काठमाडौं–लामो समयदेखि मिर्गौला रोगबाट ग्रसित कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । वीर अस्पतालमा उपचाररत प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गरेका हुन । उनका एक छोरा, एक छोरी र श्रीमती छन् । नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ ।  

प्रमुखको निधनसँगै कीर्तिपुर नगरपालिकामा चार जना जनप्रतिनिधि रिक्त भएका छन् । यस अघि वडा नम्बर १ र ४ का अध्यक्षको निधन भई सकेको छ भने कार्यपालिका सदस्य श्याम दानकोटीको समेत निधन भएसँगै रिक्त सङ्ख्या चार जना पुगेको हो ।