झापा  ।   साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारबाट प्रहरीले ५९४ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । ट्याङकरसहित पक्राउ पर्नेमा तीन भारतीय र एक जना नेपाली नागरिक रहेका छन् ।FB_IMG_1707902015810

आज बिहान करिब २ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको दैनिक पिकेट डिउटीले गाँजा बोकेको को १ ७३२२ नम्बरको डिजेल-पेट्रोल बोक्ने ट्याङकर गाडीसहित चार जनालाई पक्राउ गरेको हो ।FB_IMG_1707902020096 1

OM Sai Pathibhara Hospital

मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको ट्याङकरमा लागु औषध बोकेको शंका लागी चेकजाँच गर्दा ट्याङकरको तेल राख्ने पाँच वडा डिब्बा (केल) मध्ये बिचको (केल) भित्र ५ सय ९४ केजी गाँजा भेटिएको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवनकुमार कार्कीले जानकारि दिए।FB_IMG_1707902025511

पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय भेडेटारमा राखिएको छ । मुचुल्का उठाउने काम भइरहेको र नियन्त्रणमा लिइएको व्यक्ति सहित ट्याङ्कर र गाँजालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा पठाउने तयारी भइरहेको भेडेटार इन्चार्ज कार्कीले बताए ।