काठमाडौं–नेपालमा हिजो भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनासहित दुर्घटनाको सङ्ख्या १०८ पुगेको छ । विसं २०१२ वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । ने

पाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिकतर्फको व्यावसायिक उडानमा हिजो भएको दुर्घटनासहित ९६९ जनाले ज्यान गुमाइसकेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार मानवीय क्षति भएको जहाज दुर्घटनामा हालसम्म बाँच्न सफलमध्ये मनीषरत्न शाक्य मात्रै एक पाइलट हुन् ।

OM Sai Pathibhara Hospital

प्राधिकरणका अनुसार हालसम्म मानवीय क्षति भएको दुर्घटनामा कुनै पनि पाइलट बाँच्न सफल भएका छनैनन् । यसबाट नेपाली आकाशमा उडान भर्ने चालक दल पनि सशङ्कित हुँदै आएका छन् ।

जहाज दुर्घटनामा पर्नेवित्तिकै जहाजमा भएको इन्धनका कारण तत्काल आगलागी हुने हुँदा बाँच्ने न्यून सम्भावनाबीच ठुलो दुर्घटनामा परेको सौर्य एयरलायन्सका चालक शाक्य भाग्यले बाँचेका पहिलो व्यक्ति हुन् ।

विदेशी वायुसेवा कम्पनीका १० वटा जहाज दुर्घटनामा ३७५ जनाले ज्यान गुमाएका छन् । आन्तरिकतर्फ उडान गर्ने ५१ वटा जहाज दुर्घटनामा बुधबारको सहित ४६९ जनाले ज्यान गुमाइसकेका छन् ।