मोरङ    ।   विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा आज दिउँसो आगलागी भएको हो ।

OM Sai Pathibhara Hospital

आगलागीमा परेर गोदामकै कामदार विराटनगर–६ का दीपक मण्डलको मृत्यु भएको हो । अर्का एकजना मृतकको पहिचान खुल्न सकेको छैन । मृतक गोदामकै कामदार भएको बताइएको छ ।

आगलागीमा परेर पाँच जना घाईते भएका छन । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।