समाचार

    Showing 16,911-16,920 of 25,908 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।राती देशभ

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 421 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुइ स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी,बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ

    • प्रकाशित मितिः साउन १२, २०८१
    • 298 पटक पढिएको
  • सुधार भएपछि क्याप्टेन शाक्यलाई आईसीयूबाट निकालियो

    काठमाडौं–जहाज दुर्घटनामा घाइते क्याप्टेन मनीषरत्न शाक्यलाई सघन उपचार कक्ष(आईसीयू) बाट निकालिएको छ । स्वास्थ्यमा सुधार आएपछि सामान्य वार्डमा सारिएको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालले जानकारी दिएको छ । सौर्य जहाज दुर्घटनामा घाइते भएका उनलाई आकस्मिक कक्षमा प्राथमिक उपचारपछि निगरानीका लागि आईसीयूमा राखिएको थियो । अस्पतालले शाक्यको अवस्था खतरामुक्त र सुधारोन्मुख रहेको जनाएको छ । शाक्यलाई न्युरो र हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखिएको छ । उनको अनुहार, आँखा, नाक र टाउकामा चोट लागेको छ, ढाडको एउटा हड्डीका साथै देब्रेपट्टिका तीनवटा करङ भाँचिएको छ । बुधबार बिहान पोखरा जाँदै गर्दा सौ

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 374 पटक पढिएको
  • इजरायलले केयरगिभरमा बढायो कोटा

    काठमाडौं–नेपालीहरुका लागि रोजगारीको आकर्षक गन्तव्यका रुपमा रहेको इजरायलले कोटा बढाएको छ । दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दुई हजार नेपाली केयरगिभरमा लैजाने गरी कोटा बढाइएको हो । अब एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक गरी दुई हजार नेपाली केयरगिभरमा लैजाने इजरायलले जानकारी गराएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच मन्त्रालयमा सो विषयमा सहमति भएको हो । वैदेशिक रोजगार विभागले वैकल्पिकसहित आठ सय जनाका लागि गएको असार ११ देखि साउन ११ सम्म आवेदन माग गरेको छ । विभागका अनुसार आवेदन माग गर्दा छनोट हुने पाँच सय उम्मेदव

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 318 पटक पढिएको
  • डाक्टर रुइतसँग प्रधानमन्त्री ओलीको भेट

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर सन्दुक रुइतसँग भेट गरेका छन् । बिहीबार रुइतसँग भेट गर्दै ओलीले आँखासहित समग्र स्वास्थ्य क्षेत्रलाई लिएर छलफल भएको जानकारी दिएका छन् । ओलीले आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको रुइतको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भएको पनि उल्लेख गरेका छन् ।भेटपछि सामाजिक सञ्जालमा एक तस्विर साझा गर्दै ओलीले लेखेका छन्, ‘डा. सन्दुकसँग आज ! बाहिर झमझम पानी परिरहेको थियो। भेटको मेरो प्राथमिकतामा रहनु भएका डाक्टर सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो । आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनें । आँखा नभएका मानिसलाई

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 414 पटक पढिएको
  • कीर्तिपुरमा मेयरको निधनपछि आज शोक बिदा

    काठमाडौं–लामो समयदेखि मिर्गौला रोगबाट ग्रसित कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । वीर अस्पतालमा उपचाररत प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गरेका हुन । उनका एक छोरा, एक छोरी र श्रीमती छन् । नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ ।  प्रमुखको निधनसँगै कीर्तिपुर नगरपालिकामा चार जना जनप्रतिनिधि रिक्त भएका छन् । यस अघि वडा नम्बर १ र ४ का अध्यक्षको निधन भई सकेको छ भने कार्यपालिका सदस्य श्याम दानकोटीको समेत निधन भएसँगै रिक्त सङ्ख्या चार जना पुगेको हो । 

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 438 पटक पढिएको
  • विपद्‍जन्य घटनामा १३७ जनाको मृत्यु

    काठमाडौं–बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३७ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाले ज्यान गुमाएका छन् । साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३५ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४८ जना घाइते भएका छन् । घाइतेहरू

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 362 पटक पढिएको
  • पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु

    काठमाडौं–अविरल वर्षापछि खसेको पहिरोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा हिजो साँझ गएको थियो । स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमश: १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको हो । साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही भएन् । सूचना पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 605 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।राती देशभर आंशिक देख

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 499 पटक पढिएको
  • विमान दुर्घटनामा कसरी बाँचे पाइलट, खुल्यो कारण ?

    काठमाडौं–हिजो भएको सौर्य विमान दुर्घटनामा १८ जनाको ज्यान गयो । तर पाइलटलाई सकुशल उद्दार गरिएको छ । दुर्घटना हुँदा, विमानको बाँकी भागमा आगो लाग्नु केही सेकेन्ड अघि ककपिट अलग भयो । ककपिट अलग भएपछि पाइलटलाई जीवितै उद्धार गर्न सफल भएको उद्धारकर्ताहरुको भनाई छ । हिजोको मात्रै नभएर नेपालमा मानवीय क्षति भएको जहाज दुर्घटनामा हालसम्म बाँच्न सफलमध्ये मनीषरत्न शाक्य मात्रै एक पाइलट हुन् ।अस्पतालमा उपचाररत उनी कुरा गर्न सक्छन् । उद्धारकर्ताहरूले विमानको ककपिट भाग नजिकै आगो पुग्दा घाइते पाइलटसम्म पुगेको बताए । एयर शिल्ड खुला भएकाले पाइलटलाई सास फेर्न गाह्रो भएन् । त्यसपछि उनलाई तुरुन्तै झ्याल तोडेर बाहिर न

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 677 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.