काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुइ स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

OM Sai Pathibhara Hospital

राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी,बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।