काठमाडौं–जहाज दुर्घटनामा घाइते क्याप्टेन मनीषरत्न शाक्यलाई सघन उपचार कक्ष(आईसीयू) बाट निकालिएको छ ।

स्वास्थ्यमा सुधार आएपछि सामान्य वार्डमा सारिएको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

सौर्य जहाज दुर्घटनामा घाइते भएका उनलाई आकस्मिक कक्षमा प्राथमिक उपचारपछि निगरानीका लागि आईसीयूमा राखिएको थियो ।

अस्पतालले शाक्यको अवस्था खतरामुक्त र सुधारोन्मुख रहेको जनाएको छ । शाक्यलाई न्युरो र हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखिएको छ ।

उनको अनुहार, आँखा, नाक र टाउकामा चोट लागेको छ, ढाडको एउटा हड्डीका साथै देब्रेपट्टिका तीनवटा करङ भाँचिएको छ ।

बुधबार बिहान पोखरा जाँदै गर्दा सौर्यको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु हुँदा शाक्य मात्रै बाँच्न सफल भएका थिए ।