समाचार

    Showing 17,811-17,820 of 25,928 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।साथै तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ। देशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा  आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।राति भने कोशी, बा

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 238 पटक पढिएको
  • बनेपाको भैंसेपाटिमा यात्रुवाहक बस दुर्घटना

    काठमाण्डौ  ।  बनेपाको भैंसेपाटिमा एक यात्रुवाहक बस दुर्घटना भएको छ ।  पनौतीबाट काठमाडौँ आउँदै गरेको बसले विपरीत दिशाबाट आइरहेको बसलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन्।  काठमाडौँ आउँदै गरेको बा.२ ख ६६६९ नम्बरको बसले बा प्र-०१-००६ ख २९९७ नम्बरको मयूर बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि सिरमेमोरियल अस्पताल पठाएको प्रहरीले बताएको छ। पाँचखाल नपा-६ की २४ वर्षीया नवीना दनुवार र नमोबुद्ध नपा-५ की २० वर्षीया करुणा भुजेलको उपचार भइरहेको छ।जिल्ला काभ्रे नमोबुद्ध नपा-३ की ३६ वर्षीया वाङ्जु लामा‚ उनकी ११ वर्षीया छोरी फुर्सङ लामा र ९ वर्षीय छोरा समर्पण लामा दा

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 192 पटक पढिएको
  • हाइसको ठक्करबाट एक महिलाको मृत्यु

    काठमाडौं । कञ्चनुरमा हाइसको ठक्करबाट जिल्लाको बेदकोट नगरपालिका–१० शिशैया हरपालकी ४० वर्षीया मञ्जु रावल कठायतको  मृत्यु भएको हो। ४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आगनमा बागमती प्रदेश को ०१०२९ च २८०६  नम्बरको हाईस चलाउने क्रममा हाईसको ठक्करबाट मञ्जु घाइते भएकी थिइन्।उनको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताएका छन।

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 262 पटक पढिएको
  • यती एअरलाइन्सले दुई वटा जहाज ल्यायो

    काठमाडौँ । यती एयरलाइन्सले एकसाथ दुइवटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर ७२-५००’ सिरिजको जहाज थप गरेको हो । यी जहाज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका छन् ।यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटीआर ७२-५०० सिरिजको जहाज ७ पुगेको छ ।अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्सले आफ्नो सेवा बिस्तार गर्ने क्रममा दुई वटा एटिआर ७२-५०० विमान थप गरेको छ । थप गरिएको वायुयानले नेपाली रजिष्ट्रेशन ९एन- एओएफ र ९एन-एओएच (9N-AOF and 9N-AOH) पाएको छ । खरिद गरिएका विमानहरु यतीका क्याप्टेनहरुले नै बंगलादेशको

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 223 पटक पढिएको
  • ठूलो परिमाणमा नक्कली नोटसहित दुई जना पक्राउ

    सर्लाही  ।   सर्लाही प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी टोलीले हरिवन नगरपालिका-११ कडरिया चौकबाट दुई जनालाई पक्राउ गरेको हो।सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालका अनुसार बरामद नक्कली नोट गणाको काम भइरहेको छ। यसअघि मंगलबार राति करिब ९ बजे मलंगवा नगरपालिका-३ नगरपालिका चोकस्थित अण्डा पसलबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित प्रहरीले श्रीमान् र श्रीमतीलाई पक्राउ गरेको थियो।

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 453 पटक पढिएको
  • बिद्यालय स्तरीय FAN CLUB गठन

    सुनसरी  । आज माघ १८ गते विहिबार जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं.-१३ स्थित श्री नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक डिकेन्द्र राय ज्यूको संयोजकत्वमा “ लागू औषध दुर्व्यसन बिरुद्धको अभियान Fight Against Narcotic ( FAN)” चलाउने उदेश्य अनुरुम उक्त बिद्यालका कक्षा-८ र ९ का ५० जना  बिद्यार्थीको सहभगितामा  कक्षा ९ का छात्रा आत्मिय राईको संयोजकत्वमा ११ सदस्य रहने गरी बिद्यालय स्तरिय FAN CLUB गठन सम्पन्न भएको छ।

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 140 पटक पढिएको
  • कोशी प्रदेश प्रहरी तालिम केन्द्र र प्रदेश प्रहरी गणको निरीक्षण भ्रमण सम्पन्न

    मोरङ  ।  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आज कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी र  कोशी प्रदेश प्रहरी गण बिराटनगरको स्थलगत निरीक्षण भ्रमण गरेका छन । निरीक्षण भ्रमणको क्रममा वाँहाले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन । निर्देशनको क्रममा कार्यालयहरुको आ-आफ्नै कार्यक्षेत्र र जिम्मेवारी रहेको हुँदा कानुनको परिधिमा रहेर मानव अधिकारको संरक्षण गर्दै कार्य गर्न निर्देशन दिए  । यसका साथै वहाँले नेपाल प्रहरीको पहिलो प्राथामिकता भनेको शान्ति सुरक्षा अमन चयन गर्न

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 338 पटक पढिएको
  • चौधरी प्रतिष्ठित व्यवसायी हुन्, बोलाएको भए आफैँ पुगेर अनुसन्धानमा सहयोग गर्थे : उद्योग परिसंघ

    काठमाडौं । नेपाल प्रहरीले व्यावसायी अरुण चौधरीलाई पक्राउ गरेकोमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले असन्तुष्टि जनाएको छ।परिसंघले बिहीबार पत्रकार सम्मेलन गर्दै सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कुनै सूचना नदिएको र अनुसन्धानका लागि समेत नबोलाइ पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो।अरुण चौधरी यही देशकै माटोमा हुर्किएका लब्धप्रतिष्ठित उद्यमी भएको र उनी देश छोडेर कतै जान नलागेको परिसंघले जनाएको छ। राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरेको र यसप्रति

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 353 पटक पढिएको
  • बालेनलाइ राजदूत थम्प्सनले अमेरिका भ्रमणको निम्तो दिए

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र नेपालकालागि अमेरिकाका राजदूत डीन आर. थम्प्सनबीच शिष्टाचार भेट भएको छ । भेटघाट बालेन साहको कार्यकक्षमा भएको हो ।भेटमा बालेनले सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्न सकिने बताएका थिए भने राजदूत थम्प्सनले सिर्जनात्मक कार्यक्रमहरूका लागि अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक रहेको बताएका छन् ।राजदूतले थम्प्सनले बालेनलाई अमेरिका भ्रमणको निमन्त्रणा पनि दिएका छन।

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 564 पटक पढिएको
  • सेयर बजारमा भारी गिरावट

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक करिब ३१ अंक (३०.९२) ले घटेर २ हजार ६७.०१ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.४७ प्रतिशतले कम हो । बुधबार २१ अंकले घटेको नेप्से बिहीबार पनि उच्च अंकले ओरालो लागेको हो ।बिहीबार ८० हजार २९ वटा कारोबारबाट ३ सय ९ वटा कम्पनीका १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट ४ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधबार ५ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सो दिन कारोबारमा आएकामध्ये १९ कम्पनीको सेयर मूल्य बढेपनि २ सय २६ वटा कम्पन

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 534 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.