिएको
  • गंगालाल हृदय केन्द्रमा गृहमन्त्री श्रेष्ठको मुटुको शल्यक्रिया

    काठमाडौं     ।   उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ। मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको र अहिले उनको स्वास्थ्य अवस्था स्थीर रहेको गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर जनाएको छ।गृह मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको हो। उनको मुटुको रक्तनलीमा आंशिक अवरोध र छातीमा असहज महसुस भएपछि गएराति अस्पताल भर्ना गरिएको मन्त्रालयले जनाएको छ।गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा डा. अरुण मास्केसहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठ

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 309 पटक पढिएको
  • विप्लवको पक्राउ पुर्जीविरुद्ध आन्दोलन घोषणा

    काठमाडौँ । महासचिवलगायतका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।मंगलबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले पक्राउ पुर्जीविरुद्ध आज साँझ साढे ५ बजे मशाल जुलुस, २० गते दिनको ३ बजे न्यायाधीशको पुत्ला दहन र मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरेको छ।आफ्ना नेताहरुविरुद्धको पक्राउ पुर्जी २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको सो पार्टीद्वारा जारी विज्ञप्त

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 293 पटक पढिएको
  • नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

    काठमाडौँ । रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मङ्गलवार रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको सूचना अधिकारीगोविन्दप्रसाद कोइरालाले जानकारी दिए । यस्तै अदालतले ८ जनालाई सफाइ दिएको छ । २०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीसहित मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा पुगेका थिए । त्यहाँ पुगेका उनीहरूमाथि स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । अरू १२ जना घाइते भएका थिए ।घटनामा नवराज विक

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 229 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.