सिराहा । सिराहा प्रहरीले कटुवा पेस्तोल सरोज कुमार यादवलाई नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका वडा नं. ७ शलहेश मन्दिर स्थित वादविवाद भएको खबर प्राप्त हुना साथ वडा प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायब निरीक्षक अमित कुमार रायको कमाण्डमा प्रहरी टोली उक्त ठाउँमा पुगेका थिए ।

औरही गाउँपालिका वडा नं. ३ का करिब २२ वर्षीय संजित कुमार यादव र उनको करिब १८ वर्षीया बहिनी संजिता यादव सिरहा नगरपालिका वडा नं. ७ मा रामपुकार शर्माको घरमा डेरा गरी बस्दै आएको अवस्थामा औरही गाउँपालिका वडा नं. ४ कमलपुरका करिब २० वर्षीय सरोज कुमार यादवले उनीहरु बस्दै आएको घरमा आई उनीहरूसँग वादविवाद गरी रहेको अबस्थामा सरोज कुमार यादवको शरीर खानतलाशी गर्दा उनको साथबाट कटुवा पेस्तोल १ थान बरामद गरी हतियार सहित उनलाई घटनास्थलमा पुगेका प्रहरीले नियन्त्रणमा लिएका थिए ।

OM Sai Pathibhara Hospital

नियन्त्रणमा लिएका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।