समाचार

    Showing 17,691-17,700 of 23,810 items.
  • रमेश बाहुनको नामले चिनिने सुजन पौडेल जेलबाट छुटे

    काठमाण्डौ  ।  गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेल जेलमुक्त भएका छन्। १० वर्षको कैद सजाय सुनाइएका उनी केन्द्रीय कारागार सुन्धाराबाट मुक्त भएका हुन्।बाहुन लागुऔषध मुद्दामा दोषी ठहर भएका थिए। उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश नवराज दाहालको एकल इजलासले उनलाई १० वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको थियो।२०७१ साउन १९ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।प्रहरीले २०७१ असार १० गते कलंकीबाट पक्राउ परेको भन्दै सार्वजनिक गरेको थियो। उनको साथबाट २८ दशमलव ४ ग्राम खैरो हिरोइन र पेस्तोल बरामद भएको दाबी गरेको थियो।

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 192 पटक पढिएको
  • लागुपदार्थ दुब्र्यसनीबाट न्युनिकरण गर्ने उदेश्यका साथ पथरी जेसीसको १ दिने कार्यक्रम सम्पन्न

    पथरी  ।  युवाहरुलाई लागुपदार्थ दुब्र्यसनीबाट न्युनिकरण गर्ने उदेश्यका साथ पथरी जेसीसले १ दिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।ग्रमिण भेगमा दुव्र्यसनीका कारण विकृती बडदै गएका कारण पथरी शनिश्चरे वडा नं। ४ मा रहेको सरस्वती आधारभुत विद्यालय र भागरिथ माविमा कार्यक्रम संचालन भएको हो ।पथरी शनिश्चरे लागुपदार्थ दुव्र्यसनीमा उच्च जोखिम क्षत्रमा पर्दछ । पथरी जेसिसले बार्षीक कार्यक्रम अन्तरगत पथरी शनिश्चरे नगर भित्रका सामुदायीक विद्यालयमा लागुपदार्थ दुव्र्यसनी बिरुद्ध सचेतना कार्यक्रम गर्दै आएको छ । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोग र ईलाका प्रहरी कार्यालय पथरी शनिश्चरेको प्र

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 150 पटक पढिएको
  • सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई स्थगित,२४ गते पेशि

    काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ समय अभावका कारणले स्थगित भएको सन्दीपका अधिवक्त सरोजकृष्ण घिमिरेले बताए ।सरकारी वकिल र जाहेरवालाहरूको केही अधिवक्ताको वहस भएको र जाहेरवालाहरूले लामो वहस भएकाले आजको सुनुवाइ नभ्याइएको उनले बताए । अर्को पेशी २४ गतेलाई तोकिएको छ ।

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 210 पटक पढिएको
  • नेपालमा उत्पादित सवारी साधन दर्ताबारे मन्त्रिपरिषदमा प्रस्ताव लगिने

    काठमाडौं । नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न सम्बन्धित कानुन संशोधन गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय भएको छ ।सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार तत्काल समस्या हल गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरोकारवाला निकायसँग गरेको छलफलमा उक्त निर्णय भएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा आज बसेको बैठकले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा आवश्यक संशोधन गरी नेपालमा उत्पादित सवारी साधन दर्ता ग

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 193 पटक पढिएको
  • सन्दीपको मुद्दामा बहसपछि न्यायाधीशले भने, अर्को पेशी तोकिन्छ

    काठमाडौं   ।   क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज वादीतर्फका वकिलहरुले ३ घण्टा बहस गरेका छन् ।  न्यायधीस दीपक ढकालले मुद्दालाई हेर्दा हेर्दैमा राखेनन् । मुद्दामा आज सरकारी वकिलहरुले बहस गरेका थिए । बहस नसकिएपश्चात हेर्दाहेर्दैमा राखेर अर्को दिन यसलाई निरन्तरता दिने प्रचलन छ ।न्यायधीश ढकालले हेर्दाहेर्दैमा राख्न इन्कार गर्दै अर्को पेशी तोकिने घोषणापछि दुवै पक्षका वकिलहरु आश्चर्यमा परेका थिए । एक वकिलले न्यायाधीश मुद्दाको फैसला गर्न खुट्टा कमाएको टिप्पणी गरे ।‘चार जनाको बहस सुनिसेकपछि हेर्दाहेर्दैमा राख्नुपर्ने हो । तर, उहाँले ठाडै इन्कार गर्नुभयो । आफैं

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 200 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा थप ११३ जनामा देखियो कोरोना संक्रमण

    काठमाडौं  ।   पछिल्लो २४ घण्टामा १ हजार ८१० जनाको कोरोना परीक्षण गर्दा ११३ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६४ जनामा आरटी पीसीआर परीक्षण गर्दा र ४९ जनामा एन्टिजेन गर्दा संक्रमण देखिएको हो।मन्त्रालयका अनुसार हाल देशभर ३६२ जना सक्रिय संक्रमित रहेका छन्।  

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 157 पटक पढिएको
  • लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत पाएनन, एमालेको सरकार ढल्यो

    कामठाडौँ    ।    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको पाउन असफल भएका छन। प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत पाउन असफल भएपछि उनी स्वतः पदमुक्त भएका छन।गिरी पदमुक्त भएसँगै नेकपा एमालेले नेतृत्व गरेको चारवटा सरकार मध्ये तीनवटा सरकार ढलेको छ । यसअघि सुदुरपश्चिम र गण्डकी सरकार ढलेको थियो।सरकार निरन्तराका लागि पाउनु पर्ने ४४ मत मध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गरे। उनलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ प्रदेश सभा सांसदले मात्रै मत दिए पछि उनी स्वतस् पदमुक्त भभएका हुन।मुख्यमन्त्रीको विश्वासको मतको वि

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 185 पटक पढिएको
  • मुख्य तीन दल बिच सहमति, एमालेलाई तीन वटा समितिको नेतृत्व

    काठमाडौं    ।    प्रतिनिधि सभाका १० मध्ये दुई समिति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पाउने भएको छ । संयुक्त समितिमध्ये राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति पनि एमालेले पाउने सहमति भएको एमालेक संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।उनका अनुसार बाँकी रहेको अर्को संयुक्त समिति संसदीय सुनुवाइ समितिको नेतृत्व कांग्रेसले लिने सहमति भएको छ । प्रतिनिधि सभा अन्तर्गतका अन्य आठवटा विषयगत समिति भने सत्तारूढ दलहरूबीच बागबन्डा गर्ने सहमति गठबन्धनमा यसअघि नै भइसकेको छ ।

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 247 पटक पढिएको
  • नुवाकोटमा गोलि लागि एकको मृत्यु

    काठमाण्डौ । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङको जंगलमा सिकार गर्न गएका पञ्च घलेको साथीले बोकेको बन्दुक पड्किएर लागेको गोलीले मृत्यु भएको छ । शनिबार राति जङ्गलमा सिकार गर्न गएका ३० वर्षीय घलेको सोही स्थानका अमृत तामाङले बोकेका भरुवा बन्दुक पड्केर गोली लाग्दा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार किम्ताङको जङ्गलमा अमृतले बोकेको बन्दुक उनी लड्ने क्रममा पड्कँदा उनको पछाडि रहेका घलेको छातीमा गोली लागी मृत्यु भएको हो ।उनले घटनापछि शव र बन्दुक बोकेर अमृत तामाङ तीन घण्टाको पैदल दुरीमा रहेको प्रहरी चौकी किम्ताङमा आइतबार बिहान आइ

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 135 पटक पढिएको
  • लेकतन्त्र दिवस आज मनाइदै

    काठमाण्डौ  ।  विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो ।विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 203 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.